प्रकृति र प्राकृतिक घटना सम्बन्धी लोकविश्वास

प्रकृति र प्राकृतिक घटना सम्बन्धी लोकविश्वास

प्रकृति र प्राकृतिक घटना सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। प्राकृतिक घटना र आकस्मिकता लोकमा लोकविश्वास जन्माउने र ती विश्वासलाई स्थापित गराउने प्रमुख कारणहरू हुन्। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास

यस अन्तर्गत पृथ्वी र खगोलीय घटना, दृश्य तथा परिवर्तनसँगसम्बन्धी लोकविश्वासहरू आउँछन्।

१) रोल्पाको ‘शेष’ खण्डमा बग्ने मारी नदीमा जेठ-असारमा समयमा वर्षा नभई खडेरी परेमा पानी माग्ने संस्कारको रूपमा ‘मैन्यारी’ गर्ने प्रचलन छ। यसमा बाजागाजा सहित खोला किनारमा स्वाङे नाच्ने र माछा मार्ने चलन छ। यसो गरेमा वर्षात हुन्छ भन्ने विश्वास छ ( बुढाः२०५८ः६-७)।

२) अवधि समुदायमा-असार बदी अष्टमीको चन्द्रमा बादलले घेरिएको र बादलभित्रबाट निस्कन्छ भने साढे तीन महिनासम्म राम्रो वषरा हुने लोकविश्वास छ (त्रिपाठीः२०६२ः३)।

३) असार महिनामा पूणिर्माको दिनमा पूर्वी हावा चलेको छ भने खेती राम्रो हुने र पूर्वदक्षिण -आग्नेय कोण/लङ्क कोण)को हावा चलेको छ भने अनिकाल पर्छ भन्ने लोकविश्वास छ।

४) बिजुली चम्कनुको साथै चट्याङ परिरहेको बेला ‘भद्रे जाबुनोको रुखमुनि छु’ भन्दै चिच्याएमा आफूमाथि चट्याङ पर्दैन भन्ने राप्ती अञ्चलतिर लोकविश्वास छ।

५) दँगौरा थारु समुदायमा बैशाख-जेष्ठमा पानी नपरेर लामो खडेरी परेमा ‘मघालोट्ना’ गर्ने चलन छ। थारु महिलाहरू रात्रीको समयमा एकत्रितभई प्रायः निर्वस्त्रभई सजना गाउँदै गाउँको गल्लीमा उल्टो हलो, फरुवाले जोत्ने, खन्ने गर्दछन्। अर्को दिन गैया बेहर्ना गरिन्छ। यो एउटा लोकनाटक हो। यसो गरेमा वषरा हुन्छ भन्ने लोकविश्वास छ। यसलाई अठार मगरातको ‘मैन्यारी’सँग तुलना गर्न सकिन्छ।

६) दँगौरा थारु जातिमा ‘गुरूबाबक जल्मौती’ नामक काव्य गुरैँमा वाचन गर्ने र कुनै बेला गाइन्छ पनि। यो थारु सृष्टि दर्शन हो। सो विषयलाई थारु जातिले कृष्णाष्टमीमा ‘अष्टिम्की’ भित्ते चित्रका रूपमा पनि प्रस्तुत गर्दछ। यस अनुसार ब्रहृमाण्ड सर्वप्रथम शुन्य भएको र यहाँ आगो उत्पत्ति भई सबै जलेको र धुवाँको प्रभावबाट बादल बनी वषरा भएर जलमग्नभई जलमा जीव जन्तु र वनस्पतीको सृष्टि भएको लोकविश्वास छ।

७) सन्ध्याको बेला आकाशमा बादल छाएमा बर्षा हुन्छ भन्ने लोकविश्वास छ (उपाध्याय, १९८८इः५७)।

८) इन्द्रेणी लागेमा बर्षा रोकिन्छ भन्ने लोकविश्वास छ।

साभार : नेपाली विकिपिडियाबाट

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.