नेपालमा सौर्य ऊर्जा

नेपालमा सौर्य ऊर्जा
Rajeshman KC

राजेशमान के.सी

नेपालमा सौर्य ऊर्जा । नेपालमा वैकल्पिक ऊर्जाका विभिन्न स्रोत भए तापनि तिनीहरूको उपयोग समुचित ढंगबाट हुन सकिरहेको छैन । हाम्रो जस्तो भौगोलिक विकटताका कारण विकास गतिविधिमा अति नै पछाडि धकेलिएको मुलुकमा खासगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसका लागि वैकल्पिक ऊर्जा अति नै भरपर्दो स्रोत मानिन्छ र यसको माध्यमबाट आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिन्छ । नेपालका झन्डै ९० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्छन् र ८० प्रतिशतभन्दा बढी मानिसले ऊर्जाको प्रमुख स्रोतका रूपमा काठ–दाउराको प्रयोग गर्दै आइरहेका छन् । यसबाट वनजंगलको विनाश हुन गई भू–क्षय, बाढी–पहिरो, अल्पवृष्टि, अनावृष्टि आदि जस्ता प्राकृतिक प्रकोप बढ्दै जानुका साथै वातावरणीय विनाशको समस्यासमेत उत्पन्न हुन पुग्छ । यस्तो अवस्थामा खनिज ऊर्जामाथिको निर्भरता कम गर्दै लैजान वैकल्पिक ऊर्जा प्रविधिको विकास गर्नु अति नै आवश्यक देखिन्छ ।

नेपाल जलविद्युत्को दृष्टिले ब्राजिलपछि विश्वकै दोस्रो ठूलो धनी मुलुक भन्ने गरिन्छ । तर बिडम्बना के छ भने नेपालमा हालसम्म केवल २२ प्रतिशत जनताले मात्र बिजुली बत्ती देख्न पाएका छन् अथवा उपभोग गर्न पाएका छन् । त्यसमा पनि बिजुली उपयोग गर्ने ग्रामीण क्षेत्रका जनसंख्या ७ प्रतिशत मात्र छ । यसरी २१ औं शताब्दीको आजको युगमा पनि ७८ प्रतिशत जनताले टुकी बत्ती बालेर गुजारा गर्नुपरिरहेको अवस्था छ । सरकारी तथ्यांकअनुसार कुरा गर्ने हो भने पनि आगामी २५ वर्षसम्म आधाभन्दा बढी जनसंख्यालाई विद्युत् सेवा पु¥याउन सकिने अवस्था देखिँदैन । यसबाट बहुसंख्यक जनताको ऊर्जा माग पूरा गर्न वैकल्पिक ऊर्जाको विकासमा जोड दिनुपर्ने खाँचो देखिन्छ । यसको लागि सौर्य ऊर्जा सबैभन्दा सरल र भरपर्दो स्रोत बन्न सक्छ ।

हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा सबै ठाउँमा विद्युतीय सेवा पुयाउनु सजिलो हुँदैन र आर्थिक दृष्टिले पनि यो निकै महँगो पर्न  जान्छ । त्यस्तै सबै स्थानमा लघु–जलविद्युत्को सम्भावना पनि देखिँदैन । वैकल्पिक ऊर्जाका रूपमा गोबर ग्यासको पनि महव त छ, तर यसको उपयोगिता पनि बत्ती बाल्नभन्दा विशेषगरी खाना पकाउनमै बढी प्रभावकारी भएको अध्ययनले देखाएको छ । तसर्थ ग्रामीण क्षेत्रका प्रत्येक घरमा विद्युतीय पहुँच पुयाउने सबैभन्दा सरल र भरपर्दो विकल्प भनेको सौर्य ऊर्जा नै रहेको देखिन्छ । सौर्य ऊर्जा प्रविधि अति नै सरल, भरपर्दो र वातावरणीय दृष्टिले समेत स्वच्छ र मैत्रीपूर्ण प्रविधि भएका कारण यसप्रति मानिसहरूको आकर्षण पनि बढ्दै गएको देखिन्छ ।

