यस्तो छ बिहीबार व्रतकथा

यस्तो छ बिहीबार व्रतकथा

यस्तो छ बिहीबार व्रतकथा !  धेरै-धेरै पाहिलेको कुरो हो – एकजना असाध्यै प्रतापी र दानी राजा थियो । ऊ प्रत्येक बिहीवारका दिन व्रत लिन्थ्यो र पुण्यकर्म गर्दथ्यो । यस्तो क्रियाकलाप उसकी रानीलाई मन पर्दैनथ्यो । उसकी रानी न त व्रत नै लिने गर्दथी, न त कसैलाई एक पैसा दान नै गर्दथी । उसका इच्छाले राजाले पनि यी क्रियाकलाप नगरे हुन्थ्यो भन्ने ठान्दथी । एक पटकको कुरा हो राजा शिकार खेल्न वनतर्फ़ गए । घरमा रानी र दासीहरू थिए । त्यस समयमा गुरु वृहस्पति साधुको रूप धारण गरेर राजको ढोकामा देखा पर्नुभयो । साधुले रानीसित भिक्षा मांग्दा ऊ भन्न थाली – हे साधु महाराज । म यस दान र पुण्य भन्ने शब्दसितै घृणा गर्दछु । हजुरले कुनै यस्तो उपाय बताउनु हवस्, जसबाट यी सम्पूर्ण धनसम्पत्ति नाश हवोस्, म यो वैभव समाप्त भएपछि मात्र आनन्दले बस्न पाउछु ।

साधुरुपी वृहस्पति देवताले भन्नुभयो, हे देवी । तिमी साह्रै विचित्रकी स्त्री रहिछ्यौ । संतान र धनसित तृप्त हुने मान्छे मैले देखेको थिइन, यदि तिमिसंग प्रशस्त धन छ भने त्यस धनलाई शुभ कार्यमा खर्च गर, जसबाट तिम्रा इहलोक र परलोक दुबै सुध्रनेछन । तर साधुका यी उपदेश सुनेर रानी खुसी भइन । उसले भनी, मलाई यस्तो धनको खांचो छैन, जुन धन मैले दानादिमा खर्च गर्नुपरोस तथा जुन धन स्याहार्दा स्याहादै मेरो यावत समय नष्ट हुन्छ । साधुले फेरि भन्नुभयो, लौ त तिम्रो अब यस्तै इच्छा छ भने म जसोजसो भन्छु, त्यसै गरन त ! बिहीबारका दिन तिमिइले आफ्नो घर गोबरले लिप्नु, आफ्नो कपाल पहेलो माटोले धुनू, कपाल धुने समयमा स्नान समेत गर्नु, राजासित कपाल खौरिणा भन्नु, भोजन गर्दा मासुमदिरायुक्त भोजन गर्नु, आफ्ना लुगाफाटा धोबीलाई धुन दिनु । यसरी सातवता बिहीबार गर्यौ भने तिम्रा सम्पूर्ण धनधान्य र वैभव नष्ट हुन जानेछ ।

यति भनेर साधुका भेषमा आउनु भएका गुरु वृहस्पति अंतर्धान हुनुभयो । साधुले बताएबमोजिमका कृत्य गरेको अहिले तीन हप्तामात्र भेको थियो, त्यस राज्यकोषको समस्त धन-संपत्ति नष्ट हुनपुग्यो । भोजन गर्नका निम्ति पनि परिवारले लालायित हुनु पर्ने स्थिति आयो । एक दिन राजाले रानीलाई भन्यो, हे रानी । तिमी यहीं बस, म अर्को देश जान्छु, यस देशमा मलाई सबैले चिनेका छन त्यसैले यहां सानातिना काम गर्न लाज हुन्छ । यति भनेर राजा परदेश गयो । त्यहां ऊ जंगलबाट दाउरा बटुलेर शहरमा ल्याई बेच्दथ्यो । यसरी नै बिचरा राजा आफ्नो जीविका चलाउन थाल्यो । यता, राजाबिना रानी र दासीहरू दुखी त छदैथिए, एकपटक तिनीहरूले सात दिनसम्म भोकै बस्नु पर्यो । रानीले भोक खप्न नसकेर दासीलाई नजिकैको सहरमा बसोबास गर्ने आफ्नी धनवान् बहिनीका घरमा गएर केही अन्नपात मागेर ल्याउन अह्राई ।

