रामायणको समाजशास्त्र

रामायणको समाजशास्त्र
Rajendra Maharjan

राजेन्द्र महर्जन

रामायणको समाजशास्त्र । एक्काइसौ शताब्दीको नया नेपाललाई आजभन्दा तेइस सय वर्ष पुरानो भारतवर्षका धर्म, संस्कृति र परम्पराले मार्गनिर्देश गर्न सक्छन् ? के संसारको कान्छो लोकतान्त्रिक गणतन्त्रका लागि राजतन्त्रका थोत्रा-पुराना मूल्यमान्यता र सामन्तवादी नीति र आचारविचार उपयोगी हुन सक्छन् ? न्याय, सत्य र शान्तिको विजयका लागि भन्दै महिषासुर र रावणको हत्याको खुसियालीमा ‘लोकतान्त्रिक गणतन्त्रको पहिलो बडादसै’ धुमधामसाग मनाएका नेपालीजनले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।

विजया दशमी पर्वको मुख्य धार्मिक आधार भनेकै दुर्गाद्वारा महिषासुर राक्षस र रामद्वारा रावणजस्ता दानवमाथि जित हो । त्यही जितको खुसियालीमा बडादसैाको नाममा विजयोत्सव मनाइदै आएको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रका नागरिकले आफैलाई सोध्नुपर्ने देखिन्छ । के हामीले हत्या र हिंसालाई पूजाआजा गर्दै सामन्तवादी नीति र आचारविचार अनि राजतन्त्रीय मूल्य मान्यतालाई नै लागू गरेर आफैले ल्याएको लोकतन्त्रलाई पराजित त गरिरहेका छैनौ ?

सामन्ती मूल्य र आज्ञाकारिताको पाठ भारतीय इतिहासकार रामशरण शर्माले ‘प्राचीन भारत में भौतिक प्रगति एवं सामाजिक संरचनाए’मा रावणलाई राक्षस बताएर हत्या गर्ने ‘मर्यादा पुरुषोत्तम’ राजा रामलाई महानायक बनाइएको र दसैा पर्वको मूल आधारको रूपमा मानिएको ‘रामायण’का बारेमा दाबीसहित लेखेका छन्, ‘रामायण तथा महाभारत, यसका साथै पुराणहरूले, त्यसमा पनि मुख्य रूपमा भावगत पुराणले सामन्तवाद पूर्वकालीन र सामन्तवादी समाजका मूल्यका आधारमा भारतीय अनपढ

जनतालाई शिक्षित गर्ने काममा महìवपूर्ण भूमिका खेलेका छन् । …समग्रमा यो महाकाव्य एउटा वर्ग विभाजित पितृसत्तात्मक सामन्ती समाजका मूल्यहरूको प्रतीक हो ।’ दसैाको नाममा यस्ता मूल्यलाई शीरोपर गर्दा हामी नेपाली गणतन्त्रवादीहरूले आˆनै लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतामाथि अन्याय त गरिरहेका छैनौ ? रामशरण शर्माको खरो विश्लेषण छ, ‘आजजस्तै प्राचीनकालमा पनि आमजनतामध्ये अत्यधिक सङ्ख्यामा रहेका स्त्री र शुद्रहरूका लागि वेदको अध्ययन तथा मन्त्र उच्चारण वर्जित थियो । तर गुप्त शासनकालबाट उनीहरूले यस्ता महाकाव्य र पुराणका कथा एवं शिक्षा सुन्ने अनुमति पाएका थिए ।

‘रामायण’ले आम मानिसलाई दिने शिक्षा हो छोराले बुबाको, पत्नीले पतिको, अनुजले अग्रजको, चेलाले गुरुको र प्रजाले राजाको अवश्य पनि आज्ञा पालना गर्नुपर्छ अनि प्रत्येक व्यक्ति धर्मशास्त्रमा निर्धारित धर्मको आज्ञाकारी हुनुपर्छ । धर्मको माग थियो, कुनै वर्ण वा सामाजिक वर्गका सदस्यले सामाजिक सङ्गठनद्वारा आˆनो लागि निर्धारित कर्तव्य अवश्य पालना गर्नुपर्छ ।’

