छठपूजा र यसको महत्व

छठपूजा र यसको महत्व

 

Madhusudan Subedi

मधुसूदन सुवेदी

 

छठपूजा र यसको महत्व को बारेमा चर्चा गरौ ।

एष ब्रमहा च विष्णुश्च शिवः स्कन्दः प्रजापतिः ।

महेन्द्रोधनदः कालो यमः सोमो èपाम्पतिः ।।

एनमापत्सु कृच्छषु कान्तारेषु भयेषु च ।

कीर्तयन् पुरुषः कश्चिन्नवसीदति राघव ।।

आदित्यं सर्वकर्तारं कलाद्वादशसंयुतम् ।

पद्महस्तद्वयं वन्दे सर्वलोकैकभास्करम् ।।

कार्तिक शुक्ल षष्ठीका दिन हाम्रो तराई  र भारतवर्षमा यो पर्व धुमधामका साथ मनाउने प्रचलन छ । हुन त चैत महिनामा चैती छठ पनि मनाउने प्रचलन छ । तर कार्तिक महिनाको जस्तो धुमधाम सँग मनाउँदैनन् । कार्तिक शुक्ल पञ्चमीका दिन  नियमपूर्वक हविष्य बसी षष्ठीको दिन  विधि पूर्वक सूर्यनारायणको पूजाको लागि आफ्नो शक्तिअनुसार गङ्काको तीरमा  पूजा मण्डप बनाई अर्घ, दियो, कलश, गणेश स्थापना गरी पूजा गरी धूप, दीप, नैवेद्य, वस्त्र, यज्ञोपवीत, भेटी आदि गरी विधिपूर्वक तामाको थालीमा सूर्यनारायणको द्वादश दल बनाई त्यस कोठामा सूर्यको १२ नाम भानुः, इन्द्र, रवि, सूर्य, यम, सुवर्णरेता, दिवाकर, मित्रो, विष्णु, अरूण, सूर्य, वेदाङ्क समेतलाई षोडशोपचारले पूजा गरेर सूर्यनारायणको व्रत बसी निराहार रही सूर्य अस्त हुने बेलामा स्नान गरी त्यँहीँ आधा डुविएको बेलामा कम्मरसम्म पानीमा रहेर सूर्यनारायणलाई अर्घ दिनु पर्दछ । अर्घमा विभिन्न किसिमका फल, दूबो, रक्त चन्दन, अक्षता घिउमा पकाइएको शक्खर मिसिएको ठेकुवा साथ लिएर यो मन्त्र पढि अर्घ दिनु पर्दछ —

नमोद्रस्तु सूर्याय सहस्र भानवे नमोद्रस्तु वैस्वानर जातवेदसे ।

दत्तमघ्र्यं मया भानो ¤ त्वं गृहाण नमोद्रस्तु ते ।।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।

अनुकम्पयमां भक्त्या गृहाणार्घं दिवाकर ।।

यसरी अर्घ दिई रात्रिमा जाग्राम बसी भोलिपल्ट सप्तमीका दिनमा प्रातः स्नान गरी सूर्यनारायणलाई विधि पूर्वक पूजा गरी अर्घ दिएपछि निम्न अनुसार पारायण गरेर मात्र व्रत पूर्ण हुन्छ । शालीग्रामको चरणोदक, तुलसीपत्र , केरा, द्रव्य युक्त अर्घपात्रलाई अञ्जलिमा राखेर तलको मन्त्र पढ्नु—

व्रतानां  व्रतराजेन्द्र व्रतानां व्रतमुत्तमम् ।

व्रतच्छिद्रं तपश्छिद्रं यच्छिदं्र यज्ञकर्मणि ।।

सर्व भवतुमेद्र छिद्रं ब्राéणाभवताङ्किरा ।

ब्राéणा यानिभाषन्ते मन्यन्ते तानि देवताः ।।

सर्वदेवमयो विप्रो नतद्वचन मन्यथा ।

उपवासो व्रतं चैव स्नानं तीर्थ फलं तपः ।।

विप्रैः संभाषितं यच्च नतद््वचन मन्यथा ।

व्यासवाल्मीकिवचनात् पराशर वसिष्ठयोः ।।

गर्गगौतमधौम्यात्रिकश्यपाङ्किरसांतथा ।

वचनान्नारदादीनां सम्पूर्ण भवतु ब्रतम् ।।

कृतै तस्मिन्निराहारव्रते मया विधिहीनं देशहीनं क्रियाहिनं श्रद्धाहीनं दक्षिणाहीनं च यत्कृतं तत्सुकृत मस्तु यन्न कृतं तद्विष्णोः प्रसादात् ब्राéणवचनाच्च सर्वं परिपूर्ण मस्तु, अस्तु परिपूर्णम् ।।

यति भनी अभिमन्त्रण गरी ब्रामह्णको हातमा तुलसीपत्रसहित शालीग्रामको जल दिने ब्रामह्णले– व्रतेनदीक्षामाप्नोति दीक्षयाद्रद्रप्नोति दक्षिणाम् । दक्षिणा श्रद्धामाप्नोति श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।।

