कृषिमा रासायनिक बिषादीको बढ्दो प्रयोग, असर र चुनौैतीहरु

यरोप र अमेरिकामा सन् १९६० को दशकमा ल्याइएको हरित क्रान्तिबाट कृषि उत्पादन वृद्धि गर्ने अवधारणा पश्चात् विश्व बजारमा घातक विषादीहरुलाई महत्वपुर्ण स्थान दिईयो । नेपालमा पनि सन् १९५० को दशकमा मलेरिया उन्मूलन गर्ने डिडिटि (DDT)  नामक विषादी भित्रियो । लामखुट्टे नियन्त्रण गर्ने एकमात्र उद्देश्यले ल्याइएको उक्त बिषादी बिस्तारै कृषिमा पनि अन्न बालीमा लाग्ने किरा नियन्त्रणमा प्रयोग गर्न थालियो । खाद्य सुरक्षामा सुधार ल्याउने उद्धेश्यका साथ रोग किरा नियन्त्रणलाई प्रथामिकतामा राखिएको हुनाले विषादी नेपाल भित्रिने क्रम दिनहुँ बढ्दै गईरहेको छ ।

विदेशी सहयोग र अनुदानका नाममा धनी राष्टहरुले आफ्ना प्रय्रोग गर्ने अवधि समाप्त भएका र अत्याधिक घातक विषादीहरु अल्प विकसित देशलाई स्वीकार्न बाध्य बनाईरहेका छन । बारा जिल्लाको अम्लेखगन्जमा हजारौ टन असुरक्षित तवरले विषादी भन्डारण गरी राखिएको छ । ती बिषादीहरु न त सम्बन्धित पक्षले फिर्ता लैजान चाहेको छ न त हामीसंग सुरक्षित तवरले निस्क्रिय पार्ने कुनै उपयुक्त प्रविधि नै विकास भएको छ । संसारमा हाल थुप्रै बिषादीहरु प्रतिबन्धित भइसकेका छन् । क्लोरडेन, डिडिटी, एल्ड्रिन, डाइएल्ड्रिन, हेक्टाक्लोर, मिरेक्स, टोक्जाफिन,बि.एच.सी., लिन्डेन, अर्गानो र्मकरी फंगीसाईड, मिथाईल पाराथियन, फोस्फामिडोन, आदि विषादीहरु नपोलमा समेत प्रतिबन्धित छन् । तर पनि अज्ञानताको कारण र निजी लाभका लागि तिनको बिक्री बितरण पनि भैरहेको पाइन्छ जसमा जिल्ला कृषि विकास कार्यालय र सम्बन्धित निकायले निरन्तर अनुगमन गरिरहेको छ ।

धेरै जसो कृषकहरुले बिषादीको सुरक्षित प्रयोग बारे अनभिज्ञताका कारण यसलाई औषधि भन्ने र जथाभाबी प्रयोग गर्ने  पाइएको छ | सम्बन्धित निकायले सचेतना अभिवृद्धि गर्दा समेत क्षणिक लाभ लिनका लागि यसको दुरुप्रयोग गरेको पाईन्छ । कुनै कृषकले बिहान बिषादी छरेर बेलकुी वा आज छरेर भोली नै उक्त बाली (खासगरी तरकारी) टिपी बजारमा बिक्री गर्ने जस्ता जघन्य अपराधहरु समेत गरिरहेको देखिन्छ । तरकारी तथा फलफूल टिपेपछि बिषादीको घोलमा डुबाएर बजारमा बेच्ने चलन पनि केही व्यापारीक स्थानहरुमा देखिने गरेको पाईन्छ भने आफैले धरमा खाने तरकारीमा भने बिषादी प्रयोग गरेको पाईदैन । यस्तो गर्नु जघन्य अपराध हो । बिषादीको आयात तथा बिक्री र प्य्रोग लाई नियमित र नियन्त्रित गर्ने उदेश्यले नेपाल सरकारले जीवनाशक बिषादी सम्बन्धि ऐन २०४८ र नियमावली २०५० जारी गरेर २०५१ श्रावण १ देखि नेपाल अधिराज्य भरी लागू गरेको छ । जसमा कुनै पनि व्यक्ति, संस्था वा निकायले बिषादी आयात, निर्यात, उत्पादन, प्रयोग वा किनबेच गर्न कानूनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गररे मात्र विषादी सम्बन्धित कारोबार गर्न पाईने गरिएको छ | तापनि यसलाई केहि व्यक्तिहरुले दुरुपयोग गरेको पाईन्छ । बिषादीको  मिति, मात्रा र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे व्यापारी र प्रयोगकर्ता दुबैले ध्यान दिनु आवश्यक रहन्छ । त्यसो नगर्नाले गर्दा आज मानवशरीर र मानव तन्तुहरु नै विषादीको भन्डार बनिरहेको अवस्था छ ।

