स्वाइन फ्लु

स्वाइन फ्लु । नेपाल लगायत विश्वका विभिन्न देशमा स्वाइन फ्लुको संक्रमण बढिरहेको छ । श्वासप्रश्वासको माध्यमले एक-अर्कामा सर्ने यो रोग लाग्दा सामान्य रुघाखोकीको जस्तै लक्षण देखिन्छ । त्रासको रूपमा देखापरेको स्वाइन फ्लुको अर्को नाम मेक्सिकन फ्लु, स्पानिस फ्लु वा स्वाइन इन्फ्लुएन्जा पनि हो । स्वाइन फ्लु भनेको टाइप ए इन्फ्लुएन्जा भाइरसबाट सुँगुरको श्वास-प्रश्वास प्रणालीमा लाग्ने रोग हो । यसले सुँगुरमा इन्फ्लुएन्जा संक्रमण गराउँछ । स्वाइन फ्लु भाइरसले सुँगुरहरूमा मृत्युभन्दा रोगका लक्षण बढी देखिन्छन् । समयमा उपचार नगरे रोगीको मृत्यु समेत हुने भएकाले अहिले यो रोगबाट जोगिन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेको छ ।

स्वाइन फ्लु एच १ एन १ भाइरसका कारण लाग्छ भन्ने कुरा सन् २००९ मा पहिलो पटक अमेरिकामा पत्ता लागेको थियो । स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरि सर्नसक्ने भए पनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । स्वाइन फ्लु भाइरस -ए एच १ एन १ नामक इन्फ्लुएन्जा भाइरस) सर्वप्रथम १९३० मा सुँगुरमा पत्ता लागेको हो । केही समयमै यो विश्वका धेरै देशमा फैलियो र विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर महामारी घोषणा गर्यो । सन् २००९ र २०१० मा मात्र उक्त भाइरसको संक्रमणका कारण १० हजार मानिसको मृत्यु भएको थियो । बीचमा फाट्टफुट्ट मात्र देखिएको यो रोगले अहिले फेरि संक्रमणको रूप लिएको छ ।

स्वाइन फ्लु के हो ?

स्वाइन फ्लुका बारेमा जान्नुभन्दा पहिला, फ्लु भनेको के हो भन्ने कुरा जान्नु आवश्यक छ। फ्लुलाई इन्फ्लुएन्जा पनि भनिन्छ। इन्फ्लुएन्जा एक किसिमको भाइरल रोग हो । यो रोग गराउने भाइरसलाई इन्फ्लुएन्जा भाइरस भनिन्छ । इन्फ्लुएन्जा भाइरस तीन प्रकारका हुन्छन् । ती हुन् : १. इन्फ्लुएन्जा भाइरस ए २. इन्फ्लुएनजा भाइरस बी र ३. इन्फ्लुएन्जा भाइरस सी । तीन प्रकारका इन्फ्लुएन्जा भाइरस एक-आपसमा भिन्न छन् ।
स्वाइन फ्लु एउटा संक्रामक रोग हो जसले श्वास-प्रश्वासमा कार्यरत प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगलाई असर गर्ने गर्छ। स्वाइन फ्लुको अर्को नाम मेक्सिकन फ्लु, स्पानिस फ्लु वा स्वाइन इन्फ्लुएन्जा पनि हो । स्वाइन फ्लु भनेको टाइप ए इन्फ्लुएन्जा भाइरसबाट सुँगुरको श्वास-प्रश्वास प्रणालीमा लाग्ने रोग हो । यसले सुँगुरमा इन्फ्लुएन्जा संक्रमण गराउँछ । स्वाइन फ्लु भाइरसले सुँगुरहरूमा मृत्युभन्दा रोगका लक्षण बढी देखिन्छन् । यसले हाम्रो शरीरको पाचन प्रणाली र प्रतिरोधात्मक क्षमतालाई पनि असर पार्छ।

स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरि सर्नसक्ने भए पनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । स्वाइन फ्लु भाइरस -ए एच १ एन १ नामक इन्फ्लुएन्जा भाइरस) सर्वप्रथम १९३० मा सुँगुरमा पत्ता लागेको हो । इन्फ्लुएनजा भाइरस बी को संक्रमण मानिसहरुमा प्राय देखिने गर्छ। यसले क्षेत्रीय स्तरमा रोगको प्रकोप ल्याए पनि बिश्वब्यापी रुपमा महामारी फैलाउन भने सक्दैन। इन्फ्लुएन्जा भाइरस सी ले साधारण रोग-लक्षण गराउँछ र केही व्यक्तिमा यो लक्षणरहित हुने गर्छ। माथि उल्लेख गरिएका ती भाइरसमध्ये सबैभन्दा महत्वपूर्ण भाइरस: इन्फ्लुएन्जा भाइरस ए हो।

स्वाइन फ्लु भाइरस

स्वाइन फ्लु एच १ एन १ भाइरसका कारण हुन्छ । यो नयाँ प्रकारको इन्फ्लुएन्जा भाइरसका कारण हुने एक प्रकारको संक्रमण हो, जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । यसलाई टाइप ए इन्फ्लुएन्जा पनि भनिन्छ, जसका कारण गम्भीर प्रकारको संक्रमण देखिन्छ । स्वाइन फ्लु इन्फ्लुएनजा भाइरस ए का विभिन्न उप-प्रकारहरुले गराउने गर्छ। इन्फ्लुएनजा भाइरस ए को विभिन्न उप-प्रकारहरु छन् । इन्फ्लुएनजा भाइरस ए को बाहिरी भागमा मुख्य २ किसिमका प्रोटिन हुन्छन् : हेमएग्लुटिनिन: पहिको अंग्रेजी अक्षर ” एच” र निउरामिनिडेज : पहिको अंग्रेजी अक्षर ” एन” । बाहिर भएको प्रोटिनकै आधारमा यसका बिभिन उप-प्रकारलाई बैज्ञानिक नामाकरण गरिन्छ, जस्तै : एच ५ एन १,,एच १ एन १, एच १ एन २, एच ३ एन २, एच ३ एन १ अादि ।स्वाइन फ्लु गराउने इन्फ्लुएनजा भाइरस ए का केही उप-प्रकारहरु यस प्रकार छन् : एच १ एन १, एच १ एन २ र एच ३ एन २ ।

स्वाइन फ्लुका लक्षण

swine-flue_20150226082854
ज्वरो आउनु
रुघा लाग्ने
घाँटी दुख्ने
खोकी लाग्नु
टाउको दुख्नु
मांसपेशी दुख्नु
जीउ दुख्ने
वान्ता हुनु
पखाला चल्नु
वाकवाक लाग्नु
खोकी वा हाच्छिउँ आउने
थकान महसुस हुनु

पखाला चल्ने वा वान्ता हुने
नाकबाट सिँगान निरन्तर बग्नु
खान मन नलाग्नु आदि ।

स्वाइन फ्लुका जोखिम वर्ग

स्वाइन फ्लुका माथि उल्लिखित सामान्य लक्षण देखिने अवस्थामा नै यसको प्रभावकारी उपचार हुन सकेन भने यी लक्षणले निमोनिया, ब्रोङकाइटिस, पिनास, कानको संक्रमण गराउन र कतिपय अवस्थामा मृत्युसमेत हुनसक्छ । स्वाइन फ्लुले बढी प्रभावित पार्नसक्ने वर्गको रूपमा पाँच वर्षमुनिकामा, ६५ वा सोभन्दा बढी उमेर समूहका व्यक्ति, दीर्घकालीन रोगका पीडित – मधुमेह, दम, मुटुको रोग, श्वास रोग, कलेजो र स्नायु रोग लागेर कमजोर भएका बिरामी, गर्भवती महिला तथा नवजात शिशुहरू । तर विगतमा देखिएको स्वाइन फ्लु महामारीको क्रममा स्वस्थ युवाहरू पनि उत्तिकै मात्रामा प्रभावित भएको देखिएको छ । एचआईभी/एड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन्। पार्किन्सनजस्ता ,मस्तिस्कसम्बन्धी रोग जस्ता रोगका कारण रोग प्रतिरोधक क्षमता कमी भएकाहरूलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । मोटा व्यक्तिहरूलाई पनि पहिले नै विभिन्न प्रकारका रोगको संक्रमण भएको हुनसक्छ । त्यसैले उनीहरूलाई पनि स्वाइन फ्लुको भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

कसरी फैलिन्छ ?

अन्य मौसमी फ्लु भाइरस जस्तै स्वाइन फ्लु पनि त्यही तरिकाले फैलन्छ । संक्रमित व्यक्ति खोक्दा, हाँच्छिउ गर्दा , चुम्बन गर्दा नजिक रहेका व्यक्तिहरूसम्म भाइरस पुग्छ । त्यसैगरी स्वाइन फ्लु भाइरस भएको हात वा डोर ह्यान्डिल आदि कुनै पनि वस्तु अर्को व्यक्तिले छुदा भाइरस सर्छ । भाइरस सरेको हात वा कुनै अंगले आफ्नो नाक, मुख वा आँखा आदि कुनै अंग छुँदा पनि भाइरस सर्छ । सुंगुरबाट सर्ने भए पनि सुँगुरको मासु खाँदा भने यो रोग लाग्दैन । सुंगुरको मासुलाई राम्रोसँग पकाउँदा त्यसमा भएका कीटाणु पनि मर्छन् ।