यो मन्त्रले अभिमन्त्रणगरी यजमानलाई दिने यजमानले दक्षिणा र फल ब्रामह्णलाई दिएर अकाल मृत्यु हरणं सर्वव्याधि विनाशनम् । विष्णोःपादोदकं पीत्वा शिरसा धारयाम्यहम् ।। यो मन्त्रले चरणोदक  पिउने ।।

छठपूजा व्रतबारे कथा यसप्रकार छ –

भविष्योत्तर पुराणमा जन्मेजय र वैशम्पायन दुईको सम्वादमा यो बताइएकोछ कि जब पाण्डवलाई जुवामा हराएर वनवास पठाइयो । उनीहरू वनवास रहेको वखत ब्रामह्णहरू आई रहदा कसरी के ले स्वागत गरौं के खान दिउँ भन्ने विषयमा चिन्तित रहेका युधिष्ठिरलाई देखी द्रौपदीले आफ्ना गुरु धौम्य ऋषिलाई नमस्कार गरी के गरे यो दुःखबाट छुटकारा पाइएला भनि प्रश्न गर्नु भयो । धौम्य ऋषि बताउनुहुन्छ —परापूर्वकालमा नाग कन्याले सुकन्यालाई रवि षष्ठीव्रत गरे सुखादि पाइन्छ भनी उपदेश दिनु भएको कुराहरू बताउनुभयो । सुकन्याले आÇना पति च्यवनको रोगव्याधनाश भई पुनः आँखा प्राप्त होस् भन्ना निमित्त यो व्रत विधिपूर्वक गर्दा मनोवाञ्छा सिद्धि भएको हुँदा यो उत्तम व्रत विधिपूर्वक गर्नु भनी उपदेश दिएको कुरा भविष्योत्तर पुराणमा लेखिएको छ ।

त्यस्तै स्कन्दपुराण प्रतिहार षष्ठीव्रत कथामा नैमिषारण्य क्षेत्रमा शौनकादि ऋषिहरूले कलियुगमा मानिसहरू निर्धनी, दुःखी स्वल्पआयु, थोरै बुद्धि भएका अनेक प्रकारको दुःखले पीडित भएका त्यस्ता प्राणीहरू दुःखबाट कसरी पार हुन्छन् भनी सूतजीसँग सोधनी गर्दा परापूर्वकालमा भीष्मलाई पुलस्त्य ऋषिले बताउनु भएको कुराको आधारमा यो कथा प्रारम्भ भएको छ । यस कथाको प्रभावमा एक जना क्षत्रिय दुष्ट निर्बल थिए जो कुष्ठरोग, क्षयरोग आदिले पिडीत भएकाले ज्यादै आतुर थिए । एक जवान ब्राéण जो तेजस्वी, वेद वेदाङ्कले पारित भई सबै शास्त्रको ज्ञाता त्यसै बाटोबाट आउँदै थिए । उनले ती रोगीलाई देख्दा ज्यादै दुःख लाग्यो । यस्तैमा रोगीले ती ब्रामह्णलाई भने मेरो ठूलो अहोभाग्य रहेछ यहाँको दर्शन पाएँ । मेरो यो विभिन्न किसिमको दुःख कसरी नाश हुन्छ भनी विस्तार पूर्वक सबै बताई सोको उपाय बताईदिनु होस् भनी अति नम्रतापूर्वक सबै उपाय सोद्धा भए ।

तब ब्रामह्णले भने तिम्रो जस्तो अरू सबैको पनि  सन्तान नाश हुनेको सन्तान रहने गरिबलाई धन प्राप्त हुने, पतिले त्याग गरिएकामा पुनर्मिलन हुने, राज्य नष्ट भएकाको राज्य प्राप्त हुने आदि कुराहरू पाउनको लागि यो रवि षष्ठीव्रत विधिपूर्वक जसले गर्दछ त्यस्ले सबै दुःख दारिद्रताबाट मुक्त भएर रहन पाउँदछ भनी तीर्थाटनमा हिडेका ब्रामह्णले सम्पूर्ण विस्तार बताएपछि विधिपूर्वक जस जसले यो व्रत गरे तिनीहरूको मनोवाञ्छा सिद्ध भएको विभिन्न उदाहरण भएबाट त्यस बेलादेखि आजसम्म पनि सबैले यो व्रत आफ्नो अटल सौभाग्य रहोस् र दुःख दारिद््रयनाश होस् भन्नाका निमित्त भक्तिपूर्वक विधि विधान अनुसार यो व्रत गर्दछन् ।

विशेषतः भारतवर्ष र हाम्रो तराईमा ज्यादै प्रचलन छ । यदा कदा राजधानी काठमाडौंमा पनि केही वर्षदेखि यो व्रत गर्दै आएको पाइन्छ । काठमाडांै र पहाडमा भने सूर्य भगवान्को पूजा पौष महिनाभर व्रत वसी धुमधामसँग मनाउँदछन् । यसरी सूर्यको पूजा विधिपूर्वक गरेमा सन्तान नहुनेले सन्तान प्राप्त गर्दछन्, गरिब र दुःखीको निमित्त धन प्राप्त हुन्छ । त्यतिमात्र नभएर मनले चिताएको पुग्ने भएको यो व्रत धनी या गरिबहरूले आफ्नो शक्तिअनुसार पूजासामाग्री, नैवेद्य आदि तयार पारी विधिविधान अनुसार यो व्रत पूर्ण गर्छन् गराउँदछन् ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.