काठमाडौं, बुधबार, २९ मङि्सर । पूर्व प्रधानमन्त्री केपी ओली फिल्म खेल्दै ! एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जीवनीमा बन्न लागेको ‘रातो सूर्य’मा उनी स्वयः फिल्ममा अभिनय गर्दैछन्। निर्देशक दिपेन्द्र दाहालले निर्देशन गर्न लागेको फिल्ममा एमाले अध्यक्ष ओलीको बाल्यकालदेखि हालसम्मको जीवनी देखाइने भएको छ।
फिल्ममा पूवप्रधानमन्त्रीको जीवनमा आएका उतावचढाव समेत देखाइनेछ । निर्देशक दाहालका अनुसार ओलीको बाल्यकालदेखि ६५ वर्षको जीवनीलाई ‘रातो सूर्य’ मा प्रस्तुत गरिनेछ । ओलीले काठमाण्डौंमा दश दिन सुटिङ गर्नुपर्नेछ । पुर्व प्रधानमन्त्री ओलीलाई फिल्म खेले वापत् पारिश्रमिक समेत दिइने निर्देशक दाहालले बताएका छन् ।
एकसाताबाट सुरु हुन लागेको फिल्मको सुटिङ राजधानी बाहेक झापा र मकवानपुर लगायत क्षेत्रमा हुँदैछ। ‘मेरो जीवनीमाथि बन्न लागेको फिल्ममा म आफैं देखिदैंछु। मेरो लागि यो नौलो अवसर हो,’पूर्वप्रधानमन्त्री ओलीले भने । १६ देखि ४५ वर्षको उमेरसम्मको ओलीको भूमिकामा भने कलाकार अनुपम शर्मा प्रस्तुत हुँदैछन् । ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् ।
आठराईबाट चलचित्रको सुटिङ सुरु हुने छ भने त्यसपछि झापा, रौतहट र मकवानपुरको थाहा नगरपालिकामा सुटिङ हुने छ । रुपचन्द्र विष्टसँग ओलीको संगत भएकाले थाह नगरपालिकामा अलि बढी सुटिङ हुने दाहालले बताए । जेल बस्दाको अवधिको दृष्य भने सेट लगाएर गर्ने योजना छ ।
About Author
Write a Comment
Only registered users can comment.