दासी रानीकी बहिनीका घर्मा पुगी । त्यस दिन बिहीबार थियो । रानीकी बहिनी त्यस समय बिहीबारको व्रतकथा सुन्दै थिई । दासीले रानीकी बहिनीलाई आफ्नी रानीको संदेश दिई, तर रानीकी बहिनीले कुनै उत्तर दिइन । यसरी रानीकी बहिनीले कुनै उत्तर नदिंदा दासी अतीव दुखी भई । उसलाई रिस पनि उठ्यो । दासीले आफ्नो घरमा फिर्ता आएर रानीलाई यावत वृत्तान्त सुनाई । सुनेर, रानीले आफ्नै भाग्यलाई सरापी । उता, रानीकी बहिनीले संझी मेरी दिदीकी दासी आएकी थिई, तर म उससित ओल्न पनि भ्याइन, यसबाट ऊ दुखी भई होली । कथा सुनिसकेर र पूजनादि समाप्त गरी ऊ स्वयम् दिदीका घर गई र दिदीलाई भनी, म बिहीबारको व्रतकथा सुन्दैथिएं ।

हजुरकी दासी आएकी थिई, कथावाचन हुन्जेलसम्म उठन, हिड्डुल गर्न र बोल्न समेत मनाही छ, त्यसैले म ऊसित बोल्न पाइन । दासी किन गएकी हो भनी म जानकारी लिन आएकी ! बहिनीका यस्ता कुरा सुनेर दिदीले भनी, बहिनी मेरा घरमा एक गेडो पनि अन्न थिएन, रानीले आफ्ना कुरा टुङ्ग्याउन पनि सकिन उसका आंखा आंसुले भरिए । उसले दासीहरूसमेत भोकै बस्नु परेको स्थिति पनि येनकेन बहिनीलाई बताई । रानीकी बहिनीले दिदिइक कुरा सुनेर भनी, सुन्नोस् दिदीहजुर ! गुरु वृहस्पतिले सबैका मनोकामना पूर्ण गर्नुहुन्छ । हुनसक्छ, हजुरका घरमा कति अन्न छ ।

यो सुनेर दासी घरभित्र जांदा त्यहाँ उसले एउटा अन्नले भरिएको घड़ा भेट्टाई । दासीलाई बडो आश्चर्य भयो किनकी उसले यस अघि नै एउटा एउटा भांडाकुंडा चहारेकी थिई । उसले बाहिर आई रानीलाई भनी, हे रानी आखिर हामीले भोजन नभेट्दा व्रत बसे सरह नै त हुन्छ, किन यिनैसित व्रत र कथाको विधि सोधेर बिहीबारको व्रत लिन थालौं । दासीले बताएपछि रानीले आफ्नी बहिनीसित बिहीबारको व्रतका विषयमा सोधी । उसकी बहिनीले बताईया, बिहीबारको व्रत बस्दा चनाको दाल र गुडले विष्णु भगवानको स्मरण गर्दै केराको बोटको जरामा पूजा गरेर धूपबाती गर्नुपर्छ । पहेंला खाद्यपदार्थ उपभोग गर्नुपर्छ र कथा श्रवण गर्नुपर्छ । यसो गर्नाले गुरु बृहस्पति प्रसन्न हुनुहुन्छ, सम्पूर्ण मनोकामना पूर्ण हुन्छन । व्रत र पूजनविधि बताएर रानीकी बहिनी आफ्नो घर फर्किई ।रानी र दासी दुबैले निश्चयतापूर्वक सात दिनपछि बिहीबारको व्रत लिने प्रण गरे ।

घोडाको तबेलामा गई चना र गुड़ खोजमेल गरी ल्याए र ती सरजामले केराको बोटको जरामा विष्णु भगवानको स्मरण गर्दै पूजन गरे । अब खानका निम्ति पहेंलो खाद्यपदार्थ कहांबाट पाउनू, दुबै असाध्यै दुखी भए । तर उनीहरूले श्रद्धाभक्तिपूर्वक व्रत गरेका थिए, त्यसैले वृहस्पतिदेव प्रसन्न हुनुहुन्थ्यो । एकजना साधारण व्यक्तिका रुपमा उहां दुईवटा थालमा स्वादिलो पहेंलो परिकार लिएर आउनुभयो र दासीलाई प्रदान गर्दै भन्नुभयो, हे दासी ! यो भोजन तिम्रा निम्ति र तिम्री रानीका निमित्त हो, यसलाई तिमीहरू दुबैले ग्रहण गर्नू । दासी भोजन प्राप्त गर्नाले अतीव प्रसन्न भई । उसले रानीलाई सम्पूर्ण वृत्तान्त बताई । त्यसपछिदेखि तिनले प्रत्येक बिहीबारका दिन गुरु भगवानको व्रत र पूजा गर्न थाले । वृहस्पति भगवानको कृपाले तिनीहरूसित धनागम भयो ।

तर रानी पुनः पहिले जसरी नै आलस्य गर्नथाली । अनि दासीले रानीलाई सम्झाई र भनी, हेर्नोस् महारानी ! हजुरले पहिले पनि यसरी नै आलस्य गर्नुहुन्थ्यो, हजुरलाई धन संग्रह गर्न र स्याहार्न कष्ट हुन्थ्यो, त्यसैले सबै धन नष्ट भयो । अब गुरुदेव बृहस्पति भगवानको कृपाले धन प्राप्त भएको छ, त्यसैले पुनः आलस्य गर्नुहुन्न । ठूलाठूला कष्ट र पीडापछि मात्र हामीले यो धन प्राप्त गरेका हौं, त्यसैले दान-पुण्य गर्नु उपयुक्त हुनेछ । अब हजुरले भोका मनुष्यहरूलाई भोजन गराउनुहोस, पंधेरो बनाउनुहोस, ब्राहमणहरूलाई दान दिनुहोस, इनार, पोखरी, आहाल आदिको निर्माण गराउनुहोस, मन्दिर-पाठशाला आदि बनाएर ज्ञानप्रदान गर्नुहोस, कुमारी कन्याको विवाह गरिदिनुहोस अर्थात् धनलाई शुभ कार्यमा लगानी गर्नुहोस, जसबाट हजुरको कुलको यश वृद्धि हुन्छ र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ, अनि पितृ पनि प्रसन्न हुन पुग्छन ।

दासीका सल्लाह मानेर रानी शुभ कर्म गर्नथाली । उसका सुयश फैलियो । एक दिन रानी र दासीका बिचमा राजाको अवस्था र खोजखबरको चर्चा भयो, अनि दुबैले श्रद्घापूर्वक गुरु (वृहस्पति) भगवानसित प्रार्थना गरे – राजा जहाँजस्तो अवस्थामा भएपनि तुरुन्त फिर्ता आएहुन्थ्यो । उता, राजा परदेशमा असाध्यै दुखी अवस्थामा थियो । ऊ नित्यप्रति जंगलबाट दाउरा खोजेर ल्यौंउथ्यो र त्यसलाई सहरमा बेचेर आफ्नो दुखी जीवनलाई बडो कठिनतापूर्वक धकेल्दै थियो । एक दिन दुखी भई, आफ्ना अतीतका वैभव र ऐश्वर्यलाई संझना गर्दै ऊ रुनथाल्यो र उदास भयो । त्यसै समयमा राजा भएको स्थानमा वृहस्पतिदेव साधुका भेषमा प्रकट भई उसलाई सम्बोधन गर्दै भन्न थाल्नुभयो, ए दाउरे ! तिमी यस सुनसान जंगलमा के चिंताले बसेका छौ, मलाई त्यसको कारण बताऊ । यी वचन सुन्नासाथ राजाका नेत्र आंसुले भरिए । साधुको वंदना गरी राजाले आफ्ना संपूर्ण कथाव्यथा सुनायो, महात्मा त दयालु हुने गर्दछन ।

गुरु बृहस्पतिले राजालाई भन्नुभयो, हे राजा ! तिम्री पत्नीले वृहस्पतिदेवका प्रति अपराध गरेकी थिईन, परिणामतः तिम्रो यो दशा भएको हो । अब तिमी चिन्ता नगर भगवानले तिमीलाई पाहिलेभन्दा पनि धेरै धन प्रदान गर्नुहुनेछ । सुन, तिम्री पत्नीले बिहीबारको व्रत प्रारम्भ गरिसकेकी छन । अब तिमीले पनि बिहीबारको व्रत लिएर चनाको दाल र गुड़ पनिइको अमखोरामा हालेर केराको बोटमा फेदमा पूजा गर । त्यसपछि कथा भन वा सुन । भगवानले तिम्रा सबै मनकामनाको पूर्णता प्रदान गर्नुहुनेछ । साधुका कुरा सुनेर राजाले सोध्यो, हे प्रभो ! दाउरा बेचेर त खान पनि मुस्किलले मात्र पुग्छ, मैले व्रत पूरा गर्ने सामग्री के पैसाले किन्नु र ? उता रात्रिकालमा सपनामा रानीलाई व्याकुल अवस्थामा देख्छु । मसित उनको समाचार थाहा पाउने कुनै साधन पनि छैन । पुनः मैले कुन कथा भन्ने होला, यो पनि त थाह छैन । राजाका जिज्ञासा शान्त पार्दै साधुले भन्नुभयो, हे राजन ! मनमा वृहस्पति भगवानको पूजन-व्रतको निधो गर । प्रभुले स्वयं तिम्रा निम्ति कुनै उपाय सुझाउनु हुनेछ । बिहीबारका दिन तिमीले संधै जसरी नै दाउरा लिएर सहर जानु, तिमीले संधैभन्दा दुईगुना बढी धन प्राप्त गर्नेछौ जसबाट तिमीले आफ्ना आवश्यकता पूरा गरी पूजासामाग्री पनि किन्न सक्नेछौ ।

तिमीले सुन्नुपर्ने वा भन्नुपर्ने बिहीबारको व्रतकथा यस प्रकार छ – प्राचीनकालमा एउटा अति नै निर्धन ब्राहमण थियो । उसका सन्तान थिएनन । ऊ नित्यप्रति पूजा-पाठ गर्दथ्यो, तर उसकी स्त्री न स्नान गर्थी, न कुनै देवताको पूजाआजा नै गर्थी । यस कारणले ती ब्राहमण देवता असाध्यै दुखी रहन्थे । भगवानका कृपाले ब्राहमण ब्राह्मणीका कोखमा एउटी कन्या उत्पन्न भईन । कन्या शुक्ल पक्षको चान्द्रम जसरी नै हुर्किनथालिन । प्रातःस्नानपछि ती कन्या भगवान विष्णुको द्वादशाक्षर मन्त्रको जप गर्थिन । केही दिनपछि बिहीबारका दिनको व्रत पनि लिन थालिन । पूजा पाठ समाप्त गरेर पाठशाला जान्थिन र आफ्ना मुट्ठीमा जौ बोकेर लान्थिन अनि बाटोमा छर्दै जान्थिन । फर्कदा ती जौका दाना सुनका बनेका हुन्थे र त्यसलाई टिपेर घर ल्याउथिन ।

एक दिन ती बालिका नाङ्लोमा ती सुनका जौका दाना केलाउंदैथिन आमाले त्यो दृश्य देखिन र छोरीलाई भनिन ए छोरी, सुनका दाना केलाउन त सुनकै नाङ्लो चाहिन्छ त ? भोलीपल्ट बिहीबार थियो, कन्याले व्रत लिइन र वृहस्पतिदेवसित सुनको नाङ्लो प्रदान गर्न प्रार्थना गरिन् । वृहस्पतिदेवले ती बच्चीको प्रार्थना स्वीकार गर्नुभयो । सधैं झै ती कन्या जौ छर्दै पाठशाला गईन् । पाठशालाबाट फर्कदा जब उनी जौका दाना टिप्दै गर्दा उनले वृहस्पतिदेवको कृपाले उनले सुनको नाङ्लो प्राप्त गरिन् । उनी त्यो नाङ्लो लिएर घर आइन र त्यसमा सुनको जौ राखी केलाउन थालिन । उनकी आमामा यस घटनाले कुनै प्रभाव पारेन । एक दिनको कुरो हो । ती बालिका सुनको नाङ्लोमा जौ केलाउन बसेकी थिईन्, त्यत्तिकैमा त्यस सहरको राजकुमार त्यही बाटोबाट कतै जाने उद्देश्यले आइपुग्यो । कन्याको रुपलावण्य र क्रियाकलाप देखेर ऊ ती कन्यामा मोहित भयो । राजमहल आएर उसले अन्नपानादि त्याग्यो र उदास भएर झोक्रियो ।

राजालाई जब राजकुमारद्वारा अन्न-जल त्यागेको समाचार प्राप्त भयो, उसले पुत्रको आन्तरिक चेष्टा बुझ्ने प्रयास गर्यो । पिताले सोधे पछि राजकुमारले ती बालिकाका बारेमा बताउदै उनको घरको ठेगाना पनि बताइदियो । मंत्री कन्य्यको घर गयो । मंत्रीले ब्राहमणसमक्ष राजाका तर्फ़बाट निवेदन गर्यो । केही दिनको अन्तराल पछि ब्राहमणकी छोरीको विवाह राजकुमारसित भव्यताका साथ सम्पन्न भयो । कन्यालाई विदाई गरेर पठाउना साथ ब्राहमणका घरमा पहिले जस्तै दीनता प्रारम्भ भयो । एक दिन दुखी भएर ब्राहमण आफ्नी छोरी भेट्न दरबार गए । ती कन्याले पिताको अवस्था देखिन र आमाको खबरखाबर सोधिन, ब्राहमणले सबै समाचार भने । कन्याले पनि प्रशस्त धनधान्यका साथ आफ्ना पितालाई विदा गरिन् । तर केही समयपछि हालत जस्ताको तस्तै भयो । ब्राहमण पुनः छोरी भएठाउंमा गए, पिताजीको उस्तै बिचल्ली देखेर यस पटक ब्राह्मणपुत्रीले अब आमालाई समेत लिएर आउन भनिन ।

अर्को पटक ब्राहमणदेवता आफ्नी स्त्रीका साथ पुत्रीसमक्ष राजमहल पुगे, छोरीले आफ्नी आमालाई समझाउन थालिन, ए आमा, हजुरले प्रातःकालमा स्नानादिबाट निवृत्त भई विष्णु भगवनको पूजा गर्नु भयो भने सबै दरिद्रता हटेर जानेछन । तर उसकी आमा छोरीका सल्लाहमा विश्वास गदैनथिन । ती बिहान उठ्नासाथ बासी र जुठो जे छ खानमात्र खोज्थिन । आमाका कृत्य देखेर ती बालिकालाई असाध्यै रिस उठ्यो, अनि उनले आफ्नी आमालाई एउटा बन्द कोठामा थुनिन । भोलीपल्ट बिहान आमालाई स्नानादि गराई पूजा-पाठ गर्ण लगाएपछि बल्ल आमाको आंखा खुल्यो अनि मात्र बुद्धि ठेगानमा आयो । यस घटना पछि कन्याकी आमा नियमपूर्वक पूजा पाठ गर्नथालिन र प्रत्येक बिहिइबारका दिन व्रत गर्न थालिन । यस व्रतको प्रभावले मृत्युउपरान्त ती ब्राह्मणी स्वर्ग गईन । ती ब्राहमण पनि सुखपूर्वक यस लोकको सुख भोगेरा स्वर्ग गए । यसरी राजालाई कथा सुनाएर साधु बनेका बृहस्पति देवता त्यहाँबाट लोप भए ।

