विदुर नीति अनुसार विद्याका शत्रु

विदुर नीति अनुसार विद्याका शत्रु

विदुर नीति अनुसार विद्याका शत्रु !

१. जो व्यक्ति सज्जन पुरुषद्वारा आदर पाउँछ, विषयमा आशक्ति राख्दैन, शक्तिलाई उल्लघंन नगरेर आफ्नो क्षमताअनुसार काम गर्दछ, ऊ श्रेष्ठ पुरुष हो । उसलाई सुयश प्राप्त हुने गर्छ । सज्जन पुरुष निश्चय नै संसारलाई कल्याण गर्न समर्थ पनि हुन्छ । सन्तजन जोसँग प्रसन्न हुन्छन्, त्यस्तो मान्छे सधैँभरि सुखी रहन्छ ।

२. जसरी सर्पले पुरानो काँचुलीलाई त्यसै छाडेर नयाँ काँचुली फेर्छ, त्यसरी नै मानिसले पनि अधर्मद्वारा कमाइएको जतिसुकै धेरै सम्पत्ति नै भए पनि वास्ता नगरी छाडिदिन्छ अनि पीडाबाट मुक्त भएभैम्ँ गरी सुखी हुन्छ ।

३. झुटो बोलेर उन्नति गर्नु, असल व्यक्तिको आलोचना गर्नु वा निन्दा गर्नु, आफ्ना मान्यजनसँग झुटो व्यवहार गर्नु, यी सबै ब्रह्महत्या समानका पाप कर्म हुन् ।

४. गुणहरूलाई पनि दोष सम्झनु बिलकुलै मृत्यु समान हो । रुखो बोल्नु र अर्कालाई निन्दा गर्नु धनसम्पत्ति नष्ट गर्नु बराबर हो । सुन्ने इच्छा नगर्नु अथवा सेवाभाव नराख्नु उत्ताउलो हुनु, अति नै आत्मप्रशंसा गर्नु यी तीन विद्या वा ज्ञानका शत्रु हुन् ।

५. अल्छी गर्नु, मादक पदार्थको सेवन गर्नु, घर आदिमा मोह राख्नु, चञ्चले स्वभाव हुनु वा एकाग्रचित्त नहुनु, बेकारका कुराहरू गरेर समय बिताउनु, घमण्ड, जडता, लोभ विद्यार्थीका दोष हुन् । अर्थात्, जसमा यी दुर्गुण हुन्छन्, उसले विद्या आर्जन गर्न सक्दैन ।

६. सुखको अभिलाषा गर्नेलाई विद्या प्राप्त हुँदैन । विद्यार्थीलाई सुख प्राप्त हुँदैन, सुख प्राप्ति र विद्यार्थी परस्परमा विरोध गर्ने समान छन् । तसर्थ जसले सुख खोज्छ, उसले विद्या आर्जन गर्ने इच्छालाई छाडिदिनुपर्दछ । साथै, विद्या प्राप्त गर्न खोज्नेले सुख प्राप्तिको इच्छालाई त्यागिदिनुपर्छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.