बैज्ञानिक दृटिकोणले जमराको महत्व

बैज्ञानिक दृटिकोणले जमराको  महत्व धेरै छ । चिनियाँहरूले चाउमिन र सुपजस्ता खानामा भटमास वा मुङको टुसा हजारौँ वर्षदेखि प्रयोग गर्दै आइरहेका छन्। हाल यस किसिमको खाना संसारभर लोकपि्रय हुँदै गइरहेको छ। जमराको  अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमारा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।

क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए  । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।

जमरामा जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गानिक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ ।  प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।

टुसायुक्त खानाले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त रहन मद्दत गर्छ। यसले रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ। तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत पनि हो यो, जो सजिलै पाच्य हुन्छ। टुसादार गेडागुडीयुक्त खाना पचाउन सजिलो हुने भएकाले पेटलाई कम भार पर्छ। यस्तो कार्य पाचन प्रणालीले पाचनरसको सहायताबाट गर्छ। टुसायुक्त खाना प्रयोग गर्दा कम पाचनरसले पनि भोजन राम्रोसँग पच्छ। टुसा उम्रने क्रममा नै एउटा विशेष पाचनरस पैदा हुन्छ, जसले कार्बोहाइड्रेटलाई पचाउन मद्दत गर्छ। त्यसैगरी प्रोटिन पनि परविर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ। त्यस कारण कार्बोहाइड्रेट र प्रोटिनको पाचन प्रक्रिया अगाडि नै भएको हुन्छ। खाना खाइसकेपछि शरीरमा रहेका पाचनरसले सहजैसँग यी तत्त्वलाई पचाउँछ। यदि टुसा उमारेको छैन भने गेडागुडी पचाउन गाह्रो हुन्छ।

अंकुरति खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट पनि रोक्छ। यो हरयिो तरकारीजत्तिकै फाइदाजनक छ तर हरयिो तरकारीभन्दाचाहिँ धेरै सस्तो हुन्छ। टुसायुक्त खानाले रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ। एक किलो सुक्खा गेडागुडीबाट करबि ६ किलो टुसायुक्त खाद्यवस्तु तयार हुन्छ। हाम्रो शरीरलाई खाना पचाउन इन्जाइमको आवश्यकता हुन्छ। कतिले भोजन पचाउनका लागि बोतलमा रहेको इन्जाइम किनेर प्रयोग गर्छन्। तर, खाना पचाउन त्यस्ता इन्जाइमको प्रयोग प्रभावकारी उपाय होइन। टुसादार गेडागुडीमा चाहिँ पर्याप्त इन्जाइम हुन्छ।

हाम्रो शरीरलाई भिटामिनको जति आवश्यकता छ, त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। क्याल्सियम, आइरन, फोस्फरस, सोडियम, पोटासियम र म्याग्नेसियममध्ये क्याल्सियम, आइरन र फोस्फरस सबैभन्दा महत्त्वपूर्ण खनिज पदार्थ हुन्। यी तत्त्वले हाडलाई मजबुत बनाउन र स्नायु प्रणालीलाई सक्षम बनाउन सहयोग गर्छन्। केहीले भिटामिन, प्रोटिन आदिलाई टुक्राउने र पचाउने कार्य पनि गर्छन्। गहुँ, मुङ, चना, सिमी आदि सम्पूर्ण गेडागुडी मिसाएको टुसादार अवस्थामा हामीले सम्पूर्ण प्रोटिनसँगै प्रशस्त मात्रामा भिटामिनलगायतका पौष्टिक तत्त्व प्राप्त गर्छौं।

अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।

Leave a Reply