विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा ! सुन्दा अचम्म लाग्ने अद्भूत प्रकृतिको वर्षा गराउने सूत्रको खोज : विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

हामी कृषि प्रधान देशका वासिन्दा हौँ । अधिकांश नेपालीहरू कृषि पेशामै आवद्ध छौँ । यही पेशा नै हाम्रो जीवन हो । जलस्रोतका धनी भएर पनि उपयोग गर्न नसकेर दरिद्र भएका छौँ । आकाशे वर्षाको भरमा खेतिपाती गर्नु पर्ने वाध्यता छ । यसै वर्ष पनि तराईका अधिकांश जिल्लाहरू सुख्खाग्रस्त रहे । धानबाली लगाउन सकिएन र खेत बाझै रह्यो । त्यसैले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने चौतर्फी दवाव सरकारले बेहोर्नु पर्यो ।

यसै सन्दर्भमा एउटा काल्पनिकजस्तो लाग्ने कुरा नै सोचौँ—आफूले चाहेको ठाउँ र स्थानमा प्राकृतिक वर्षा गराउन सके कस्तो हुन्थ्योहोला ? यदाकदा हुने गाउँघर, शहरबजार नै डुवान हुने गरी पर्ने वर्षालाई रोक्न सके कस्तो हुन्थ्योहोला ? यी केवल कल्पना हुन्, वास्तविक हुन सक्दैनन् भन्ने दावी हाम्रो रहला । हुन त पानीबाट बिजुली निकालेको घटना होस् या एकै परमाणु बमले सहर नै एकै पटक क्षणभरमै खरानीमा परिणत गर्ने कुरा नै किन नहोस् या मान्छेका पुर्खा बाँदर नै हुन् भन्ने कुरा नै किन नहोस् सुरुमा अपत्यारिँदा नै थिए । व्यवहारमा प्रमाणित भइसकेपछि हामीलाई सत्य हो भन्न कर लाग्यो । त्यस्तै कर्णप्रिय कोमल ध्वनिद्वारा निर्मित उर्जाको कारणले प्राकृतिक वर्षा गराएर जनकल्याणको कार्य गर्न सक्छु भनेर दावी गर्ने प्रतिभा पनि नेपाली समाजले पाइसकेको छ ।

यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार घतलाग्दो छ । उनले नेपाली समाजमा टर्नर, ग्यालिलियो, सेक्सपीयर, आइन्स्टीनहरू हलो जोतिरहेका, गोठालो गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको कुरा स्मरण गर्नु मनासिव ठहर्दछ । राजविराज सहरमा पनि अद्भूत खोज गर्ने व्यक्ति पाइनु पनि देवकोटाकै मतलाई बल पुर्याउनु हो । त्यस्ता खोजकर्ता प्रतिभा हुन्–एम.एस्सी (फिजिक्स, फस्ट क्लास फस्ट) योग्यता भएका राजविराज–९, सप्तरी निवासी दिलिपकुमार झा ।

उनको सिद्धान्त हो–Sound Energy Seeding in the Atmospheric Cloud ऋयिगम र यसको वैज्ञानिक सूत्र हो M=Ec2 जुन सूत्र महान् वैज्ञानिक सर आइन्स्टीनको सापेक्षताको विशेष सिद्धान्त (Special Theory of Relativity) र यसको सूत्र E=mc2द सँग निकट सम्बन्ध राख्दछ । स्मरण रहोस्–दोस्रो विश्व युद्धताका यसै सूत्रको दुरुपयोग गरी लिटिल व्वाई र फ्याट म्यान नामक परमाणु वम बनाई अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा ठूलो धनजनको क्षति पुर्याएको थियो ।

पिण्ड (तौल) र उर्जा एकअर्कामा रूपान्तरण गर्न सकिन्छ, कुनै वस्तुको पिण्ड (तौल) नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । त्यो उर्जा अर्को वस्तुले ग्रहण गर्यो भने त्यस वस्तुको तौलमा वृद्धि हुन्छ भन्ने कुरा वैज्ञानिक सर आइन्स्टीनको सापेक्षताको विशेष सिद्धान्त (Special Theory of Relativity) मा आधारित छ । वायुमण्डलको ट्रोपोस्फेयर तहको वादल गह्रौं भएपछि वर्षा हुन्छ । अर्कातिर ताप उर्जा, प्रकास उर्जा, चुम्बकीय उर्जा, रसायनिक उर्जा, वायु उर्जा, भुगर्भिय ताप उर्जा, ध्वनि उर्जा आदि पृथ्वीमा उपलब्ध उर्जा हुन् । यी सबै खाले उर्जाहरू जसजसले ग्रहण गर्छ त्यसको तौलमा वृद्धि हुन्छ । यी सबै तथ्यहरू विज्ञानको तराजुमा सत्य सावित भइसकेका तथ्य हुन् ।

यहाँ चर्चा गरिएका खोजकर्ता दिलिपकुमार झाको सिद्धान्तले चाहिँ भन्छ– कर्णप्रिय कोमल ध्वनिद्वारा निर्मित उर्जा वायुमण्डलको ट्रोपोस्फेयर तहको वादलको तौलमा वृद्धि गराउने भएको कारणले प्राकृतिक वर्षा हुन्छ । उर्जाले तौलमा वृद्धि गराउने र तौललाई उर्जामा रूपान्तरण गर्न सकिने वैज्ञानिक तथ्यलाई हृदयंगम गर्दा उनको सिद्धान्त सत्य ठहर्दछ । अब प्रश्न आउन सक्छ– संसार ध्वनि प्रदुषणले आक्रान्त छ । त्यस ध्वनिबाट वादलले उर्जा ग्रहण गरी २४ सै घण्टा जसो वर्षा गराइरहनु पर्नेमा त्यसो किन हुन भइरहेको छैन ? कर्णप्रिय कोमल ध्वनि त हाम्रा गायक, गायिकाहरूबाट पनि पाइरहेकै छौँ । तिनै गायक, गायिकाहरू कर्णप्रिय कोमल ध्वनि सुनेर भावविह्ल हुने मात्र हैन आत्महत्या गर्नेहरू पनि थिए । सन्डे मर्निङ्ग बोलको गीत सुनेर दर्जनौँले आत्महत्या गरेका र नेपालकै स्वरूपराज आचार्यले गाएको एउटा गीत सुनेर एक जनाले आत्महत्या गरेको खबर अखबारहरूमा पढ्न पाइएकै हो ।

गीतका शब्द र गाउनेको आवाज अनि संगीतकारको संगीतमा त्यत्रो क्षमता लुकेको कुरो यही समाज र यही संसारमा हुँदाहुँदै त्यस ध्वनिले चाहिँ किन वादलको तौल बढाएन ? यस खाले जिज्ञासा मनमा उब्जनु स्वभाविक हो । गायकगायिका, संगीत वा अन्य वाद्ययन्त्रहरूको कोमल ध्वनिलार्ई ट्रोपेस्फेयर तहको वादलले ग्रहण गर्दैन किनकि त्यो सबै कृतिम ध्वनि हो । यस मामलामा उनी दैविक शक्तिको सहरा लिँदै मन्त्रोच्चारणबाट प्राप्त ध्वनि उर्जा प्राकृतिक हुन्छ र त्यसलाई वादलले सहजै ग्रहण गर्छ भन्छन् । २०६३ सालको बडादशैँको षष्टीका दिन आफूले सिद्धी प्राप्त गरेको र त्यस दिनदेखि जीवनमा कुनै प्रकारको झमेला खप्न नपरेको विचार राख्छन् । दिन दुई गुणा रात चौगुणाका दरले आफ्नो जीवन प्रगतिन्नोमुख भएको अनुभव समेत वताउन उनी चुक्दैनन् । ती ध्वनि कुनै वैयक्तिक वा त्यस्तै स्वार्थवस् निकालिएका हुन् मन्त्रोच्चारणमार्फत होइनन् । अतः वर्षा गराउन योगदान नभएको हो भन्ने सोच खोजकर्ता झाको छ । सबै वस्तुले सबै खाले उर्जा ग्रहण गर्दैन भन्ने सिद्धान्तअनुरूप यो भनाइ पनि धेरै हदमा सत्यको नजिक छ ।

खोजकर्ता झाको सिद्धान्त Sound Energy Seeding in the Atmospheric Cloud, M=Ec2, वैज्ञानिक सर आइन्स्टीनको सापेक्षताको विशेष सिद्धान्त (Special Theory of Relativity, E=mc2 ) र अन्य वैज्ञानिक तथ्य समेतका बीचमा देखिएका समानता र भिन्नताहरूलाई यस प्रकार केलाउन सकिन्छ ।

m=(mass)  उर्जाको सहयोगले बढाइएको तौल
E=उर्जा
c= प्रकासको वेग (३० करोड प्रति मिटर प्रति सेकेण्ड)

समानताहरू 

१. पिण्ड (तौल) र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ ।
२. जब कुनै वस्तुले कुनै प्रकारको उर्जा ग्रहण गर्दछ तब त्यसको तौल बढ्छ ।
३. ध्वनिद्वारा उर्जा प्राप्त हुन्छ ।

असमानता

१. कोमल ध्वनिबाट प्राप्त हुने र वादलले ग्रहण गर्ने उर्जा स्थायी प्रकृतिको हुन्छ तर अन्यको अस्थायी हुन्छ ।
२. कर्णप्रिय कोमल ध्वनिले वादलको तौलमा वृद्धि गर्छ भन्ने ठहर झाको छ तर अन्य बैज्ञानिकहरूले यस वारे बोलेका छैनन् ।
३. वैज्ञानिक सर आइन्स्टीनको m (सानो अक्षरको एम) ले कुनै पनि वस्तुको सामान्य तौललाई सूचित गर्छ भने खोजकर्ता दिलिप झाको M(ठूलो अक्षरको एम) ले कर्णप्रिय कोमल ध्वनिबाट प्राप्त उर्जाले बढाइएको तौल ( जसलाई उनले Quantised Mass नामाकरण गरेका छन् ।) लाई जनाउँछ ।
४. कर्णप्रिय कोमल ध्वनिबाट प्राप्त उर्जाले आइडियल ग्यास समेत प्राप्त हुने ठहर झाको छ । झाकाअनुसार आइडियल ग्यास निर्माण गर्नका लागि जीवहत्या नभएको पवित्र ठाउँ चाहिन्छ । आइडियल ग्यास व्याप्त भएको ठाउँका सजीव प्राणीले दीर्घ जीवन पाउँछन् । यसमा पनि दैविक शक्तिकै सहयोग लिने र ध्वनि उर्जाकै उपयोग हुने कुरा उनी वताउँछन् । पृथ्वीको हरेक ठाउँमा आइडियल ग्यास रहेको र त्यसको वृद्धिबाट मानव कल्याण गर्न सकिने ठहर सय वर्षपूर्व नै वैज्ञानिकहरूले भनेका तर आजसम्म कसैले यसको अनुसन्धान गरी अन्य तथ्य प्रकाशमा ल्याएको देखिन्न ।

खोजकर्ता दिलिपकुमार झाकाअनुसार कर्णप्रिय कोमल ध्वनि निकाल्न अपनाउनु पर्ने आध्यात्मिक, धार्मिक एवं मनोवैज्ञानिक नीति र नियमहरू ः

१. नित्य दैविक आचरण र शुद्ध शाकाहारी भोजन गर्ने ।
२. कर्णप्रिय कोमल ध्वनि निकाल्न गरिने पूजा एवं आराधना अवधिभर पूर्णतयाः ब्रह्मचर्य व्रतको पालना गर्ने ।
२. त्यो समयचाहिँ फलाहारमात्र गर्नुपर्ने ।
३. पूजास्थल एकान्त, शान्त र प्राकृतिक सौन्दर्यमय रहनुपर्ने ।
४. त्यस स्थलमा कुनै प्रकारको ध्वनियन्त्र प्रयोगमा ल्याउन सख्त मनाही हुने ।
५. उपासकले तन, मन सबैले आफ्नो इष्टदेवमा समर्पित गरी मन्त्रोच्चारण गर्नुपर्दछ ।

यी माथिका सबैजसो नीति निर्माणहरू अपनाई जीवन विताइरहेका हजारौँहजार साधुसन्तहरू, उपासकहरू हाम्रो समाजमा भेटिन्छन् । यसै परिप्रेक्ष्यमा हाम्रो मनमा एउटा प्रश्न तेर्सिन्छ । के तिनीहरूको तर्पmबाट कोमल ध्वनि निर्माण भएको छैन ? के तिनीहरूको त्याग र तपस्याको कुनै औचित्य छैन् ? निश्चय नै ती साधुसन्तहरू, उपासकहरू भोगवादी चिन्तनलाई त्यागी त्यागवादीमा रूपान्तरित भएका हुन्छन् । उनीहरू मध्ये असलीले चाहिँ प्राकृतिक रूपमै कोमल ध्वनि निकाल्न सक्छन् । उनीहरूको योगदान रहन सक्ने विचार झाको छ । तर कतिपयहरूको त्याग व्यक्तिकेन्द्रित सुख, आनन्द, धर्म र पुण्यमा आधारित छ, कसैको ढोंगमा छ ।