प्राचीन भारतको सामाजिक इतिहासका अध्येता सुवीरा जायसवालका अनुसार भारतवर्षमा अत्यन्त लोकपि्रय बौद्ध धर्मको उभार आइरहेको बेला अयोध्याबासी कवि वाल्मीकिले सामन्ती शासनकालका ब्राम्हणवादी मूल्यमान्यताको प्रचार-प्रसारका लागि ई.पू. तेस्रो शताब्दीदेखि ई.पू. दोस्रो शताब्दीका बीचमा ‘रामायण’ रचेका थिए । ‘रामायण’को रचनाकालको सामाजिक परिवेशमा चलेका धार्मिक सांस्कृतिक राजनीतिक द्वन्द्वको चिरफार गर्दा वाल्मीकिद्वारा लिखित ‘रामायण’को समाजशास्त्रलाई बुझ्न सकिन्छ । हिन्दू धर्मका कारण जारी हिंसाचार, कर्मकाण्ड र वर्णव्यवस्थाको विरोधमा ई.पू. छैठौा शताब्दीमा गौतम बुद्धको नेतृत्वमा सञ्चालित आन्दोलन तेज, सघन र विस्तार भइरहेको बेला ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्य रचना गरिएको थियो ।

बौद्ध र अन्य धर्मको सांस्कृतिक प्रतिकार

सुवीरा जायसवालले ‘वैष्णव धर्म का उद्भव और विकास’मा गहन खोजका आधारमा विश्लेषण गरेकी छिन्, ‘ब्राम्हणीय सामाजिक नीतिशास्त्र तथा धर्मनिष्ठाका आदर्श प्रस्तुत गर्ने खालका दुई ठूलठूला महाकाव्यको रचना लगभग एउटै कालमा हुनु कुनै संयोगको काम मात्रै होइन, बरु यो त तत्कालीन सामाजिक सङ्कटविरुद्ध ब्राम्हण बौद्धिकजनद्वारा गरिएको सांस्कृतिक प्रतिकार थियो । ईस्वी सन्को ठीक अगाडि र पछाडिका शताब्दीको क्रममा वैदिक ब्राम्हण धर्मसामु निकै ठूलठूला खतरा आइपरेका थिए । किनभने त्यसबेलासम्ममा पशुबलि र यज्ञहरूको लोकपि्रयता कम भइसकेको थियो । र, बौद्ध एवं अन्य असनातनी धर्मको प्रहारले ब्राम्हणहरूका प्रतिष्ठा तथा सत्ता अनि वर्णगत श्रेणीविन्यासका जराहरूलाई कमजोर तुल्याइसकेका थिए ।’

त्यही बेला एकातिर ब्राम्हण र क्षेत्रीय गठजोड कमजोर हुनाले उनीहरू सत्ताच्युत् हुादै गए, वैदिक कर्मकाण्ड र बौद्धिक परम्परा पनि कठोर र अनमनीय हुन थाल्यो भने विदेशी आक्रमणकारीहरूले राजनीतिक सत्तामाथि आसीन भएर बौद्ध धर्म र अन्य स्थानीय देवी देवताको उपासना गर्न थाले । त्यस्तो अवस्थामा वैदिक पुरोहितहरूलाई प्राप्त हुादै आएको संरक्षणमा कमी आयो ।

जायसवालको ठम्याइ छ, भारतीय समाजमा विदेशबाट आएका आक्रमणकारीहरूले सत्ता र सम्पत्ति मात्रै होइन, स्रोत साधनमाथि पनि कब्जा जमाउन थाले । यसै क्रममा शिल्प र व्यापारसाग सहरीकरणको विस्तारले नयाा समुदायको उदय र विकास भयो । त्यसकारण ब्राम्हणीय समाज व्यवस्थामा परम्परागत रूपमा तल्लो स्थानमा रहेका र वैदिक धार्मिक परम्पराबाट पूरै उपेक्षित शुद्र शिल्पी र व्यापारीहरूको राजनीतिक, धार्मिक र सांस्कृतिक सहभागितामा पनि वृद्धि भयो । यस्ता सबै चुनौतीको मुकाबिला गर्नकै लागि ब्राम्हण धाराका चिन्तक र सुधारकहरूले वैदिक कर्मकाण्डलाई महìव दिन छाडेर लोक प्रचलित देवी देवताहरूका भक्तिमूलक पूजामाथि जोड दिन थाले र ती देवी देवतालाई विभिन्न वैदिक देवी देवताकै रूप वा अवतार बताउन थाले । यसरी जाति, समुदाय र लिङ्गको कुनै भेदभाव नगरिकन ती लोकप्रचलित देवी देवतालाई ब्राम्हणीय पूजा अर्चनाको अधिकार सबैलाई प्राप्त भयो । त्यस्ता लोक प्रचलित देवी देवता वा कथानायक नायिका हुन् शिव, कृष्ण, लक्ष्मी, सीता, राम आदि ।