बिस्तारै समय व्यतीत हुंदैगयो र बिहिबारको दिन आइपुग्यो । राजा जंगलबाट दाउरा काटेर सहरमा बेच्न गयो । उसले त्यस दिन सधैंभन्दा डबल आम्दानी गर्यो । राजाले चना, गुड़ आदि ल्याएर बिहीबारको व्रत लियो । त्यस दिनदेखि उसका सबै क्लेश नष्ट भए । तर अर्को हप्तामा बिहीबारको व्रत लिन बिर्सियो, भगवान बृहस्पति पुनः क्रोधित हुनुभयो । त्यस दिन त्यस नगरका राजाले विशाल यज्ञको आयोजन गरेको थियो तथा आफ्ना समस्त प्रजालाई उक्त यज्ञको पातिप्रसाद लिन र भोजन गर्न आमन्त्रण गर्यो ।राजाको आज्ञानुसार राज्यका संपूर्ण जनता राजाको भोजमा सम्मिलित भए तर दाउरे राजा केही ढिलो पुग्यो, भतेरका सामग्री सकिएका थिए, त्यसैले राजाले उसलाई आफूसंगै महलमा लिएर गयो ।

दाउरे राजा भोजन गर्न बसेका बेला रानीले केही बेर अघि निदालमा सिउरिएको हार नदेखेर त्यही दाउरेलाई चोरी गरेको आरोप लगाइन । तुरुन्त सिपाही बोलाएर त्यस दाउरेलाई जेल पठाइयो । विचरा दाउरे कारागारमा चिन्ताग्रस्त भयो र सोच्न थाल्यो – मैले पूर्वजन्ममा जानीनजानी कुन अपराध गरेंछु जसका कारणले यी किसिमकिसिमका दुख र कष्ट मैले नै भोग्नुपर्छ, अनि ऊ जंगलमा भेटिएका साधुलाई स्मरण गर्न थाल्यो । तत्काल वृहस्पतिदेव साधुका रुपमा प्रकट हुनुभयो र भन्नुभयो, अरे मूर्ख ! तैंले वृहस्पति देवताको व्रत, पूजा र कथाश्रवण गरिनस, त्यसैले तैंले यो दुख झेल्नुपरेको हो । अब चिन्ता नगर । बिहीबारका दिन कारागारको ढोकामा चार पैसा भेट्नेछस, त्यसै पैसाले तैंले बिहीबारको व्रत सविधि गर्नु, तेरा सबै कष्ट नष्ट हुनेछन । फेरि अर्को बिहीबार आयो, जेलको ढोकामा चार पैसा पनि भेटियो ।

राजाले पूजासामाग्री झिकाएर व्रत लियो र कथा पाठ गर्यो अनि अन्त्यमा प्रसाद वितरण गर्यो । त्यसै रातमा वृहस्पतिदेवले त्यस नगरका राजालाई स्वप्नमा आज्ञा गर्नुभयो – हे राजन ! तैंले बन्दी बनाएको दाउरेलाई छोडिदिनु, ऊ निर्दोष छ । राजा भोलिपल्ट प्रातःकालमा ब्युंझदा हराएको हार जहांको त्यहीं देखेर त्यस दाउरे राजालाई थुनामुक्त गरी क्षमा माग्यो तथा नृपोचित सुन्दर वस्त्र-आभूषण प्रदान गरेर विदा गर्यो । त्यस पछि गुरुदेव बृहस्पतिको आज्ञानुसार राजा आफ्नो नगरतर्फ़ जांदोभयो । राजा नगरका छेउ पुग्दा नगरमा पहिलेभन्दा बढी उपवन, सरोवर, कुवा र अधिकाधिक धर्मशाला, मंदिर आदि बनेको देख्दा आश्चर्यचकित भयो । राजाले ती उपवन, धर्मशाला आदि कसका हुन भनी सोधीखोजी गर्यो । नगरबासीले यी सबै रानी र दासीद्वारा निर्मित भएको जानकारी दिए । राजा आश्चर्यचकित त भयो नै, आफ्नो अनुपस्थितिमा रानीले कहांबाट धन ल्याई भन्ने विषयमा रिस पनि उठ्यो । उता रानीले राजाको सवारी हुन लागेको थाहा पाएर दासीलाई स्वागत सत्कार गर्न द्वारमा उभ्याई । राजाले प्रतिकूल अवस्थामा परदेश जानु परेको थियो, हालको ऐश्वर्ययुक्त र वैभवपूर्ण अवस्था देख्दा कतै राजा त फर्कदैनन भने चिन्ता रानीलाई थियो । रानीको आज्ञानुसार दासी ढोकामा उभी र राजालाई यथोचित स्वागतादि गरी दरबारमा लिएर आई ।

