पढेलेखेका ज्ञान बिज्ञान बुझेका व्यक्तिहरु नेतृत्वमा आएर देश हाक्नुपर्छ – मन्त्री बिष्ट

पढेलेखेका ज्ञान बिज्ञान बुझेका व्यक्तिहरु नेतृत्वमा आएर देश हाक्नुपर्छ – मन्त्री बिष्ट

कार्तिक १२, २०७४, काठमाडौँ । २१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा नै दिइएको छ । धेरै नाराहरु लिएर बिज्ञान तथा प्रबिधि मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ । निबर्तमान बिज्ञान तथा प्रबिधि मन्त्री दिपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएपछि अहिले राज्यमन्त्री विराज बिष्टले बिज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरिरहनु भएको छ । यस अघि उहाँले संघीय मामिला तथा  स्थानीय विकास  सहायक मन्त्रीको  जिम्मेवारी सम्हालिसक्नु  भएको छ । खसको बारेमा अध्ययन तथा कर्णाली जैविक क्षेत्र घोषणा अभियानमा सक्रिय भूमिका निभाउनु भएका बिष्ट राप्रपा (प्रजातान्त्रिक) मा राम्रो सम्भावना बोकेका बौद्धिक जुझारु युवा नेताको रुपमा परिचित हुनुहुन्छ । राजनीतिक र प्राज्ञिक परिवारमा जन्मेका बिष्टका हजुरबुवा डोर बहादुर बिष्ट प्रसिद्ध समाजशास्त्री तथा मानवशास्त्री हुनुहुन्थ्यो भने बुवा केशर बहादुर बिष्ट पुर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । राज्यमन्त्री बिष्टसँग बिज्ञान तथा प्रविधिको बिकासको लागि भावी योजनाहरु के कस्ता छन् भन्ने बारेमा केन्द्रित रहँदै साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी।

१.  तपाई पार्टीमा युवा बौद्धिक जुझारु नेताको रुपमा परिचित हुनुहुन्छ । केही समयअघि मात्र नेपाल राजपत्रको एप्स संचालनमा आएको छ। विज्ञान तथा प्रविधिको माध्यमबाट देशलाई सम्बृद्ध बनाउन मन्त्रालय कसरी अघि बढिरहेको छ  ?

सर्वप्रथम त यो कुनै बेलामा बिज्ञान प्रबिधि र त्यति बेलाको वातावरणसंगै जोडिएको एउटा मन्त्रालय थियो । यो मन्त्रालय टुट्ने फुट्ने क्रम चलिरहेको छ । समग्रमा यो मन्त्रालयको महत्व बुझेर अगाडी बढेको अवस्था चाहिँ हैन । त्यसकारण अहिले मैले चाहिँ पहिलो खुड्किलो तयार गर्न खोज्दै छु । पहिले नै धेरै कुराहरु तयारी भएर स्थापित भएको थियो । यसलाई कसरी अगाडी लैजाने भन्ने बिषयमा । तर अहिले यो बिगतको २०/२२ बर्षमा बिज्ञान प्रबिधि मन्त्रालय भनेको हेपिएको मन्त्रालय, फ्याकिएका कर्मचारी थुपार्ने ठाउँ भईरहेको छ । बिज्ञान तथा प्रविधिको खोज, अनुसन्धान तथा विकासको लागि ठोस रणनीति बनाएर जानुपर्ने टडकारो आवश्यकता छ । यसले गर्दा मेरो प्रमुख दायित्व बिज्ञान र प्रविधि मन्त्रालयको महत्वको बिषयमा अन्य मन्त्रालयहरुलाई जनमानसलाई कसरी बुझाउने र यसको महत्व मन्त्रालयमा कसरी बुझाउने भन्ने मै म अगाडी बढेको छु । यो एप्सको सन्दर्भमा पनि मन्त्रालयले एउटा एप्स बनाउनु ठुलो कुरा हैन । त्यसकारण म के भन्न चाहन्छु भने यो मन्त्रालय अन्तर्गत बिज्ञान तथा प्रविधिसँग सम्बन्धित बिषयहरुलाई अगाडी बढाउन म प्रयासरत छु ।

Biraj Bista

२.  सांसद र मन्त्री हुँदा के कस्ता अवसरहरु र चुनौतीहरुमा फरक हुँदा रहेछन त ?