समाजमा धनी वर्गदेखि निम्न आर्थिक स्तर भएका जनताका लागिसमेत सौर्य ऊर्जा लाभदायक देखिएको हुँदा यसको उपयोग गर्नेहरूको संख्या पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । हाल देशमा ५० हजारभन्दा बढी ग्रामीण घरमा सौर्य ऊर्जा प्रविधिको सफलतापूर्वक जडान भई सञ्चालन हुँदै आएको तथ्यांक छ । सौर्य ऊर्जाको महवपूर्ण विशेषता भनेको यो पृथ्वीको अस्तित्व रहेसम्म निःशुल्क रूपमा प्राप्त गर्न सकिने भरपर्दो, स्वच्छ र वातावरणमैत्री ऊर्जा स्रोत हो । सबैभन्दा विचारणीय पक्ष के हो भने खनिज इन्धनको उपयोग लामो समय अथवा दीर्घकालीन अवस्थासम्म गर्न सकिँदैन । यसको आयु कुनै पनि दिन समाप्त हुन सक्छ । त्यसमाथि हाम्रो जस्तो खनिज इन्धनमा विदेशमाथि पूर्ण रूपमा निर्भर रहनुपर्ने मुलुकका लागि ठूलो धनराशि खर्च गरेर ल्याउनुपर्ने इन्धनको खपतलाई न्यून गर्न र पटक्कैपिच्छे यो वा त्यो बहानामा पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धिको मारबाट उपभोक्ताहरूलाई मुक्त राख्न पनि सौर्य विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने खाँचो देखिएको छ ।
नेपालमा सौर्य ऊर्जाको महवबारे कुरा गर्दा यसको उपयोग निम्न प्रयोजनका लागि गर्न सकिने देखिन्छ ।
–    गाउँघरमा बिजुली बत्ती बाल्न ।
–    खानेपानी तथा सिँचाइका लागि पानी तान्न ।
–    ग्रामीण क्षेत्रमा टेलिफोन तथा फ्याक्स मेसिन सञ्चालन गर्न ।
–    दुर्गम क्षेत्रमा अवस्थित सार्वजनिक स्थलहरूमा विद्युतीकरण गर्न ।
–    दुर्गम क्षेत्रका अस्पताल अथवा स्वास्थ्यकेन्द्रहरूमा भ्याक्सीन, रेफ्रिजरेटर सञ्चालन गर्न ।
–    सहरी क्षेत्रहरूमा सडक बत्ती बाल्न ।
–    गाउँघरमा टेलिभिजन, भी.सी.आर, रेडियो, टेपरेकर्डर आदि बजाउन तथा अन्य आवश्यक कार्यहरू गर्न ।

त्यति मात्र कहाँ हो र ? सौर्य बत्तीबाट अँध्यारोमा बस्नुपर्ने समयलाई सदुपयोग गरी सिलाइ–बुनाइलगायत विभिन्न रोजगारमूलक क्रियाकलापबाट आयआर्जन गर्न पनि सकिन्छ । विद्युतीय सुविधाबाट वञ्चित गाउँघरमा समेत रेडियो टेलिभिजनबाट प्रसारित सूचनामूलक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू सुन्न र हेर्न सकिन्छ । साथै रेडियो टेपरेकर्डरका लागि प्रयोग हुने महँगो ब्याट्री खर्च पनि आफ्नै खल्तीमा खुसुक्क राख्न सकिन्छ । यसका साथै गाउँ–घरका टहरा अथवा छाप्राहरूमा टुकी बत्ती बाल्दा निस्कने धूवाँले मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरबाट पनि बच्न सकिन्छ ।

–    सबैभन्दा प्रमुख कुरा सौर्य ऊर्जा वातावरणमैत्री प्रविधि भएको हुँदा वातावरणीय स्वच्छता कायम राख्न यसले मद्दत पुयाउँछ ।
–    अर्को  महवपूर्ण कुरा भनेको यसले खनिज इन्धन माथिको निर्भर हटाउँछ अथवा कम गर्छ ।
–    सौर्य ऊर्जा सुरुमा जडान गर्न अलिकति खर्चिलोजस्तो देखिए पनि यो एकपटक जडान गरिसकेपछि भने वर्षौंसम्म ढुक्क हुन सकिन्छ ।
–    त्यस्तै विद्युत्मा जस्तो पटक–पटकको महसुल वृद्धि, महिनैपिच्छे शुल्क बुझाउनुपर्ने झन्झटिलो अवस्था यसमा पर्दैन ।
–    विशेषज्ञहरूका अनुसार यो सरल प्रविधि भएको हुँदा सामान्य तालिम र जानकारीबाट पनि यसको जडान र मर्मत गर्न सकिन्छ ।

नेपालमा सौर्य ऊर्जाको यही उपयोगितालाई दृष्टिगत गरी सौर्य विद्युत्लाई न्यून वर्गको पहुँचसम्म पु¥याउन दातृ राष्ट्रहरूले पनि सहयोग गरिरहेका छन् । खासगरी डेनमार्क सरकारको सहयोगमा सौर्य विद्युत्मा अनुदानको व्यवस्था गरिएको छ । उक्त अनुदान व्यवस्थाअनुसार नेपालका विभिन्न जिल्लालाई हाल अतिदुर्गम, दुर्गम र सुगम  गरी ३ खण्डमा विभाजन गरिएको छ, जसअनुसार अतिदुर्गम, दुर्गम र सुगम  जिल्लाहरूलाई क्रमशः १२ हजार, १० हजार र ६ हजार ४ सय अनुदान दिने गरिएको कुरा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ । यसरी नेपालको सन्दर्भमा सौर्य ऊर्जाको महŒव र उपयोगिताबारे चर्चा गर्दा यसको समुचित विकास विस्तारका लागि सरकार र सम्बन्धित निकायहरूबाट अरू ठोस र प्रभावकारी कार्यक्रमहरू ल्याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा प्रवर्द्धन अधिकृतमा रुपमा काम गरेका थिए ।

साभार : राजेशमान के.सी.,  आर्थिक अभियान, प्रकाशित १९ चैत्र, २०६९  

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.