बिषादीयुक्त खाना पछि शरीरमा बिषादी प्रवेश हुन्छ र बोसोमा जम्मा भएर बस्छ । यसको कारण टाउको दुख्ने, थकाई लाग्ने, शरिर काम्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक–वाक लाग्ने, रिङ्गटा लाग्ने, बेहोस हुने जस्ता तत्कालीन असरहरुका साथै लुलो लंगडो हुने र क्यान्सर रोग समेत लाग्ने जस्ता दीर्घकालीन असरहरु देखा पर्दछन् ।बिषादीका हानिकारक पक्षहरुलाई राम्रोसंग नियाल्ने हो भने रासायनिक बिषादीहरु तरकारी बालीमा त प्रयोग नै गर्न नहनुे देखिन्छा। तर प्रय्रोग नै नगर्ने हो भने कहिले काहीँ कुनै कुनै बाली त सखापै हुने स्थिति पनि आउँन सक्दछ । उदाहरणको लागि धानको मरुवा रोग, आलु र गोलभेडाको डढवुा रोग आदि समयमा नियन्त्रण नगर्ने हो भने उत्पादनमा व्यापक ह्रास आउँछ । यस्तो अवस्थामा यदि हामीले हाम्रा कृषकहरुलाई बिषादी छुँदै नछोउ भन्ने हो भने त्यसको उपयुक्त बैकल्पिक उपायको पनि जानकारी गराउन सक्नु हाम्रो जिम्मेवारी हुन आउँछ ।

यो जटिल विषयमा गम्भिर भएर सोच्नु आवश्यक छ। प्राकृतिक रुपमा जैविक विविधताले धनी नेपालमा रोग तथा किरानाशक थुप्रै प्रजातीका बोट विरुवाहरु छन् । यहाँ झण्डै ३१५ प्रजातीका बिषजन्य गुण भएका बोट बिरुवा छन् तर तिनको बारेमा खासै खोजी नीति तथा अध्ययन गर्ने काम त्यति गरिएको छैन । बिषादीको उचित मात्रा, सुरक्षित तवरले प्रयोग गर्ने तर्फ हामी सबै आम समुदायको ध्यान केन्दित  हुन आवश्यक छ । बिषादीका स्तर तथा लेवल, बिषादीको प्रयोग अवधि, बिषको मात्रा, छर्दा अपनाउनु पर्ने सावधानी र बिषादी छरेपछि पखर्नु पर्ने न्यूनतम समयको बारेमा सबलौई सचेत गराउनु हामी सबैको जिम्मेवारी हो । हाल आएर नेपाल डब्लु. टि.ओ (WTO)  को सदस्य समेत बनिसकेकोले अन्तराराष्ट्रिय व्यपारीक चुनौतीहरु थपिएका छन् । अब यदि यस्तो अवस्थामा यदि हामीले हानीकारक बिषादीको न्यूनीकरण गर्न रोग र किरा नियन्त्रण गर्ने वैकल्पिक उपायहरुको खोजी गरी स्वस्थ बाली उब्जाउन सकिएन भने हामीले शारीरिक र मानसीक सन्तुलन नभएको सन्तती जन्माउनु बाहेक अरु विकल्प नरहला ।

साभार : युवा कृषि डिजिटल पत्रीका

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.