मनमा छलकपट वा बेचैनी राखेर गरेको कार्यको प्रतिफल पनि हानिकारक नै हुन्छ । उद्देश्य फरक राखेर एउटै मार्गमा हिँड्दैमा प्रतिफल समेत एकै प्रकारको पाउन सकिन्छ भन्ने छैन । अर्कातिर जनकल्याणमा आफूलाई समर्पित गर्ने व्यक्ति दृढ आत्मविश्वासी हुन्छ । दृढ आत्मविश्वासले गरेका अपत्यारिँदा कठिनसाध्य धेरै कार्यहरू सहजै पूरा भएका अनेकन घटनाहरू हाम्रो समाजमा छ्यापछ्याप्ती छन् । खोजकर्ता झाको यो सिद्धान्तको प्रयोगात्मक कार्य २०६३ सालको वडादशैँको समयावधीमा पूर्णरूपेण सफल भएको र त्यसको साक्षी २२५ जना विद्यार्थी रहेको दावी छ । यस सिद्धान्तलाई राष्ट्रपति भवनले विज्ञान तथा प्रविधि मंत्रालयमा दर्ता गरिसकेको छ । राष्ट्रपति डा. रामवरण यादवले आफ्नो सिद्धान्तलाई प्रयोगात्मक रूपमा देखाउन काठमाण्डौ नै बोलाउने इच्छा देखाएको र आफूले आश्वासन पाएको कुरा उनी वताउँछन् । उनी राष्ट्रव्यापी रूपमा यस सिद्धान्तलाई प्रयोग गरेर सत्य सावित गर्ने वताउँछन् । यस सिद्धान्तमार्फत जनकल्याणको कार्य गरी जीवन धन्य तुल्याउन चाहन्छन् ।

निष्कर्ष ः राजा अकबरको हठलाई स्वीकारेर भारतीय संगीत साधक तानसेन (सन् १५०६ तिर—१५८५) ले दीपक राग गाएर खपिनसक्नुको ताप उत्पादन गरेका थिए । त्यस स्थलमा रही सुन्ने सबै भागाभाग भए । उनी स्वयम् पीडाले रन्थनिए र त्यो डाह खप्न नसक्ने अवस्थामा पुगे । तानसेनका विरोधीहरूले उनलाई सखाप पार्न राजामार्फत यस्तो राग गाउन लगाएका थिए । उनकै पुत्री सरस्वतीले मेघराग गाएर वर्षा गराई पिताको प्राण बचाएकी थिइन् । तानसेन जंगली जनावर बोलाउने, रोग निको पार्ने, जस्ता काममा समेत ध्वनिकै प्रयोग गर्थे । यसबाट ध्वनिको शक्तिलाई बुझ्न सकिन्छ । M=Ec2 वैज्ञानिक सूत्र भएको Sound Energy Seeding in the Atmospheric Cloud ऋयिगम सिद्धान्तका प्रतिपादक खोजकर्ता दिलिपकुमार झाका सबै नियमलाई प्रचलित वैज्ञानिक नियमभित्र राख्न सकिन्न ।

विज्ञान र आध्यात्मको फ्यूजन गरी उनको सिद्धान्त बनेको छ । आजको संसारलाई चलाउन, प्रगतिन्मुख बनाउन र मानवीय मूल्य र मान्यतालाई संरक्षण गर्न र स्थापित तुल्याउन विज्ञानमात्र अधुरो हुन जान्छ । त्यसमा आध्यात्मको मिश्रण भइदिनु आवश्यक छ । नित्य योगसाधना एवं सन्तुलित कसरत गर्ने गरेमा पनि त शरीरले अद्भूत उर्जा ग्रहण गर्न पाउँछ । मानवीय शरीरले प्राकृतिक उर्जा ग्रहण गर्न सक्ने कुरा बेला वेलामा विभिन्न चिन्तकहरूले भन्दै आएका हुन् । खानाबाट मात्र शरीरले उर्जा भेट्छ भन्न्ने तथ्य मिथ्या भएकै छ ।

विज्ञानको मात्र भर पर्दा मानिसले मानिसलाई नै नगन्ने र नचिन्ने अवस्था पैदा भएकै हो । दार्शनिक ओशोले पनि विज्ञानले भौतिक समृद्धि ल्याउने र आध्यात्मले आन्तरिक उर्जा दिने अनि मनलाई सन्तोष बनाउने तर्क राखेर आध्यात्मलाई विज्ञानझैँ मान्नुपर्ने आवश्यकता औँल्याएका छन् । हुन त अरूका विचारलाई काट्नुपूर्व त्यो रिक्तस्थान पूरा गर्ने क्षमता आफूसँग हुनुपर्छ । खोजकर्ता झाको चिन्तन विल्कुलै नवीन छ । त्यस चिन्तनले व्यापकरूपमा मूर्तरूप पाउने वातावरण पाएमा जनकल्याणको नवीन अध्यायको सुरुवात हुनेछ । नेपालमा पनि चमत्कारिक कार्य गर्ने एक वैज्ञानिक रहेको प्रमाणित हुनेछ जसले पूरै विश्वलाई चकित पार्नेछ ।

साभार : नन्दलाल आचार्य, मझेरी डट कम

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.