विधि विज्ञानमा बिषालु पदार्थको पहिचान कसरी गरिन्छ ?

विधि विज्ञानमा बिषालु पदार्थको पहिचान कसरी गरिन्छ ?

कुनै पनि मृतक ब्यक्तिको मृत्यु विष सेवनवाट भएको हो कि होइन भनी गर्नुपर्ने अपराध अनुसन्धान तब मात्र सफल हुन्छ जब मृतकको भिषेरामा विषालु पदार्थ परिक्षण गरिन्छ । तसर्थ समाजमा घटीरहने विषको प्रयोग गरी गरिने हत्या, आत्महत्या आदि जस्ता अपराधिक घटनाको अपराध अनुसन्धान एवं न्यायसम्पादनमा भिषेरामा विषालु पदार्थको परिक्षणको भुमिका निकै महत्वपूर्ण हुन्छ । अपराध अनुसन्धानको सिलसिलामा गरिने प्रारम्भिक लक्षणहरुको अवलोकनबाट पनि मृतकले विष सेवन गरेको आशंका गर्न सकिन्छ । विष सेवन गरिएपछि धेरैजसो देखापर्ने लक्षणहरुमा वान्ता गर्ने, छटपटाईरहने, बेहोस हुने, आंखाको नानी सानो वा ठुलो हुने, छाला फोस्रो हुने, नंग कालो हुने आदि छन् ।

विषालु पदार्थ सेवन गरेको शंकाको निवारण गर्न थप सहयोग पोष्टमार्टम रिपोर्टले पनि गर्छ । शरीरको भित्री अंगहरुमा देखापर्ने लक्षणहरुको अवलोकनवाट मृतकले विष सेवन गरेको आशंका पोष्टमार्टमबाट गर्न सकिन्छ तर खाएकै हो भनी किटान गरेर भन्न सकिंदैन किनकी धेरैजसो विषालु पदार्थहरुले एउटै किसिमका लक्षणहरु देखाउदछन र यो विष नै खाएकै हो भनेर किटान गर्न नसकिने हुन्छ । सो कुराको निश्चित भिषेरालाई रासायनिक परिक्षण गरेपछि मात्र हुन्छ ।

कुनै पनि ब्यक्तिले विष सेवन गरेमा पहिले उसले वान्ता गर्दछ । वान्तामा खाएको विषको मात्राको धेरैजसो भाग मिसिएर आउंदछ । भित्र गएको विषको सबभन्दा पहिला पाकस्थलीमा जम्मा हुन्छ, त्यहांबाट कलेजो,    मृगौला र आन्द्रामा पुग्छ र अन्त्यमा पिशाव र दिशासंग मिसिएर बाहिर फाल्ने प्रयास गर्ने कार्य हुन्छ । यसरी खाएको विष भित्री अंग भिषेराहरुमा केहि न केहि मात्रामा बांकी भई राखेको हुन्छ र त्यो बांकी विषको पहिचान भिषेराको रासायनिक परीक्षणबाट गर्न सकिने भएकोले मृतकले विष सेवन गरे न गरेको भिषेरा परीक्षणाबाट पत्ता लगाईन्छ ।

विषालु पदार्थको पहिचान

कुनै व्यक्तिको मृत्यु विषालु पदार्थको प्रयोगले गर्दा भएको हो वा होइन पत्ता लगाउन मृत व्यक्तिको लाश जाँचबाट प्राप्त भएका नमुनाहरुमा निम्न विषालु पदार्थहरुको पहिचान गरिन्छ ।

  • किटनाशक, मुसा मार्ने आदि विषादिहरु ।
  • विषालुझारपातहरुजस्तैकरबीर, धतुरो,विख्मा, आंक,अंगेरी आदि ।
  • औषधीहरु जस्तै निन्द्रा लगाउने, दुखाई कम गर्ने आदि ।
  • लागु पदार्थहरु जस्तै हेरोइन, गाजा, चरेस, कोकेन आदि ।
  • भोलाटाइल विषहरु जस्तै: साइनाइट, अल्कोहल, क्लोरलहाइड्रेट आदि ।
  • विषालु ग्यासहरु जस्तै: कार्वनमोनो अक्साई आदि ।
  • धातुजन्य विषहरु जस्तै : आरसनिक, पारो, तामा आदि ।
  • अन्य विषालु पदार्थहरु ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.