विश्वव्यापीकरण । भूमण्डलीकरण (Globalization) भनेको के हो ?

विश्वव्यापीकरण । भूमण्डलीकरण (Globalization) भनेको के हो ?

विश्वव्यापीकरण विकासको पछिल्लो परिभाषा हो । जसलाई अर्को शब्दमा नेपालीमा भूमण्डलीकरण पनि भनिन्छ । विश्वव्यापीकरणको चर्चा पश्चिमी देशहरुबाट भएको हो । विश्वव्यापीकरण १९ औं शताब्दीपछि मात्र परिभाषित भएको हो । विश्वव्यापीकरण खास गरी आर्थिक विकासको परिष्कृत परिभाषा हो । यसको उत्पत्ति आर्थिक विकासकै सन्दर्भमा भएको हो । यद्यपि पछिल्लो समयमा यसको परिभाषा व्यापक भएको छ । विश्वव्यापीकरले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा पनि विश्वव्यापीकरण प्रवेश भएको छ । विश्वव्यापीकरणको कुनै एकिकृत परिभाषा छैन । तर सामान्यतया कुनै पनि विषय चाहे आर्थिक, साँस्कृतिक, वातावरणीय जे होस जसले स्वतन्त्रपूर्वक मानव जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारको हुन्छ ।

विश्वव्यापीकरणले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जीवनलाई प्रभाव पारेको हुन्छ । यसले परंपरागत सम्बन्धहरुलाई पनि विस्थापित गर्दछ । जसलाई मानवीय नियन्त्रणमा राख्न सकिदैन । त्यसैले विश्वव्यापीकरण भनेको मानव नियन्त्रण भन्दा बाहिर रहेको मानवीय आवश्यकताद्वारा आमन्त्रित विश्वघटना प्रवाह हो । विश्वव्यापीकरण भनेको एउटा देशको अर्थतन्त्र बाँकी विश्वसँग जोडिने प्रक्रिया हो । विश्वव्यापीकरण आजको वास्तविकता हो । देश, समाज, व्यवसाय र मानव जीवनका हरेक पक्ष यसबाट प्रभावित छन् । शुरुमा अर्थतन्त्र जोड्ने प्रक्रियालाई ग्लोबलाइजेसन भन्ने गरिएपनि अहिले एकअर्का देशको संस्कृति पनि जोडिँदै गएको छ । यसलाई पनि विश्वव्यापीकरणकै प्रभावका रूपमा हेर्ने गरिएको छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । यसलाई अंग्रेजीमा ग्लोबलाइजेसन भनिन्छ । देशभित्रको साँघुरो घेराबाट बाहिर निक्लने भन्ने अर्थ यसले दिन्छ ।

दुई वा दुईभन्दा धेरै देशका अर्थतन्त्र एकअर्कासँग जोडिने माध्यम व्यापार, लगानी, व्यक्ति र प्रविधि हुन् । यसको अर्थ एक देशको उत्पादन सजिलै अर्को देशमा जान पाउनु हो । यति मात्रै होइन पूँजी र मानिस पनि बिना रोकटोक अर्को देशमा जान पाउने प्रावधान विश्वव्यापीकरणको अवधारणाले समेटेको हुन्छ । सन् २०१६ जुलाई २९ सम्म १६४ देशले डब्लूटीओको सदस्यता लिएर विश्वव्यापीकरणको अवधारणालाई अपनाइसकेका छन् । जसमा रुस र चीनजस्ता देश पनि छन् । बहुराष्ट्रिय कम्पनीले विश्वव्यापीकरणका वाहक हुन् । उदारीकरण र निजीकरण विश्व-व्यापीकरणका मुख्य आधार हुन् । विश्वव्यापीकरणलाई बढावा दिनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन-डब्लूटी जस्ता संस्थाहरूको मुख्य योगदान छ ।

विश्वव्यापीकरण नाम नै नदिइए पनि व्यापार र आवतजावत सदियौंदेखि हुँदै आएको हो । चीन हुँदै एसियालाई युरोपसँग जोड्ने सिल्क रोड यसको एक उदाहरण हो । सन् १६०० ताका भारतमा बेलायतीहरू इस्ट इन्डिया कम्पनी मार्फत लगानी र व्यापार गर्न भनेर नै आएका हुन् । धेरैलै इस्टइन्डिया कम्पनीलाई पहिलो बहुराष्ट्रिय कम्पनी मान्ने गरेका छन् । तर यसको बिस्तार भने बीसौ शताब्दीको अन्त्यतिर बढी भएको हो।हवाई यात्रा र इन्टरनेटको तीव्र बिस्तारले एकअर्का देशलाई अझ बढी जोडेको हो । सन् १९८० को दशकदेखि विश्वव्यापीकरणले बढी महत्त्व पाएको हो । जसमा १९८९ मा दक्षिणी अमेरिकी मुलुकको उदारीकरणबारे अमेरिकामा भएको सम्मेलन महत्त्वपूर्ण छ । जसलाई वासिङ्टन सहमति समेत भनिन्छ । देशका राजनीतिक सीमाहरू कायम रहेपनि आर्थिक गतिविधिका सीमाहरू तीव्र रूपले लोप हुँदै छन् । खासगरी सन् १९९० को दशकयता भएका विविध क्षेत्रीय एवम् अन्तरराष्ट्रिय सन्धि सम्झौताहरूले विश्वव्यापीकरण प्रक्रियालाई अझ बढी प्रवर्द्धन गरेका छन् ।

आर्थिक विश्वव्यापीकरणसँगै व्यावसायिक सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पन्सिविलिटी)को दायरा र औचित्य दुवै अझ विस्तार हुँदै गएको छ । तर, अहिले आएर यो व्यवसायभित्र र बाहिरका विविध सरोकारवालाहरू जस्तै शेयरधनी, कर्मचारी, उपभोक्ता, स्थानीय जनसमुदाय, आपूर्तिकर्ता, ऋणदाता, नागरिक समाज, सरकार आदिको चासोको विषय बनेको छ । सन् १९६० को दशकमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रिडम्यानले ‘व्यवसायको एक मात्र सामाजिक उत्तरदायित्व भनेको नाफा कमाउनु हो, जसको कारण यसले सरकारलाई कर तिर्छ र विकास एवम् रोजगारीका थप अवसरहरू सृजना गर्छ’ भनेका थिए । अन्त्यमा विश्वव्यापीकरणको आजको युगमा सक्षम नै बाँच्न सक्छ भन्ने भनाइ जीव विज्ञानमा मात्र नभई समाजको कटुयथार्थ पनि हो भन्ने कुरा सिध्द भई सकेको छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.