स्वस्थ जीवनकाे रहस्य

स्वस्थ जीवनकाे रहस्य

हाम्रा ऋषिमुनि तथा आयुर्वेदाचार्यहरूले छिटै सुत्ने र सबेरै उठ्रने एवं आहार-विहारका सम्बन्धमा जुन कुरा उल्लेख गरेका छन्, त्यसमाथि गहन अध्ययन तथा अन्वेषण गरी आधुनिक वैज्ञानिक र चिकित्सकहरू पनि अाज अाएर त्यस कुराकाे जाेडदार समर्थन गरिरहेका छन् । मनुष्यकाे शरीरमा करिब ६० हजार अरबदेखि एक लाख अरब जति कोश हुन्छन् र मानव शरीरमा प्रति सेकेण्ड एक अरब रासायनिक क्रियाहरू हुन्छन् । ती रासायनिक क्रियाहरूकाृ नियन्त्रण सुनियोजित ढंगबाट हुन्छ र उचित समयमा हरेक कार्यकाे सम्पादन हुन्छ ।

सचेतन मनद्वारा शरीरका सबै संस्थानहरूलार्इ नियत समयमा क्रियाशील गर्ने आदेश मस्तिष्ककाे पिनियल ग्रन्थिका माध्यमबाट स्रावहरू (हार्मोन्स) मार्फत हुने गर्छ । तिनीहरूमा मेलाटोनिन र सेरोटोनिन नामका हार्माेनहरू मुख्य छन्,जसकाे स्राव दिन-रातकाे कालचक्रका आधारमा हुन्छ । यदि कुनै कारणले यस प्राकृतिक शारीरिक कालचक्र वा जैविक घडीमा विक्षेप हुन गएमा त्यसकाे कारणले भयंकर रोग लाग्न सक्छ, जसकाे उपचार औषोधिहरूबाट मात्र सम्भव हुँदैन ।

 यदी अाफ्नाे दिनचर्या, खानपिन तथा निद्रालार्इ यस कालचक्र अनुरूप नियमित गरिएकाे खण्डमा भने ती रोगहरबाट हमेशा टाढा बस्न सकिन्छ र उत्तम स्वास्थ्य एवं दीर्घायुष्यकाे प्राप्ति हुन जान्छ । यस चक्रकाे विक्षेपबाट टाउकाे दुख्ने तथा चिसाे लाग्नेदेखि लिएर क्यान्सरजस्ता रोग पनि लाग्न सक्छन् । अवसाद, अनिद्रा जस्ता मानसिक रोग तथा मूत्र-संस्थानकाे रोग, उच्च रक्तचाप, मधुमेह (diabetes), मोटापन,ह्रदयरोग जस्ता घातक शारीरिक रोग पनि लाग्न सक्छन् । उचित भोजनकालमा पर्याप्त भोजन गर्नेहसरूकाे तुलनामा अनुचित समयमा कम भोजन गर्नेहरू धेरै मोटा हुन जान्छन् र तिनीहरूमा मधुमेहकाे सम्भावना प्रबल हुन्छ । अत: हामी के खान्छाैँ, कसरी सुत्छाैँ भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ हामी कहिले खान्छाैँ वा कतिबेला सुत्छाैँ ।

निम्न कुराहरू पनि विशेष ध्यान राख्नुहाेस् :

१) ऋषिहरू तथा आयुर्वेदाचार्यहरूले भाेक नलागीकन भोजन गर्न वर्जित गरेका छन् | अत: प्रात: एवं साँझकाे भोजनकाे मात्रा यसरी व्यवस्थित गर्नुहाेस् जसले गर्दा माथि भनिएकाे बेलामा अाँत हर्हर हुने गरी भाेक लागाेस्, |

२) बिहान तथा साँझकाे भोजनका बीचमा  पटक-पटक केही न केही खाइरहनाले मोटाेपन, मधुमेह, ह्रदयरोग जस्ता राेगहरू र मानसिक तनाव तथा अवसाद (mental stress & depression)आदिकाे खतरा हुने गर्छ |

