दाँत किन झन्झनाउँछ ?

दाँत सिरिड्ड–सिरिड्ड हुने वा चिसो पानी, गुलियो खाँदा दाँत दुख्ने वा लाग्ने रोगलाई चिकित्सकीय भाषामा ‘हाइपर सेन्सिटिभिटी’ भनिन्छ । यो एक प्रकारको दुखाइ हो, जुन यसको  बीचको तह ‘डेन्टिन’ देखिएर हुने गर्छ । यस रोगलाई सुरु गराउने तथा बढाउने काम तातो–चिसो, ब्रस गर्दा वा छुँदा, औषधी, रसायन, गुलियो पदार्थले गर्छ । ‘हाइपर सेन्सिटिभिटी’मा दुखाइ तिखो, गम्भीर, केही समय सेकेन्डदेखि मिनटसम्म हुन्छ । नशा ए–डेल्टा नोसिसेप्टरले गर्दा हुने दुखाइ भएकाले दुखाइको प्रकृति अन्य दुखाइको तुलनामा फरक हुन्छ ।

यसको बाहिरी सतह टाउकोमा भए इनामेल, जरामा भए सिमेन्टम र घाँटीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भएर भित्री सतह ‘डेन्टिन’ देखिन्छ । नोक्सान हुने दर सबैभन्दा बढी सिमेन्टमा त्यसपछि डेन्टिन र इनामेलमा हुन्छ । डेन्टिनमा भएका डेन्टिनल ट्युबुल जहाँ नशाहरू हुन्छन्, बाहिरी वातावरण वा मुखको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउन थाल्छ । हामीले गुलियो, चिसो खाँदा, ब्रस गर्दा, अमिलो खाँदा नशासँग सम्पर्कमा आई झनझनाहट हुन्छ । यसमा सिरिङ–सिरिङ आउन देखिएको डेन्टिनमा भएका डेन्टिनल ट्युबुलहरू खुल्ला, ठूला र धेरै संख्यामा भएको हुनुपर्छ । खाना खाँदा, चपाउँदा वा दाह्रा किट्दा दुई दाँत बीचको सम्पर्कले यो खिइन्छ । समय क्रमसँगै सबै दाँत खिइन्छ, तर यसको बनावट, खानेकुराको प्रकार, जीवनशैली, पेसा तथा नराम्रो आदतले छिट्टै यो समस्या निम्त्याउँछ । यो र बाह्य वस्तु वा दुई दाँतबीच घर्षण हुँदा यसको  सतह नोक्सान हुन्छ । यो  सफा गर्ने ब्रस, तरिका तथा मञ्जन, अम्लीय पदार्थ अचार, पेय पदार्थ बढी सेवनले पनि यो समस्या निम्त्याउँछ ।

सबैभन्दा बढी हाइपर सेन्सिटिभिटी हुने कारणमा जोडले दाँत माझ्ने, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्टम खिएर डेन्टिन देखिने अवस्था हो । आधिकारिक आँकडा नभए पनि करिब ३५ देखि ५५ प्रतिशतमा यस्तो समस्या पाइएको छ । २५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दाँतमा (दाँत नमिलेको अवस्थामा बाहेक), गालातिरको दाँतको घाँटी क्षेत्रमा र ब्रस गर्ने हातको उल्टोतिर, जस्तै : दाँहिने हात बढी चल्ने भए देब्रेतिरका दाँतमा बढी देखिन्छ । दाँतको घाँटी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्तलेउ, दन्तपत्थर तथा फोहोर कुरा यसैमा टाँसिने तथा सफा गर्दा हटाइने भएकाले पनि दाँत र गिँजाको भेट हुने स्थान वा यसको  घाँटीमा सिरिड्ड हुने समस्या बढी हुन्छ ।

यसको निदानका लागि पहिले दाँत फुटेको वा भाँचिएको सिमेन्ट फुटेको तथा चुहिने भएको, दाँत चर्केको, पल्पसम्बन्धी रोग, चोइटिएको दाँत, गहिरो धर्सा, दाह्रा किट्ने, खिइने, नोक्सान भएका क्षेत्रको निदान गर्न सक्नुपर्छ । टुथब्रस, मञ्जन, दाँत सफा गर्ने तरिका, दाँत बीचको फोहोर सफा गर्ने साधनहरूको उचित प्रयोग गर्न सिकाउनुपर्छ । दन्तलेउ नियन्त्रण, गिँजासम्बन्धी उपचार, खानेकुरामा नियन्त्रण, ग्याष्ट्रिकको मूल्यांकन, कम पीएच भएको माउथ वास, एस्प्रिन तथा चपाएर खाने भिटामिन सीको सेवनमा नियन्त्रण गर्नुपर्छ । फ्लोराइड, पोटासियम क्लोराइड, नाइट्ेरड, स्ट्रोन्टियम क्लोराइड, सोडियम साइट्ेरट, डाइ क्याल्सियम फस्फेटयुक्त मलम, माउथ वास वा मञ्जन चिकित्सकको सल्लाह बमोजिम घरमै प्रयोग गर्न सकिन्छ । क्याल्सियम कम्पाउन्ड, स्ट्रोन्टियम क्लोराइड, अकजलेट, पोटासियम नाइट्ेरड, फ्लोराइड कम्पाउन्ड दाँतमा लगाएर हाइपर सेन्सिटिभिटी निर्मूल गर्न सकिन्छ । त्यसैगरी बरनिसिङ, सिलिङ कम्पाउन्ड, भारनिस सिमेन्ट, लेजर म्युको—जिन्जाइभल ग्राफट, डेन्टिन ब्रोन्डिङ एजेन्ट र आयोनटोफोरेसिस गरी रोग निको पार्न सकिन्छ । तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले खाने तथा पिउने आनन्द त पाउन सकिँदैन नै, शरीरमा समेत कुपोषण र अनेकन रोग निम्त्याउँछ ।

साभार : कान्तिपुर, प्रकाशित: पुस २, २०७२, डा. प्रकाश बुढाथोकी, कन्सल्टेन्ट दाँत एवं मुखरोग विशेषज्ञ, बुढाथोकी लुम्बिनी अञ्चल अस्पताल

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: