विज्ञान जगतमा चन्द्रशेखर वेंकटरामनको योगदान के के रहेको छ ?

विज्ञान जगतमा चन्द्रशेखर वेंकटरामनको योगदान के के रहेको छ ?

विज्ञान जगतमा चन्द्रशेखर वेंकटरामनको योगदान तल प्रस्तुत गरिएको छ ।
१. रामन प्रभाव (Raman Effect)
रामनको अन्वेषणलाई पछि रामन प्रभाव (Raman Effect) भनी नामाकरण गरियो । रामनले रामन प्रभावको अन्वेषण सन् १९२८ को फ्रेबु्रअरी २८ तारिखको दिन गरेका थिए । त्यसैले भारतमा २८ फेब्रअरीको दिनलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउँदै आइरहेको छ । रामन प्रभाव अनुसार पानी वा अन्य कुनै तरल पदार्थमा यदि कुनै एक रङ्गको प्रकाश परावर्तित भई फर्केको देखिन्छ । तर गहिरिएर हेर्ने हो भने त्यो फर्केको प्रकाश केवल आफ्नो पहिलेको मूल रङ्गमा मात्र फर्केको हुदैन् । फर्कदा त्यो प्रकाशले आफ्नो साथमा केही नयाँ रङ्गहरूको समूहलाई पनि साथै लिएर आएको हुन्छ । वास्तवमा नयाँ रङ्गहरूको त्यस प्रकाशको समूह त्यस तरल वस्तुको कुनै आन्तरिक विशेषताको कारणले निस्केको हुन्छ । खास रङ्गको प्रकाश कुनै खास तरल भित्र पढाई बाहिर निकालिन्छ भने बाहिर निस्कने प्रकाशको रङ्ग एक खास समूहको हुन आउँछ । रामनको उक्त खोज नै रामन प्रभाव हो ।

रामन प्रभावको अध्ययनबाट अहिले कुनै पनि वस्तुको भित्री संरचनालाई सजिलै बुझ्न सक्ने भएको छ । रङ्गीन फोटोग्राफ, प्लाष्टिक र कृत्रिम रवरको उत्पादन रामन प्रभावको खोजेको कारणबाट नै सम्भव भएको हो रामन प्रभावको मद्धतले Ultraviolet Spectrum को समेत अध्ययनन सहज तुल्यायो । यस प्रभावले जैविक र अजैविक विशेष गरी जैविक र रसायनशास्त्रमा ठूलो परिवर्तन ल्यायो । जैविक र अजैविक दुवै यौगिकहरू रासायनिक बन्धन भनेको दुवैवटा परमाणुहरूलाई सानो कम्पित डोरीले समाति रहेको हुन्छ । कम्पन वर्णपटले मात्र यस बन्धनलाई बुझाउन सकिन्छ जुनमा Infra Red Domain रहेको हुन्छ । रामन प्रभावले IR Spectroscopy ले समाधान गर्न नसकेको Bonding Structure लाई समाधान गर्यो । Raman Scattering ले अप्टिकल फाइवरमा समेत निकै नै ठूलो योगदान पुयाउँदै आएको छ । Fibre Raman Laser र Fibre Raman Amplifier को माध्यमबाट जुन एक दशक अगाडि लामो दूरीको टेलिफोनलाई सस्तो र सहज तुल्याएको छ र संचार जगतमा मेरूदण्ड सावित भएको छ ।

२. रामनले हाम्रो आँखा भित्रको रेटिनालाई हेर्ने नयाँ पद्धतिको पनि आविष्कार गरेका थिए । यस आविष्कार अनुसार प्रत्येक व्यक्तिले आफ्नो आँखाभित्रको अंग कस्तो छ र त्यसले कसरी काम गर्छ भनेर हेर्न सक्दछ । हामीले रङ्ग कसरी देख्छौ ? कसरी फूलहरूले रङ्ग प्राप्त गर्छन् ? यस विषयमा रामनले गहिरो अध्ययन गरेका थिए । यस सम्बन्धमा द फिजियोलोजी अफ भिजन (The Physiology of Vision) नामक एक पुस्तक लेखेका थिए ।

३. सन् १९२३ मा रामन र रामनाथनले संयुक्त रूमा तरल पदार्थहरूमा एक्सरेको छरिने प्रक्रिया बारेमा अनुसन्धान गरे । यस समयमा वैज्ञानिक कम्पटनले एक्सरेमा सर्ने तरङ्ग लम्बाई इलेक्ट्रोन छरिनाले गर्दा हो भन्ने तथ्य पत्ता लगाए । रामनले कम्पटनको कार्यलाई उचाइमा पुयाए यसै समयमा रमन र रामनाथनले संयुक्त रूपमा जैविक तरलहरूमा एक्सरेको चमकपना पत्ता लगाए ।

४. रामनले सागरको पानी नीलो हुनुको कारण सूर्यको प्रकाशको छरिने प्रभाव हो (Scattering Effect) भनी प्रभावित गरे ।

५. ध्वनिशास्त्र सम्वन्धी सिद्धान्त

रामनले भ्वायलिन, वीणा, तानपुरा, आदिको गहिरो अध्ययन गरी सँगीत साधनहरूबारे एक महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरेका थिए । उनको त्यस सिद्धान्तलाई एक उत्कृष्ट सिद्धान्तको रूपमा लिइन्छ । जर्मन विश्वकोशमा त्यस विषयका उनका सिद्धान्तहरू प्रकाशित भएका थिए ।

६. उनले ४७५ वटा अनुसन्धान पत्र र ८५ वटा मोनोग्राफ पनि लेखेका छन् ।

 

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.