यो प्रश्नको उत्तर दिन यसको इतिहासमा जानुपर्छ । हाम्रो जस्तो सानो देशमा बिगतमा ६०१ संसद हुनु नै अबैज्ञानिक थियो । नेपालमा समाबेशी चाहिएको छ । पहिचान पनि चाहिएको छ । यी सबै कुरा हुनुपर्छ । बिशेषगरी हिजो एक जना राजा थिए भने अहिले धेरै राजाहरु भए । संसदहरु धेरै नै भारद्वार जस्ता भूमिका बिहिन भए । संबिधान निर्माणको क्रममा देशभरी जनताको सल्लाह-सुझाब दिने भनेर चाहिँ अरबौ खर्च भयो । त्यो पोका ल्याएर सिंहदरबारमा थन्क्याउने काम मात्र भयो । त्यो सल्लाह सुझावले गर्ने काम भएन । यद्धपी संसदहरुको भूमिका नीति निर्माण गर्नेदेखि लिएर विकास निर्माणका सबै काममा प्रमुख भूमिका उहाँहरुको नै हुन्छ । संसद र मन्त्री हुँदा फरक नै रहेछ । मन्त्री हुदाँ नीति निर्माण गरेर देशलाई दुरगामी हिसाबले फरक पर्ने कुरा गर्न सकिन्छ जुन सांसद गर्न सक्दैन ।

३.  नेपालमा प्राकृतिक प्रकोपले दुःख दिइरहने भएकोले समयमै यसको जानकारी जनताले पाउने खालका प्रविधिको विकास गरी जनधनको क्षति हुनबाट जोगाउनु आवश्यक देखिन्छ । यसतर्फ मन्त्रालय कसरी अघि बढी रहेको छ त ?

जहाँसम्म तपाईको बाढी पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपहरु सन्दर्भको कुरा छ, यसको मैले थाहा भएसम्म पुर्व जानकारी कसैलाई पनि हुदैन । एक ठाउँमा भूकम्प गए पछि त्यसले हल्लाउने हो । मेरो पनि साथीहरु छन्, उहाँहरुको ग्रुपको एउटा कम्पनी छ । उहाँहरुको नयाँ प्रबिधि भुटान, पाकिस्तान, अफगानिस्तानका साथै हिमालय क्षेत्रमा चाहिँ त्यस्तो खालको उपकरणहरु जडान गर्दै हिड्नु भएको रहेछ । तर बिडम्बना के छ भन्दा खेरी नेपाल सरकारले त्यो प्रयोग गरेको छैन । मलाई लाग्छ यस्तो प्रविधिहरु आवश्यक छ ।

४. बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकताका साथ अघी बढाउन राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्ने भन्ने यो बर्षको नीति तथा कार्यक्रममा थियो । यसको लागि बिज्ञान तथा प्रबिधिको तत्कालिन, अल्पकालीन र दिर्घकालीन रणनीतिहरु बनाएर अनुसन्धान र विकासमा तुरुन्तै लाग्नुपर्ने हुन्छ । यस बारेमा मन्त्रालयले काम कसरी अघि बढाई रहेको छ त ?

म आउने बितिकै यसलाई कार्यन्वयन गर्नको लागि एउटा गोष्टिहरु चलिरहेको छ । तर मैले यसलाई किन छिटोछिटो गर्न खोज्दै छु भन्दा सामान्य अर्को बजेटसम्म नेपालले एउटा अनुदान नै तैयार गरोस् । सम्बन्धित विश्वबिधालयलाई दिने अनुसन्धान र बाहिरको मान्छेहरुले पनि आवेदन गर्न पाउने मात्र भनेर पनि भएन, स्रोत साधनहरु कसरी वितरण गर्ने यी सारा कुराहरुको कार्ययोजना बनाउने गरिरहेका छौ । कुनै क्षेत्रमा एउटा ल्याब खडा गर्नुपर्यो भने त्यो पनि अति आवश्यक हो । नेपालको जडीबुटीको हकमा हामीले कुरा गर्ने हो भने हामीले नेपाल जस्तो जडीबुटी र जैविक सम्पन्नता भएको देश अरु कुनै पनि छैन । जडीबुटीको हकमा हामीले कुरा गर्ने हो भने यस्तो सम्पन्न भएको देश अरु कुनै नहोला । अरु देशमा ल्याबमा नै यार्सागुम्बाहरु बनिसकेका छन् । त्यो ल्याबमा नै यार्सागुम्बा बनाउने हो भने आजको दिनमा ठुलो कुरा नि हैन ।

५. २१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको भनिन्छ । तर यो मन्त्रालयले धेरै नाराहरु अघि सारे तापनि नेपालमा बिज्ञान तथा प्रबिधिको विकास नारामा मात्र सिमित छ भन्छन । अब बिज्ञान तथा प्रबिधिको बिकासको योजनालाई कार्यन्वयन गरी ठोस उपलव्धी हासिल गर्न तुरुन्त के गर्नुहुन्छ ?