रामलाई बनाइयो विष्णुको अवतार

सुवीरा जायसवाल थप लेख्छिन्, ‘यस्तै परिस्थितिमा शास्त्रीय हिन्दू धर्मको रचना भएको थियो, जसमा एकातिर पूजाका प्रतीक र विश्वासको मामिलामा पूरै सहनशीलता वा नमनीयता देखाइएको पाइन्छ भने अर्काेतिर ब्राम्हणवादी र पितृसत्तात्मक समाजका

मानदण्डमा श्रेणी विभाजनलाई समर्थन गर्दै हरेक जातिका वर्णगत कर्तव्य, परम्परा र रीतिरिवाज पालना गर्नुपर्ने मामिलामा भने कठोरताका साथ जोडबल दिइएको देखिन्छ । यही सैद्धान्तिक ढााचाको रचना र प्रचारमा ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्यले महìवपूर्ण भूमिका खेलेका थिए । तर सामान्यतः के मानिन्छ भने ‘रामायण’ मा रामलाई विष्णुको अवतारको रूप पछि मात्रै दिइएको हो र त्यसमा वैष्णव तìवहरूलाई समावेश गर्ने काम पनि पछि मात्रै गरिएको हो ।

अनुमानअनुसार अयोध्याबासी वाल्मीकिले ई.पू. तेस्रो शताब्दीमा पहिलेदेखि चलिआएको पूरा कथाका चरित्रहरूको वीरतापूर्ण गाथाको रूपमा ‘रामायण’ सिर्जना गर्ने क्रममा रामलाई केवल मानिसकै रूपमा चित्रण गरेका थिए, विष्णुको अवतारको रूपमा होइन । किनभने त्यसबेलासम्म ब्राम्हणहरूको धर्मशास्त्रमा इन्द्रले नै सर्वाेच्च स्थान पाइरहेका थिए, विष्णुले होइन । जब कालक्रममा इन्द्रको सट्टा विष्णुले सर्वाेच्च स्थान पाउन थाले, जब वाल्मीकिको रामायणले पनि गजबको लोकपि्रयता पाउन थाल्यो, तब त्यसमा प्रथम र अन्तिम काण्ड जोडजाड गरेर रामलाई वीर नायकबाट देवताको रूपमा चित्रण गर्ने र विष्णुको अंश वा पूर्ण अवतारको रूपमा प्रस्तुत गर्ने होडबाजी नै चल्यो । अनुसन्धानबाट थाहा भएको छ, ‘रामायण’का दोस्रोदेखि छैठौा काण्डमात्रै वाल्मीकिद्वारा रचना गरिएका काण्ड हुन् भने अरु काण्ड गुप्त शासनकालका पुरोहित कवि र ब्राम्हण बौद्धिकहरूबाट भएको देखिन्छ । तथ्य खोतल्दै जाादा देखिन्छ, ईस्वी सन्को प्रारम्भिक

शताब्दीमा गुप्त शासनकालमा रामलाई विष्णु

भगवानको रूपमा मान्यता दिएर प्रथम र सप्तम काण्ड जोडिएको हो । ईसा जन्मिनुभन्दा कयौा शताब्दी अगाडिदेखि नै दशरथका छोरा रामलाई विष्णुको अवतारको रूपमा पूजा गरिएका कुनै प्रमाण भेट्टएिको छैन, यसरी पूजा गर्ने काम मूलतः गुप्त शासनकालबाट थालिएको देखिन्छ ।

कसरी गरियो दशरथ जातकमा संशोधन ?

वैष्णव धर्मअनुसार रामायणको रचना र पुनःरचना गरिनुभन्दा अगाडिदेखि समाजमा प्रचलित दशरथ र रामसम्बन्धी बौद्ध जातक र जैन कथामा पनि रामलाई विष्णु अवतारको रूपमा प्रस्तुत गरिएको पाइादैन । हालसम्म फेला परेका चार सयभन्दा फरकफरक भाषा र प्रकृतिका रामकथामध्ये सबैभन्दा प्राचीन कथा हो, दशरथ जातक । त्यसमा वाल्मीकिद्वारा लेखिएको भनिने ‘रामायण’मा जस्तो रामलाई विष्णुको अवतार होइन, सामान्य राजकुमारको रूपमा चित्रित गरिएको छ । त्यसमा दशरथ अयोध्याका होइन, वाराणसीका राजा हुन्छन्, जसका प्रथम पत्नीका सन्तानका रूपमा राम, लक्ष्मण र सीताको नाम आउाछ भने भरतलाई रामको सौतेलो भाइको रूपमा प्रस्तुत गरिएको छ ।

दशरथले सौतेली आमाको कुटिलताबाट बचाउन राम र लक्ष्मणलाई हिमालय क्षेत्रको वनमा पठाउन खोज्दा सीताले आˆना दाजुहरूसागै जाने हठ गर्छिन् । उनीहरूको वनबास बाह्र वर्षमै समाप्त सकिन्छ, वाल्मीकिले लेखेजस्तो चौध वर्षमा होइन । वनबास सकिएपछि रामले आˆनै बहिनी सीतासाग विवाह गर्छन् र उनलाई महारानी बनाउाछन् । रक्तशुद्धिका लागि आˆनै दिदीबहिनीसाग बिहे गर्ने जमानाको यो रामकथामा राम र सीताको सम्बन्ध बहिनी र पत्नीको हुन्छ । त्यस कथामा रावणद्वारा सीताको अपहरण र लङ्काविरुद्ध रामको सैन्य अभियानको बारेमा कुनै उल्लेख छैन । जायसवालको निष्कर्षअनुसार रामायणका रचयिताले सीताहरण र रावण वधको कथा आफैले निर्माण गरेको वा अन्य कुनै स्रोतबाट तानतुन पारेको प्रतीत हुन्छ । उनले वनबासको अवधिमा दुई वर्ष बढाउने, वनबासको स्थान हिमालयको सट्टा डेक्कन क्षेत्रलाई बनाउने र रामको जन्मस्थान नै अयोध्या बनाउने काम गरेको देखिन्छ ।

कृष्णको बारेमा विशेष अध्ययन गरेका प्रसिद्ध विद्वान म्याक्स वेबरको सुझावअनुसार वाल्मीकि अयोध्या वा त्यसको सेरोफेरोमा बस्ने व्यक्ति हुन्, त्यसैले उनले रामको जन्मस्थानलाई वाराणसीको सट्टा अयोध्यामा बदलेको देखिन्छ । उनले एकनिष्ठ विवाह पद्धति थालनी भएको सामन्ती युगका नैतिक धारणाअनुसार सीतालाई एकसाथ रामकी बहिनी र पत्नीको रूपमा स्वीकार्न नसकेरै सीताको नयाा वंशावली प्रदान गरेका थिए । उनले सीता र रामको नाममा पहिलेदेखि प्रचलित र लोकपि्रय नायक नायिकाका गाथालाई मनोरम महाकाव्यमा अनेक कथा उपकथामार्फत गुाथेका थिए । उनले सीता रामलाई सामन्ती समाजलाई मिल्नेखालको ‘आज्ञाकारी आदर्श दम्पति’को रूपमा चित्रण गरेका थिए भने उनीपछिका ब्राम्हण बौद्धिक रचनाकर्मीहरूले सीता रामलाई नै देवत्वकरण गर्ने कामसागै रामलाई विष्णुका अवतारमा ढालेर आम अनपढ जनताको मानसिकतालाई सामन्ती मूल्यमान्यता र ब्राम्हणवादी धर्म नीतिसंस्कृतिमा ढाल्ने सांस्कतिक हतियारको रूपमा ‘रामायण’ लाई उपयोग गरेका थिए, ‘महाभारत’ र अन्य पुराणलाई जस्तै । विडम्बनाको कुरा, आज एक्काइसौा शताब्दीको लोकतान्त्रिक गणतन्त्रको जमानामा पनि त्यस्तो महाकाव्यलाई पवित्र धर्मग्रन्थको रूपमा मान्ने र कथानायक रामलाई विष्णुका रूपमा पुज्ने काम जारी छ, धर्म, संस्कृति र परम्पराको नाममा, आस्था र विश्वासको नाममा, अन्धतापूर्वक !

साभार : राजेन्द्र महर्जन, गोरखापत्र/मझेरी डट कम

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.