३) जमिनमा केही अाेछ्याएर सुखासनमा बसेर वा पलेँटी मारेर भोजन गर्नुपर्छ| यस आसनमा मूलाधार चक्र सक्रिय हुने हुनाले जठराग्नि प्रदीप्त हुने गर्छ | कुर्सीमा बसेर भोजन गर्नाले पाचनशक्ति कमजोर तथा उठेर भोजन गर्नाले त ठूलाे समस्या खडा गर्दछ | त्यसैले ‘बफे डिनर’ बाट टाढै बस्नुपर्छ |

४) भोजन ग्रहण गर्नुभन्दा पहिले प्रार्थना गर्नुपर्छ, मन्त्र भन्ने वा गीताकाे पन्ध्राैँ अध्यायकाे पाठ गर्नुपर्छ | यसबाट भोजन भगवतप्रसाद बन्न जान्छ | मन्त्र :

हरिर्दाता हरिर्भोक्ता हरिरन्नं प्रजापति: |

हरि: सर्वशरीरस्थो भुंक्ते भोजयते हरि: ||

५) भोजनपछि तत्कालै पानी खानु हुँदैन, अन्यथा जठराग्नि मन्द हुन जान्छ र पाचन ठिक ढंगले हुन पाउँदैन | अत: डेढ-दुर्इ घण्टापछि मात्रै पानी खानुपर्छ | फ्रिजकाे चिसाे पानी खानु हुँदैन |

६) पानी सधैँभरि बसेर तथा एक एक घुट्का गर्दै मुखमा खेलाएर खानुपर्छ | यसबाट अत्यधिक मात्रामा र्याल पेटमा जान्छ , जसबाट पेटकाे अम्लसँग सन्तुलन कायम गरी दुखाइ, रिँगटा तथा बिहानकाे टाउकाे दुखाइ आदि पीडाहरूबाट मुक्ति दिलाउँछ |

७) भोजन गरेपछि १० मिनेट वज्रासन बस्नुपर्छ | यसबाट भोजन चाँडै पच्दछ |

८) पृथ्वीकाे चु्म्बकीय क्षेत्रकाे लाभ पाइने हुनाले शिर पूर्व वा दक्षिण दिशामा फर्काएर सुत्नुपर्छ; अन्यथा अनिद्रा जस्ता समस्याहरू देखिन सक्छन्|

९) शरीरकाे जैविक घडीलार्इ ठीक ढंगले चलाउनका लागि राति बत्ती निभाएर सुत्नुपर्छ | यस सन्दर्भमा गरिएकाे एउटा शोध अाश्चर्यजनक छ |नर्थ क्याराेलाइना युनिभर्सिटीका प्रोफेसर डा. अजीजका अनुसार राति अबेरसम्म कार्य वा अध्ययन गर्नाले र बत्ती बालेरै सुत्नाले जैविक घडी निष्क्रिय हुन गर्इ भयंकर स्वास्थ्य-सम्बन्धी हानिहरू हुन्छन् | अँध्याराेमा सुत्नाले याे जैविक घडी सही ढंगले चल्दछ |

हिजाेअाज पाइने अधिकांश रोगहरूकाे भनेकाे कारण अस्त-व्यस्त दिनचर्या तथा विपरीत आहार नै हाे | यदि हामीले अाफ्नाे दिनचर्यालार्इ शरीरकाे जैविक घडी अनुरूप बनायाैँ भने शरीरका विभिन्न अंगहरूकाे सक्रियताकाे अनायास नै हामीलार्इ लाभ हुनेछ| यस प्रकार अलिकति सजगताले नै हामीलार्इ स्वस्थ जीवन प्राप्त हुनेछ |

 साभार: ओमकार दर्पण, कुमार पाैडेल 

 

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।