अब २१ औ शताब्दीको मात्र कुरा भएन । यो त तपाईको मानव विकास, संचार विकास, सहरी विकास, ग्रामीण विकास बिज्ञानमा आधारित नै छन् । जसले विज्ञानलाई प्रयोग गरेको छ । संसार कहाँदेखि कहाँ पुगी सक्यो, त्यसो भएको हुनाले यो त प्रष्ट नै छ नि । यो २१ औ शताब्दीको कुरा मात्र हैन, कुरा के हो भने ज्ञानसँगसँगै बिज्ञानमा बिश्वास भएका व्यक्तिहरु कुर्सीमा बस्नुपर्यो । जसलाई विज्ञानको कुनै आधार नै थाहा छैन । षड्यन्त्र गरेर ढुंगा हानेर आएका मानिसहरु छन् भने उसको बुझाईमा पनि त्यहि हो, गुण्डा, फटाहा मानिसहरुसँग तपाइले समाजबाट के आश गर्नुहुन्छ ? त्यसो भएको हुनाले पढेलेखेका ज्ञान बिज्ञान मानिसहरु नेतृत्वमा आउनुपर्यो । पढेलेखेका व्यक्तिहरु पदमा बस्नुपर्यो कुरा त्यो हो ।

६.  शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् ।  यस्ता प्रतिभाहरुलाई उचित सम्मान र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने मुख्य कर्तव्य मन्त्रालयको हो । तर अझसम्म मन्त्रालयले यस्ता प्रतिभालाई संरक्षण गर्न सकेको छैन ।  यसका लागि सचीवज्यूलाई के निर्देशन दिन चाहनुहुन्छ ?

हैन मैले त यो जारी  भईसक्यो । यै सन्दर्भको कुरा गर्दा खेरी यूटयुव, फेसबुकमा समाचार मार्फतबाट यस्ता बिषयहरु विभिन्न कुराहरु मैले देखेको छु । जहाँसम्म नेपाल सरकारको सन्दर्भको कुरा छ यहाँ हामीले उहाँको ज्ञान र सिर्जनशिलतालाई प्राथमिकता दिएर सम्मान ब्यक्त गर्नुपर्छ । तर नेपालको सन्दर्भमा हामीलाई उपयोग हुने कुरा के त भन्ने कुरामा ध्यान केन्द्रित हुन चाहन्छु । हेलिकप्टर पनि बनाएको छ भन्ने सुनेको छु, मोटरसाइकल पनि पानीले चलेको छ भन्ने सुन्छु म । यस्ता अनगिन्ति कुराहरु छन् । तर नेपालको सन्दर्भमा समग्र नेपाललाई सहयोग हुने बिषयहरु के के छन् त ? जसले नेपलका आविष्कारकहरुले आविष्कार गरेका कुराहरुलाई नेपाल सरकारले कसरी समायोजन गर्ने त ? धेरै आविष्कारकहरु हुनुहुन्छ, ती आविष्कारकहरुलाई प्रोत्साहित गर्न पुरस्कार दिएर तथा खोज, अध्ययन र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । आजको दिनमा नेपाल ट्राफिक प्रहरीले हरेक चिट काट्दा १५% को कमिसन पाउछ भने नेपाली आविष्कारकहरुलाई हामीले पुरस्कृत किन नगर्ने ? त्यो भएर मेरो काम चाहिँ अहिले यो विन्दुहरू चाहिँ अहिले जोड्ने काम गर्दैछु । त्यसो भयो भने यो प्रणाली बसेर आफै काम गर्छ ।

७.  धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । यो बिषयमा तपाईको कसरी अघि बढने योजना छ ?

