म प्रेम स्वरूप आत्मा हुँ

म प्रेम स्वरूप आत्मा हुँ

म प्रेम शान्ति र
आनन्दको महासागर हुँ
मलाई भित्र भित्र
महसुस गर
किनकि ,
म प्रेम स्वरुप आत्मा हुँ
डुब्दै जाउ म भित्र
तिम्रो मन
ध्यानस्थ बन्दै गएको छ
म एकदमै सूक्ष्म जीवात्माले
बनेको छु
मलाई तिम्रो हृदयबाट निहाल
म तिमीहरु जस्तो
काम क्रोध लोभ मोह र अहंकारबाट
बनेको छैन
म भित्र अथाह प्रेम छ
मेरो आत्माभित्र
मेरो स्वरुप नै
प्रेम र शान्ति हो
यहीँ नै मेरो अस्तित्व हो
किनकि ,
म प्रेम स्वरुप आत्मा हुँ
त्यसैले मलाई अनुभव गर
हास नाच गाउ रमाउ भित्रभित्र
प्रकृतिको अनुपम आवाजहरुसीत
तिमीले जे अनुभव गरिरहेको छौ अहिले
त्यही प्रेमले बनेको छु
यही नै मेरो स्वरुप हो

अमित संग्रौला, बिर्तामोड , झापा

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.