दिपावली र यसको महत्व

दिपावली र यसको महत्व
Madhusudan Subedi

मधुसूदन सुवेदी

दिपावली र यसको महत्व को बारेमा चर्चा गरौ । कार्तिक कृष्ण अमावश्या दिपावलीको दिन हो । दिपावली यो वैदिक सनातनीहरूको महान् चाड हो । यो पर्व वर्षमा एक पटक आउँदछ । यसलाई बडा हर्षका साथ सबै वैदिक सनातनीहरूले त्रेता युगदेखि आजसम्म मनाउँदै आइरहेका छन् । औंसीको दिन खास लक्ष्मी पूजा दिपावली हुन्छ । जसबाट यो प्रतीत हुन्छ कि कार्तिक कृष्ण अमावश्याको रातमा सबभन्दा बढी अँध्यारो हुन्छ । तर यो रात ज्यादै अन्धकार भए तापनि घर घरमा बत्ती बाली दिपावली गर्दा अन्धकार रहँदैन उज्यालै—उज्यालो देखिन्छ तसर्थ सबैले आफ्नो घरमा तेलको बत्ती, मैनबत्ती या बिजुलीको बत्तीले सजाएको हुन्छ  जसको प्रकाशले रातको अँध्यारो हराउँन जान्छ ।

दिपावली को बारेमा अनेक थरीका कथा प्रचलित छन् । यस दिन राजा बलिलाई पृथ्वीको राज्यबाट अलग गरेर पाताल पठाइएको थियो । महाराष्ट्रमा यस दिन स्त्रीहरू राजा बलिको मूर्तिहरू बनाउँछिन् । कसैले भन्छन्– यस दिन विष्णु भगवान्ले नरकासुर नाम गरेको दैत्यलाई मार्नुभएको थियो । त्यसैले यो पर्व मनाइन्छ । केहीले यसलाई लक्ष्मी पूजाको दिन मनाउँछन् । कसैले भन्छन् – लङ्गाबाट फर्किए पछि महाँराज श्री रामचन्द्रजी यस दिन सिंहासनमा बस्नुभएको थियो ।

वास्तवमा सबै उत्सवमध्ये दिपावली को उत्सव घर—घर, गाउँ—गाउँ र शहर—शहरमा बालकदेखि लिएर वृद्धासम्म, मूर्खदेखि लिएर पण्डितसम्म र रङ्गदेखि लिएर राजासम्म सबैले आमोद—प्रमोद र आनन्द—विनोदका  साथ उल्लासमय तरिकाले मनाइने मुख्य तिहार हो । यस बाहेक यस उत्सवको वैज्ञानिक महत्व पनि छ —चतुर्मास भर वर्षाले गर्दा पानी जम्ने हिलो आदिको कारणले गर्दा जीव—जन्तु र रोगका कीटाणुहरू ज्यादै फैलिन्छन । यसलाई निवृत्त गर्नको लागि मानिसले घरलाई आवश्यकता अनुसार गोबर माटो वा चुनले वर्षमा एकचोटि पोत्दा धेरै कीटाणुहरू नष्ट हुन्छन् ।

गोबर चुन आदि किटाणु नाशक हुन् भन्ने कुरा धर्मशास्त्र तथा वैज्ञानिकहरूले पनि प्रमाणित गरिसकेका छन् । यसरी लिप—पोत गर्दा पनि केही कीटाणु बँचेको छ भने त्यसलाई निवृत्त गर्नको लागि सारा घरमा तेलको बत्ती बाल्दा तीव्रगन्ध आउँछ सो अति उपयोगी हुन्छ । यसले जुन बँचेका कीटाणुहरू छन् ती सबै नष्ट हुन्छन् । जस्ले गर्दा रोगको भय हुँदैन । यसले गर्दा दीपावलीको ठूलो महत्व मानिएको हो । यिनै दृष्टिले विचार गर्दा आजकालको बिजुलीको उज्यालो शोभाजनक छ भनी भन्न सकिन्छ, तर कीटाणु नाश गर्ने पक्षमा भने उत्तम मानिदैन जति तेलको बत्तीको उज्यालोलाई मानिन्छ । अतः हाम्रा पूर्खाले यही कीटाणु नाशक भएको हुँदा नै हरेक साँझ दियोमा तेलको बत्ती बाल्ने याने साँझको बत्ती वाल्ने प्रचलन ल्याएको वैज्ञानिक तरिका नै रहेछ ।

परम्परा अनुसार यस दिन जुआ खेल्ने बारेमा एउटा पौराणिक कथा यो भनिन्छ कि यस दिन शिवजीले पार्वतीसँग जुआ खेल्नुभएको थियो । जसको परिणाम यो भयो कि शिवजीसँग जे थियो सबै हार्नुभयो । त्यसैले दुखी भएर कैलाश छोडेर गङ्का तटमा गएर बस्न थाल्नुभयो । कार्तिकेयले के देखे भने जुआमा सबै हारेकोले महादेवजी धेरै दुखी हुनुभयो । तब उनले पनि पासा फ्याल्न राम्रोसँंग सिके । जब सिके तब आफ्नी आमा कहाँ गए । पार्वती कार्तिकेयसँग जुआमा सबै हारिन् । यसरी कार्तिकेयले महादेवको लागि उनले हारेको सम्पत्ति फिर्ता गराइदिनुभयो ।

पार्वतीलाई यो कुरा नराम्रो लाग्यो र उनलाई सारै नै दुःख लाग्यो जब गणेशजीले थाहा पाउनुभयो कि जुआमा हारेकोले यिनी माता दुःखी हुनुहुन्छ । तब वहाँले पनि पासा फ्याल्न  सिक्नुभयो र आफ्नोभाइ कार्तिकेयलाई हराइ दिनुभयो । शिवजीले फेरी गणेशजीसँग भन्नुभयो– पार्वतीलाई बोलाएर ल्याउ किनकि यसको बारेमा एक आपसमा यसको छिनोफानो होस् । गणेशजी मूसामा विराजमान भएर गङ्काको छेउ–छेउ गइरहनु भएको थियो । यो कुरा नारदलाई थाहा भयो । उनले विष्णुलाई भनि—दिए कि गणेशजी पार्वतीलाई शिवजीसँग मेल गराउन बोलाउन गइरहनु भएको छ ।

 विष्णु त्यही बेला शिवसँग भेट्न आउनुभएको थियो । विष्णुले झट्टै नै पासाको रूप लिनुभयो । शिवजी, नारद, रावण र पार्वतीले त्यही पासाले जुआ खेल्नुभयो, तर पासा त विष्णु आफै हुनुहुन्थ्यो पटक–पटक पार्वतीजी पट्टी ढल्किन्थ्यो । पार्वतीले सबै हारनुभयो, तर जब पछि थाहा भयो कि यो विष्णु भगवान्को ठट्यौली थियो तब क्रोधित भएर उनले श्राप दिन चाहनुभयो, तर अन्त्यमा सम्झाए पछि प्रस; भएर यो आर्शीवाद दिइन् कि त्यस दिन अर्थात् दीवालीको दिन जो जुआ खेल्छ ऊ वर्षभरि बराबर सम्प; र प्रस; हुन्छ । तसर्थ प्रत्येक वर्ष घरघरमा परिवार मिली जुवा खेल्ने चलन भएको हो ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.