म दक्षिण कोरियामा पिएडी गर्दा खेरी त्यहाँको राष्ट्रपतिले हामीलाई निमन्त्रणा नै गरेर प्रेसिडेन्टल काउन्सिलमा नै हामीलाई काम दिनु भयो । उहाँले के काम दिनु भयो भने धेरै जटिल काम पनि हैन, हामी पिएडी गरिराखेको नाताले कोरियन उत्पादनका सामग्रीलाई संसारभरी अझै राम्रो र अझै बढी मुल्यमा कसरी बेच्न सकिन्छ भन्ने बारेमा थियो । त्यो प्रेसिडेन्टल काउन्सिलमा ठुलाठुला कम्पनीका प्रमुखदेखि लिएर सेमसुंगको सीयोसम्म सबै थिए । हामीले पछि एउटा रिपोर्ट बनाएर त्यहाँ दिने निर्णय गर्यौ । यस्तो कतिपय परिस्थितिमा गर्ने पनि गरिन्छ । म स्थानीय विकास मन्त्रालयमा हुँदा हामीले तपाईको संघियताको प्रदेशसभा निर्माणदेखि लिएर गाउँपालिकाको निर्माणसम्म नेपाल सरकारले एउटा प्रोफेसरहरुको एउटा आयोग बनाएको नै थियो  । अब मैले अलि फरक कुरा गर्न पर्दा खेरी प्रोफेसर बौद्धिक वर्ग पनि हो । तर पार्टीको प्रेसरले बौद्धिक बर्गले पनि स्वतन्त्र रुपमा काम गर्न नसकेको अवस्था छ । त्यसैले यसरी  देश चलेपछि हुदैन । बौद्धिकहरु पनि स्वतन्त्र हुनु कुरा चाहिँ त्यो हो ।

८. धेरै बिज्ञान जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढिवादी परम्परामा जडकिएको छ । हाम्रो समाजमा रुढिवादी परम्परा भनिएका कुरामा त्यसपछि केहि बैज्ञानिक कारण जोडिएको छ कि भन्ने बारेमा र रुढिवादी कुराको बैज्ञानिक ब्याख्या गर्न खोज तथा अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्नुपर्छ र लेखहरु पत्र-पत्रिकामा पनि आउनु जरुरी छ । यो क्षेत्रको खोज तथा अनुसन्धानको लागि सचीवज्यूसँग केहि छलफल भएको छ त ?

मानिसको अघिपछिको केहि थाहा छ ? विज्ञानले त्यस बिषयमा केहि दिन सकेको छ ? छैन नि त । यो बिज्ञान र प्रबिधि बिचको कुरा मात्रै हो । यो पछि हामी जन्मिनभन्दा अगाडी के थियौ, मरेपछि के हुन्छौ भन्ने कुराको उत्तर केहि पनि छैन । त्यसकारण अन्धविश्वास र अन्धकारमा यस्तो छ कि भनेर विचार गर्न सक्ने व्यक्तिले स्वाभाविक रुपमा गर्छन नि । भगवानको आस्था गर्ला । मैले चाहिँ मेरो जीवनकालमा केहि राम्रो कुरा गरे भने मरेपछि केहि राम्रो होला भन्ने बिश्वास गर्ला । मैले राम्रो कर्म गरे भने फलानो राम्रो काम होला । खाली के भनेर भन्दा खेरी यस्ता कर्मकाण्डी कुराहरुमा बिश्वास गर्ने समाज पनि छ । तर त्यो कुरा जुन विज्ञानले पनि व्याख्या गर्न नसकेको हामी तीन नेत्रको कुरा गर्छौ नि यो मलाई पनि बिश्वास लागेको थिएन तर बनारसमा एउटा स्कुल नै छ । जसमा बच्चाहरुलाई यो तिन नेत्र कसरी खोल्ने भन्ने बिषयमा अध्ययन गराइन्छ । मुख्य कुरा के भन्दा खेरी तपाइले जुन चाही समस्या देख्नु हुन्छ र ब्याख्या गर्नु हुन्छ त्यो बैज्ञानिक छ कि छैन । त्यसकारणले गर्दा यो जन्म र मृत्युको वीचमा हामीले बैज्ञानिक तरिका हो, त्यसकारणले गर्दा खेरी रुढिवादी परम्परा पनि हो । केहि कारण त होला नै ।