एच १ एन १ भाइरस टिस्यु पेपरमा १५ मिनेट, हाथमा ३० मिनेट, कपडामा १२ घण्टासम्म र स्टील र प्लास्टिकमा ४८ घण्टासम्म सक्रिय/क्रियाशील रहन्छ । प्राय संक्रमण भएको १ देखि ७ दिन भित्र लक्षणहरु देखिन थाल्छन् । र, लक्षण देखिएको २४ घण्टा पहिला र ८ दिन पछिसम्म संक्रमित व्यक्तिमा भएको भाइरस अरुमा फैलने सम्भावना धेरै हुन्छ।

के स्वाइनबाट मृत्यु हुन्छ ?

मानिसहरु मा स्वाइन फ्लु ले अहिले धेरै नै डर उत्पन्न गरेको छ । बुझ्नु पर्ने कुरा के हो भने, स्वाइन फ्लुले संक्रमित बिरामी मध्य मात्रै १ देखि ५ प्रतिशतमा मात्रै मृत्युको सम्भावना हुन्छ । तर, केही व्यक्तिहरुमा भने यसले भयानक रुप लिने गर्छ ।

स्वाइन फ्लुबाट जोगिने उपाय

sflu

– समय-समयमा हात धोइरहने ।
– खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो नाक र मुखलाई टिस्यु पेपरले छोप्ने । उक्त पेपरलाई तुरुन्तै डस्टबिनमा फ्याँक्ने ।
– आफ्नो नाक वा मुखतिर बारम्बार हातलाई नलाने ।
– खोकी लागेको व्यक्तिबाट टाढै रहने ।
– लक्षण देखिएको शंका लागे तुरुन्त चिकित्सकसँग परामर्श गर्ने ।

स्वाइन फ्लु भएमा

स्वाइन फ्लु लागिहाले पनि डराइहाल्नु हुँदैन । सकारात्मक मनस्थितिको निर्माण गरी आवश्यक उपाय अपनाउन र उपचार गर्न सकिन्छ ।
– लक्षण देखिए कतै सार्वजनिक स्थानमा नजाने ।
– अंकमाल, चुम्बन नगर्ने ।
– अभिवादन गर्दा हात नमिलाउने ।
– सार्वजनिक स्थानमा मास्क प्रयोग गर्ने । खासगरी ‘एन-९५’ मास्क यसका लागि उत्तम मानिन्छ, तर त्यो मास्क नभए सामान्य मास्क प्रयोग गर्दा पनि धेरै हदसम्म सुरक्षित हुन सकिन्छ ।

रोकथामको उपाय

कसैलाई स्वाइन फ्लु भैहाल्यो भने औषधि प्रयोग गर्न सकिन्छ । यसले बिरामीलाई सामान्य र स्वस्थ अवस्थामा फर्काउन सक्छ । पछिल्लो समयमा यसका लागि खोपको समेत विकास भएको छ । स्वाइन फ्लु लागेको शंका लागे तुरुन्त स्वास्थ्य संस्थामा जँचाउन जानु उपयुक्त हुन्छ । सामान्य रुघाखोकी लागेको हो भने आत्तिनु पर्दैन । रुघाखोकी केही दिनमा सन्चो भएन र माथिका लक्षण देखिन थाले जँचाउनु उपयुक्त हुन्छ ।

– तनाव नलिने ।
– प्रशस्तै पानी पिउने ।
– पौष्टिक पदार्थयुक्त खाना खाने ।
– निद्रा पूरा गर्ने ।
– शारीरिक रूपमा सक्रिय रहने ।
– सार्वजनिक स्थानमा नथुक्ने ।

स्वाइन फ्लुको उपचार

स्वाइन फ्लुको खोप :
इन्फ्लुएन्जा खोपले इन्फ्लुएन्जा विरुद्ध गर्ने प्रतिरक्षा रोग गराउने भाइरस र उक्त खोपमा रहेको भाइरसको बीचमा कत्तिको समानता छ भन्ने कुरामा निर्भर हुने भएकोले एच ३, एन २ नाम गरेको भाइरस रहने इन्फ्लुएन्जा विरुद्धको खोपले प्रतिक्रियारहित एच ३ एन २ एचआईभी वर्गको भाइरसलाई प्रतिरोध गर्न सफल नहुने अनुमान गरिएको छ । अमेरिकी अधिकारीले अमेरिकामा देखिएका भाइरस चार प्रकारका भाइरसका जेनेटिक तत्त्वबाट बनेको बताएका छन्- नर्थ अमेरिकन स्वाइन इन्फ्लुएन्जा, नर्थ अमेरिकन एभिएन इन्फ्लुएन्जा, हयुमन इन्फ्लुएन्जा ए भाइरसको एच १ एन १ प्रजाति तथा स्वाइन इन्फ्लुएन्जा भाइरस हुन् ।

