मन, बुद्धि, अन्तःकरण र चिदाभास भनेको के हो ?

मन, बुद्धि, अन्तःकरण र चिदाभास भनेको के हो ?
मधुसूदन सुवेदी

मधुसूदन सुवेदी

मन, बुद्धि, अन्तःकरण र चिदाभास भनेको के हो ?

मन

मन अन्तः करणको एक मुख्य अंश हो । यसले अनेक सङ्गल्प, विकल्पहरू गर्दछ, बुद्धि चित्त लगायत अन्य सूक्ष्म शरीरका इन्द्रियहरूलाई क्रियाशील गराउँछ । यसका सतत्व, रज, तम, तीन गुण छन् । मन अन्नमय हो । यो अपञ्चीकृत सतत्व गुणबाट बनेको हो । यो मन ब्रम्हको सानो स्वरूप हो । यसैलाई माया, प्रकृति पनि भनिन्छ । मन नै प्राण धारण गर्ने कारणले जीव भएको छ । पुरुष, जीव, चित्त, बुद्धि अहङ्गार मनका रूप हुन् । यसले आत्माकै आश्रय पाएर क्रियाशील हुन्छ । आत्मालाई जान्न नदिनुमा मन नै ठूलो अवरोधक छ । मनलाई सन्तुलित गराउनमा वैराग्य, विचार, सन्तोष र धैर्य यी चार कुरा अत्यन्त सहायक हुन्छन् ।

बुद्धि

बुद्धि सर्व साक्षी परमात्मा (आत्मा) को उपाधि हो । परमात्मा– शरीर, मन, बुद्धि आदि उपाधिद्वारा गरिएको कर्मले लेश मात्र पनि लिप्त हुँदैन । अर्को कुरा सत् रूप साक्षीमा कल्पित उपाधि छदैछैन । अन्तःकरण अन्तर्गतको अर्को प्रमुख अङ्क बुद्धि  हो । यसले सत्य असत्य ठीक वेठिक के हो निरूपण गर्दछ । कूटस्थ आत्माको प्रकाश बुद्धिमा प्रतिबिम्बित भएर इन्द्रियहरूलाई चलायमान गराउँदछ । बुद्धिको उपादान कारण माया हो । मायाको कार्यरूप बुद्धिले संसार जान्दछ ।

अन्तःकरण

अन्तःकरण मन, बुद्धि,  चित्त,  अहङ्गारका चार वृत्ति छन् या बन्दछ । यो अपञ्चीकृत पञ्चमहाभूतको सतत्व गुणको अंशबाट बनेको हो ।  यसलाई भित्री ज्ञानका साधन भनिन्छ । अन्तःकरणको परिणामको नाम हो वृत्ति कर्मको भेदले यी वृत्तिहरू मन, बुद्धि, चित्त, अहङ्गार नामले जानिन्छन् । जुनकुरा बाहिरी इन्द्रियहरूले थाहा पाउँदैनन् कुनै पदार्थ असल खराब कस्तो हो भनेर निर्णय गर्ने वृत्तिको नाम बुद्धि हो । यसै मनले गरेका सङ्गल्प कुन ठीक हो भन्ने निर्णय गर्ने काम गर्दछ । शरीर आदिलाई “म” र शरीरसँग सम्बन्धित वस्तुलाई “मेरो” भनेर अभिमान गर्ने वृत्तिको नाम अहङ्गार हो । आफूलाई मन पर्ने वस्तुको चिन्तन गर्ने वृत्तिलाई चित्त भनिएको छ । चित्तमा– १) मूढ,  २) क्षिप्त,  ३) विक्षिप्त, ४) एकाग्र, ५) निरुद्ध यसका अवस्था हुन् । १,२,३ अवस्थालाई संसारी तथा ४ र ५ मोक्षको अवस्था अर्थात्  परमार्थी हुन् ।

चिदाभास

अन्तःकरण स्थित बुद्धिमा परेको कूटस्थ आत्माको प्रतिबिम्बलाई चिदाभास भनिन्छ । यही प्रतिबिम्बले बुद्धिलाई शुद्ध र इन्द्रियहरूलाई कामयावी तुल्याउँछ । चिदाभास र बुद्धि एक अर्काका परिपूरक हुन् । चेतन ब्रम्हको सम्बन्धले बुद्धिमा भासमान चेतना, बुद्धिमा परेको आत्माको प्रतिबिम्ब चिदाभास हो । यसको वास्तविक स्वरूप कूटस्थ आत्मा नै हो । पाप–पुण्य अनुसार चिदाभास नै उँच–नीच योनिमा आउने जाने गर्दछ ।

 केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.