हाम्रो मौलिख परम्परामा भएका कुराहरुलाई हामीले बैज्ञानिक आधार तैयार पर्न सकिरहेको अवस्था भने छैन । तर पनि यसमा धेरै कुरा बैज्ञानिक छन् । यसमा मेरो भनाइ के भनेर भन्दा खेरी हाम्रो परम्परागत जतिपनि बैज्ञानिक कुराहरु छन् त्यसलाई छोड्दै गएका छौ के । त्यसलाई पनि बिर्सनु हुन्न । मैले भन्न खोजेको के भने एउटा ज्ञानमा आधारित समाज, राजनीति, सरकारी तरिका भए मात्रै तपाइको विज्ञानको आधार बसेर जान्छ । यहाँ कस्तो भयो भन्दा हल्लामा आधारित समाज हो हाम्रो । तपाईलाई पनि धेरैले भनेका हुन्छन नि कुनै नयाँ तरिका कहाँबाट सिक्नु भयो भन्दा फेसबुकबाट भन्ने । साच्चै भन्ने हो भने संचार क्षेत्रलाई यो आकर्षण गर्न खोजेको हैन । तर आजकल नेपालको हरेक दिनको जनामनिसको धारणा भनेको पत्रपत्रिका, रेडियो र टिभीले बनाउने गर्छ । पत्रपत्रिकामा जे लेख्यो त्यसैमा बिश्वाश गर्ने चलन छ । खोजीमा आधारित पत्रपत्रिका कुन छ त । त्यसैले  धेरै बिज्ञान जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढिवादी परम्परामा जडकिएको छ । हाम्रो समाजमा रुढिवादी परम्परा भनिएका कुरामा त्यसपछि केहि बैज्ञानिक कारण जोडिएको छ कि भन्ने बारेमा र रुढिवादी कुराको बैज्ञानिक ब्याख्या गर्न खोज तथा अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्नुपर्छ र लेखहरु पत्र-पत्रिकामा पनि आउनु जरुरी छ । यो काम मन्त्रालयको सहयोगमा हुनुपर्छ ।

९.  नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि जुन रुपमा हुनेपर्ने थियो त्यो हुन सकेको छैन । बिज्ञान सम्वन्धित जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु प्रभावकारी ढंगमा एफेम, रेडियो र टेलिभिजनहरुमा गर्ने बारेमा तपाईको योजना के छ ?

आजसम्म नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि जुन रुपमा हुनेपर्ने थियो त्यो हुन सकेको छैन । तर मलाई जानकारी भएसम्म एउटा रेडियो चलाउनुहुन्छ भन्ने मैले सुन्छु है । अनि त्यो समाजमा नेतृत्व गर्ने मान्छे जो हुनुहुन्छ उहाँमा पनि भर पर्छ । हाम्रो नेतृत्वले हामीलाई कसरी शन्देश दिइरहेको छ, त्यसमा भर पर्छ । बिदेशी च्यानलमा कार्टुन च्यानलहरुमा बच्चाहरुलाई केन्द्रित गरेर अनिबार्य रुपमा बिज्ञान, आविष्कारको बिषयहरुमा देखाउने गरेको छ । त्यसैले बिज्ञान सम्वन्धित जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु प्रभावकारी ढंगमा एफेम, रेडियो र टेलिभिजनहरुमा हुनु नितान्त आवश्यक छ ।

११.  अहिलेका तपाई राज्यमन्त्री भएपछि विज्ञान तथा प्रबिधिको क्षेत्रमा अध्ययन-अनुसन्धान गर्नेहरु धरै आशावादी भएका छन् । नेपालपत्र मार्फत के सन्देश दिन चाहनुहुन्छ उनीहरुलाई ?

नम्बर १ कुरा के भने एकदम छोटो समय छ । लगभग यहाँ आएको ४५ दिन हुन लागेको छ । तर मैले अघि नै भनि सके एउटा बसाई दिने काम मेरो हो त्यस पछि प्रणाली बसेर यसले आफै काम गर्न थाल्छ  । नेपालमा देशभरिका बैज्ञानिकहरु, आविष्कारकहरु हुनुहुन्छ, उहाँहरुलाई प्रोत्साहित गर्न पुरस्कार दिएर तथा खोज, अध्ययन र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । एउटा प्रोत्साहनमा आधारित प्रणाली विकास गर्न सकेमा बैज्ञानिकहरु बाहिर जान पर्दैन । कुनै पनि आविष्कारले तपाइको रोजगारी दिन सक्ने खालको वातावरण हामीले दिन  सकियो भने त्यस्ता बैज्ञानिकहरु यहाँ काम गराउन सकियो भने समाजलाई रोजगारी दिन्छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.