यस्तो छ आइतबार व्रतकथा

यस्तो छ आइतबार व्रतकथा

आइतबार व्रतकथा यस्तो छ :

एउटी बुढी आमै थिइन् । तिनको नियम थियो प्रति आइतवारका दिन बिहानै स्नान आदि गरी गोबरले घर लिपेर पुनः भोजन तैयार गरी भगवानलाई अर्पण गरी आँफू भोजन गर्दथिन् । यसरी नियमित व्रत गर्नाले उनको घर अनेक किसिमका धनधान्यले भरिपूर्ण थियो । श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । सबै प्रकारले घरमा आनन्दैआनन्द थियो । यसरी केही दिन बितेपछि उनकी एउटी छिमेकी स्त्री, जसको गोठबाट ती आमै गाईको गोबर ल्याउने गर्थिन्, विचार गर्न थालिन् – यी वृद्घा सधैं मेरो गाईको गोबर लग्छिन्, त्यसैले म मेरो आफ्नो गाई लाई घरभित्र बाँध्न थाल्छु । उक्त गाईलाई गोठभित्र बाँधेर थुनेपछि आमैले गोबर लान पाइनन् र एउटा आइतवारका दिन घर लिप्न पाइनन् । त्यसकारणले उनले न त भोजन बनाइन् न भगवानलाई भोग अर्पण गर्न नै पाइन् अनि आँफूले पनि खान पाइनन् । यसरी उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।

रातको समयमा सपनाले भगवानले उसलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । वृद्घाले गोबर प्राप्त नभएका कारण कुनै पनि कर्म सम्पादन हुन नसकेको विवरण बिन्ती बिसाइन् अनि भगवानले आज्ञा गर्नुभयो – हे माता! म तपाईंलाई एउटा यस्तो गाई प्रदान गर्नेछु जसले तपाईंका समस्त इच्छाहरू पूर्ण हुनेछन । किनकि तपाईं सधैं आइतबरका दिन गाईको गोबरले लिपेर घरलाई शुद्ध बनाई भोजन तैयार गरी मलाई अर्पण गरी स्वयं भोजन गर्नुहुन्छ । यस व्रतको प्रभावले खुसी भई तपाईंलाई वरदान प्रदान गर्दछु । निर्धनलाई धन र बांझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु तथा अन्त्य समयमा मोक्ष प्रदान गर्दछु ।

स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो र वृद्घाका आँखा खुल्दा उनले आँगनमा एउटा अति सुन्दर गाई र बाछो बाँधिएको देखिन । त्यो गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँस हालिन । जब उनकी छिमेकी वृद्धाले घरबाहिर एउटा अति सुन्दर गाई र बाछोलाई देखिन अनि उनलाई डाहा त भयो नै अझ त्यस गाईले सुनको गोबर गोब्र्याएको दृश्य देख्दा त उनको मनमा खपिनसक्नु भयो उनले तुरुन्त त्यस गाईको गोबर आफ्नो गाईको गोबर संग साटिन । ती छि मेकी संधै त्यसै गर्थिन, उता सोझी आमैलाई यस्तो चलाखीको अत्तोपत्तो थिएन । यस घटनापछि सर्वव्यापी ईश्वरले बिचार गर्नुभयो कि चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा वृद्धा ठगीएकीछन अनि ईश्वरले संध्याको समयमा आफ्नो मायाद्वारा अति ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीको भयले आफ्ना वस्तु भित्र लगेर बाँधिन । प्रातःकालमा वृद्धाले गाईले सुनको गोबर गोब्र्याएको देखिन, उनको आश्चर्यको सीमा रहेन र त्यसपछि मात्र ती आमैले प्रतिदिन गाईलाई घरभित्र नै बाँध्न थालिन । उता छिमेकी वृद्धा सुनको गोबर प्राप्त गर्न नसकेर ईर्ष्या र डाहले पिरोलिना थालिन अनि केही उपाय नदेखेर तिनले त्यस देशको राजाका सभामा गएर पोल लगाइन् – महाराज !

मेरो छिमेकमा एउटी वृद्घासंग यस्तो गाई छ जुन हजुरहरू जस्ता राजाहरूसंग मात्र हुनुपर्ने हो, किनभने सरकार ! त्यस गाईले नित्य एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्दछ । हजुरले नै त्यो गाई प्राप्त गर्नु पर्दछ र त्यसबाट प्राप्त सुनद्वारा प्रजाको पालन गर्नु पर्दछ, आखिरी त्यस वृद्घाले त्यत्तिका सुनले के गर्छे र ? राजाले यस्ता कुरा सुनेर आफ्ना दूतलाई वृद्घाका घरबाट गाई लिई आउन आज्ञा दिए । वृद्घा प्रातःकालमा ईश्वरलाई अर्पण गरेको भोजन ग्रहण गर्न लागेकी थिईन् त्यत्तिकैमा राजाका कर्मचारीले गाई खोलेर लगे । आमैले अनेक तरहले विलाप गरिन् रोइन कराइन् तर कर्मचारी-समक्ष उनको जोड चलेन । त्यस दिन वृद्घाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन र रातभरि रोई-रोई ईश्वरसंग गाई पुनः प्राप्त होस भन्ने कामनाले प्रार्थना गरिरहिन । उता राजा गाई देखेर असाध्यै प्रसन्न भए, तर बिहान उनी उठ्दा, सारा महल गोबरैगोबरले भरिएको देखियो । राजा यस्तो दृश्य देखेर अत्तालिए ।

दिनभर राजा चिन्तित रहे, तर भगवानले अर्को रात सपनामा राजालाई भन्नुभयो – हे राजा ! गाई जहांबाट ल्याएको हो त्यहीं फर्काउनुमा तिम्रो कल्याण हुनेछ । मिले वृद्धाको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर मैले उनलाई गाई प्रदान गरेको थिए । उज्यालो हुना साथ राजाले वृद्घालाई बोलाएर प्रशस्त धनका साथै सम्मान सहित गाईबाछा फिर्ता गरे । अनि छिमेकी कुटिल स्त्रीलाई बोलाएर उचित दण्ड दिए । यी कृत्य समापन हुनासाथ राजाको महलबाट फोहोर स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे – समग्र राज्यको तथा आआफ्नो समस्त मनोकामनापूर्तिका निम्ति आइतबार (रविवार)का दिन व्रत लिनु पर्छ, राजाको आदेशपछि व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो । सारा जनता सुखपूर्वक भगवानको भजन-कीर्तनमा समय बिताउन थाले ।

यो पनि पढ्नुहोस्

यस्तो छ शनिबार व्रतकथा

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Comments

Only registered users can comment.