राजाले क्रोधपूर्वक सोद्धा रानीले विनम्रतापूर्वक सारा वृत्तान्त बताई । रानीको स्वभावमा आएको परिवर्तन देखेर राजाले ईश्वरलाई साधुवाद दिए । अब राजाले निश्चय गरे म दिनहुं तीन पटक भगवान गुरुदेव बृहस्पतिको कथा भन्नेछु र प्रतिदिन व्रत लिन्छु । त्यसपछि हरेक समय राजाको दोसल्लामा चनाको दाल बांधेर राखेको देखिन्थ्यो भने एक दिनमा तीन पटक कथा भनी गर्थ्यो । एक दिन राजाले बहिनीको घरतिर जाने विचार गर्यो र घोडामा सवार भई आफ्नी बहिनी कहां जाने उद्देश्यले हिड्यो । बाटोमा उसले केही मानिसहरू लाश लिएर जांदै गरेको दृश्य देख्यो, ठिक्क त्यति बेला राजाले कथा भन्ने वेला भएको थियो, ती मलामीलाई रोकेर राजाले कथा सुन्न आग्रह गर्यो । धेरै मलामी कथा सुन्न सहमत भएनन, केहीले कथा सुनने विचार गरे । राजाले दोसल्लाको दाल खोलेर कथा भन्न थाले । जब कथा आधा भयो, मुर्दा चटपटाउन थाल्यो र कथा सकिंदा त त्यो लाश राम-राम भन्दै उभियो । राजा पुनः आफ्नो बाटो लाग्यो । सांझ ऊ हलो जोत्दै गरेको किसान भएको स्थानमा पुग्यो, त्यति बेला पनि राजाले कथा भन्ने वेला भएको थियो, राजाले उससित कथा सुन्न आग्रह गरे, तर किसानले मान्दै मानेन ।

राजाले यात्रा जारी राख्यो । राजा जानासाथ किसानका गोरु पछारिए र हलीको पेटमा पनि अचानक पीडा हुन थाल्यो । त्यसै समयमा किसानकी आमा खाजा लिएर आई । उसले छोराको अवस्था देखेर सबै वृत्तान्त सोधी, छोराले राजाले कथा सुन्न आग्रह गर्दा नासुनेको कुरा सुनायो । आमै दौड़दै राजासमक्ष गएर म तिम्रो कथा सुन्छु, तर मेरा खेतमा गएर भन्नुपर्छ भनी । राजाले फिर्ता गएर आमैको खेतमा कथा भन्यो, कथा सुन्नासाथ लडेको गोरु उभियो र किसानको पेटको दुखाइ पनि शान्त भयो ।राजा बहिनीको घरमा पुग्यो । बहिनीले दाजुको राम्रो स्वागतसत्कार गरी । भोलिपल्ट एकाबिहानै त्यस घरका सबै व्यक्ति खाना खांदै गर्दा राजा ब्युंझियो । राजाले बहिनीसित कुनै भोको मानिस भए आफूले बिहीबारको कथा सुनाउने भन्यो, दाजुका कुरा सुनेर बहिनीले भनी – दाजु ! यस देशमा त पहिले खाना खाने चलन छ, त्यसपछिमात्र अन्य कर्म संपादन गर्छन । राजा भोको मान्छेको खोजी गर्दै एउटा कुमालेको घरमा पुग्यो, जसको छोरो बिरामी थियो । त्यस घरका सदस्यहरूले विगत तीन दिनदेखि खाना नखाएको प्रसंग राजाले थाहा पायो, उता रानीले पनि आफ्ना दाजुले वाचन गर्ने कथा सुन्न कुमालेसित अनुरोध गरी । कुमालेले हुन्छ भनेपछि राजाले वृहस्पतिवारको कथा भन्यो । कथा सुन्नासाथ त्यस कुमालेको छोरो ठिक भयो । अब त राजाको प्रशंसा हुन थाल्यो । एक दिन राजाले आफू अब घर फर्कने कुरा बहिनीलाई बतायो, अनि बहिनीलाई पनि आफूसंगै लाने कुरा गर्यो ।