आयुर्वेदिक उपचार

निमको बोक्रा- १ सय ग्राम, गुर्जो- १ सय ग्राम, तुलसी- ५० ग्राम, दालचिनी- ५० ग्राम, ल्वाङ-२५ ग्राम

यी सबै मसला सुकाएर धूलो हुने गरेर कुट्ने । एक चिया चम्चा उक्त धूलोलाई ४ सय मिलिलिटर पानीमा पकाउने । उक्त पानी १ सय मिलिलिटर भएपछि छानेर पिउने । यो उपाय दैनिक २-३ पटक अवलम्बन गर्ने । यसले स्वाइन फ्लु हँुदैन भने भएको अवस्थामा पनि राहत प्राप्त हुन्छ । यसैगरी खाने कपुर र सुकमेललाई राम्रोसँग पिसेर केही घण्टाको अन्तरमा सुँघ्दा स्वाइनफ्लु हुन पाउँदैन ।

यो बर्ष नेपालमा स्वाइन फ्लुबाट मृत्यु

स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ । किस्ट अस्पतालका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक उपयोग गरिएपनि संक्रमण नियन्त्रण गर्न नसकिएपछि मृत्यु भएको हो ।

स्वाइन फ्लुको महामारी

स्वाइन फ्लु गराउने विभिन्न उप-प्रकारहरु मध्य सबैभन्दा खतरनाक भाइरस एच १ एन १ हो । सामान्यतः एच १ एन १ ले स्वाइन ( सुँगुर) लाई लाग्ने गरे पनि, मानिसहरुमा यसले बिश्वब्यापी रुपमा महामारी फैल्याउने गर्छ। पहिलोपटक सन् १९१८-१९१९ को बिश्वब्यापी महामारीका बेला यसलार्इ स्पेनिस फ्लु को संज्ञा दिइएको छ । महामारीको दौरान स्सपेनिस फ्लुले “पर्पल डेथ” को संज्ञा पाएको थियो । । महामारीले कतिजनाको मृत्यु भयो, यकिन छैन । त्यतिबेला रोगीमध्ये २.५ देखि ५ प्रतिशतको मृत्यु भएको अनुमान गरिन्छ । त्यतिखेरको विश्व जनसंख्याको करिब २५ प्रतिशत मानिस यो रोगबाट ग्रसित भएका थिए । महामारीले पाँचदेखि दस करोडको ज्यान लिएको अनुमान गरिन्छ । सन् १९५७ मा एसियाबाट फैलिएको महामारीले करिब चार करोड पचास लाख अमेरिकीलाई संक्रमित पारेको थियो । त्यसमध्ये करिब सत्तरी हजार मरेका थिए । ११ वर्षपछि सन् १९६८ देखि १९७९ सम्ममा हङकङबाट फैलिएको महामारीले पुनः करिब पाँच करोड अमेरिकीलाई संक्रमित पारे पनि करिब तेत्तीस हजारको मात्र ज्यान गएको थियो । यसैगरी सन् १९७६ मा एक हप्ताभित्र पाँच सय सैनिक संक्रमित भएका थिए । सन् २००९ र २०१० मा मात्र उक्त भाइरसको संक्रमणका कारण १० हजार मानिसको मृत्यु भएको थियो ।

पहिलो विश्वयुद्धमा जति मानिसहरुको मृत्यु भएको थियो, त्यो भन्दा धेरै मृत्यु स्सपेनिस फ्लुले १९१८-१९१९ मा भएको थियो । यस क्रममा ५ करोड मानिसको मृत्यु भएको थियो । त्यस्तै सन् २००९-२०१० को बिश्वब्यापी महामारीमा लगभग २ लाख ५० हजारको मृत्यु भएको थियो। इन्फ्लुएन्जा भाइरस ए को अरु विभिन्न उप-प्रकारहरुले पनि यसरी महामारी फैल्याउने गरेको छ। नेपालमा स्वाइन फ्लुका कारण सन् २०१४ सम्म १८ जनाको ज्यान गएको र झण्डै तीन सय जनामा रोगको संक्रमण देखिएको महाशाखाले जनाएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: