म मरेको दिन

म मरेको दिन

आज म मरेको दिन
मेरो शरीर लास भएर
सुताएको छ
आँगनभरि नै
मान्छे नै मान्छे छरिएका छन्
मेरो आँखा बन्द छ
श्वासप्रश्वास चलेकै छैन
जब श्वास शरीरबाट बाहिर निस्किन्छ
त्यो लास बन्छ
मलाई थाहा छ
म मरेको छु
तर, भित्र भने जिउँदै छु
शरीर मर्छ आत्मा मर्दैन
मान्छेहरु मेरै वरिपरि बसेर
मलाई हेरिरहेका छन्
समवेदना प्रकट गर्दै
आउछन् आफुन्त र इस्ट्रमित्र
तथा मेरा शुभचिन्तकहरु
आज म मरेको दिन
आमा अघि नै बिहोस भएर ढलिन्
बहिनी मेरो छेउमा बसेर
आँसु बगाइरहेकी छिन्
भाइ उसका आँखामा
दाजुको माया देखिन्थ्यो प्रष्टसँग
जन्म सामान्य भएता पनि
मृत्यु चै इतिहास बनोस्
भनेर म महसुस गरेको थिए
कुनैबेला
जन्म र मृत्यु त संसारको रित हो
त्यो सबैलाई स्विकार्य छन
त्यतिखेर नै
म सुतेकै बेलामा
सुर्यको उज्यालो मेरो अनुहारमा पर्यो
सपना होकि विपना हो
छुट्याउन नै सकिन
म झ्याल्सँ बिउझिएछु
आँखा एक्कासि उग्रेयो
लामो स्वास फेरे
फगत त्यो सपना पो रहेछ
त्यहीबेला उठे र सोचे मनमनै
आज त म मरेको दिन हो ।।

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.