राजाकी बहिनीले आफ्नी सासुआमासंग आफ्ना दाजुसंग माइत जाने आज्ञा मांगी । उता सासुले राजाका संतान नभएकाले बुहारीलाई त विदा गरी तर नातिनातिना पठाउन मानिन । भान्जाभान्जीबिना बहिनी मात्र नलाने निर्णय गरी राजा एक्लै दुखी हुंदै घर फर्कियो । राजाले संतति अभाव बाट आफूमा पर्न गएको पीडाको विवरण रानीलाई बतायो र भोजनपानीबिना नै शय्यामा पल्टियो । रानीले राजालाई संझाई, हे प्रभो ! वृहस्पतिदेवले हामीलाई सबै थोक प्रदान गर्नु भएको छ, त्यसैले वहांले नै संतानसुख पनि दिलाउनु हुनेछ । त्यसै रात वृहस्पतिदेवले राजालाई सपनामा भन्नुभयो, हे राजन ! उठ, सबै चिन्तना त्याग । तेरी रानी गर्भवती छ । राजाले यो सुनेपछि उसमा खुसीको बाढी नै आयो ।

नौ महिनापछि रानीको गर्भबाट एउटा सुंदर पुत्र जन्मियो । अनि राजाले भन्यो, हे रानी ! स्त्री भोजनबिना बाच्न सक्छे, तर नबोली बाच्न सक्दिन । मेरी बहिनी माइत आएको वेला उसका घरमा मलाई भएको पीडा नबताउनू है । रानीले हुन्छ त भनी । तर जब राजाकी बहिनी दाजुको पुत्रप्राप्तिको शुभ समाचार सुनेर धेरै खुसी भई र बधाई दिन माइत आई । रानीको मन अडिएन, नन्दलाई घोचपेच गरिहाली । तर राजाकी बहिनीले हांसीहांसी जवाफ़ दिई, भाउजु ! मेरा घरमा त्यस्तो नभाको भए हजुरको कोखमा संतान पनि त नहुने रैछन नि ! वृहस्पतिदेवले सबैका कामना पूर्ण गर्नुहुन्छ । जसले सदभावनापूर्वक बिहीबारको व्रत लिने गर्दछन र कथा पाठ वा श्रवण गर्दछ अथवा अन्य श्रद्धालुहरूलाई सुनाउंछ, वृहस्पतिदेवले उसका सबै मनोकामना पूर्ण गर्नुहुन्छ, ती भक्तजनको सदैव रक्षा गर्नुहुन्छ । जसले संसारमा सदभावनाले गुरुदेव बृहस्पतिको पूजन एवं व्रत सच्चा हृदयले लिने गर्छ, त्यसका संपूर्ण मनोकामना त्यसरी नै पूर्ण हुन्छन, जसरी सत्य भावनाले रानी र राजाले वृहस्पतिदेवको कथाको गुणगान गरे, अनि तिनका सबै इच्छा वृहस्पतिदेवले पूर्ण गर्नुभयो । जानीनजानी पनि वृहस्पतिदेवको उपेक्षा गर्नुहुंदैन, झुक्किएर उपेक्षा भयो भने पनि सुख-शांति नष्ट हुनपुग्छ । त्यसैले सबैले यो कथा सुनेपछि प्रसाद ग्रहण गर्नु अनिवार्य छ । कथालाई हृदयले मनन गर्दै जयजयकार गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् 

यस्तो छ बुधबार व्रतकथा

 

Tags: व्रत

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.