के हो अप्टिकल फाइबर (Optical Fibre) ?

के हो अप्टिकल फाइबर (Optical Fibre) ?

अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबरको प्रचलन नेपालमा पनि शुरू भएको छ। हालसालै चीनले नेपालको दूरसञ्चार सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म ११५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने कार्यमा सहयोग प्रदान गरेको छ । यसबाट दूरसञ्चार सेवामा अझ बढी प्रभावकारिता र अझ बढी विश्वसनियता आउने देखिएको छ । ग्लासलाई मेशिनद्वारा मसिनो फाइबर तारको रुपमा विकास गरिन्छ । त्यसमा हाम्रो सूचनालाई लाइटमा कन्र्भट गरेर लाइट ट्रान्समिटर गर्ने हो । एक पटक अप्टिकल फाइबर बिच्छ्याएपछि त्यसमा धेरै डाटा एकै पटकमा पठाउन सकिन्छ । यो जमिनमुनि र माथिबाट प्रयोग गर्न सकिने उच्च प्रविधि हो ।

अप्टिकल दृश्य तथा प्रकाशसित सम्वन्धीत छ । अप्टिकल फाइबरको तार प्लास्टिक, काँच र सिलिका लगायतका धातुहरू प्रयोग गरेर बनाइन्छ । ‘मसिना केश भन्दा साना धेरै तारहरु एउटा अप्टिकलमा हुन्छन् । धेरै तार राख्नुको अर्थ भिन्दा भिन्दै सेवा प्रयोग गर्न पाइयोस भन्ने हो, एउटा बिग्रिएमा अर्कोले काम गर्न सक्छ र तार बेच्न पनि सकिन्छ । यसको बनोट तीन तहको लेयरमा हुन्छ । बिचमा कोर हुन्छ । कोरले नै डाटा आदान प्रदान गर्छ । कोर भन्दा बाहिर क्ल्याडिङ हुन्छ । क्ल्याडिङले प्रकाशलाई दायाँ बायाँ परावर्तन गर्छ । क्ल्याडिङ भन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ । यसलाई नै अप्टिकल फाइबर भनिन्छ ।

कोर क्ल्याडिङ कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टी सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ । यी तीन तत्व मिलेर बनेको तारलाई नै अप्टिकल फाइबर भनिन्छ । पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबरबाट असिमित डाटा पठाउन सकिन्छ । तर अहिलेसम्म विश्वमा ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन् । नेपालमा प्रयोग भएको उपकरणले चाहिँ १० गेगाहर्ज सेकेन्डको गतिमा डाटा पठाउन सकिन्छ ।

सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो । पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हालसम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन् । नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १०गेगाहर्ज/सेकेन्डको गतिमा तथ्यांङ्क आदान प्रदान गर्दछ । हाल नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसञ्चार सेवामा ब्यापक प्रयोग हुन थालेको छ । यस बाहेक बिद्यूत प्राधिकरण र केही केबुल इन्टरनेट प्रदायकहरूले पनि यसको प्रयोग गर्न थालेका छन् । विश्वको सन्दर्भमा हेर्दा दूरसञ्चारका अतिरिक्त ब्याङ्किाङ तथा बित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रशारण, लगायतका क्षेत्रमा अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.