Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दोष सृष्टिमा होइन दृष्टिमा

एकपटक गुरु द्रोणाचार्यले आफ्ना शिष्यहरूको परीक्षा लिने क्रममा राजकुमार युधिष्ठिरलाई दुर्जन र दुर्योधनलाई सज्जनको खोजी गर्ने आदेश दिएका रहेछन् । पूरा महिनाभर खोज्दा पनि युधिष्ठिरले एउटा पनि दुर्जन भेट्टाउन सकेनछन् भने दुर्योधनले एउटा पनि सज्जन भेट्टाउन सकेछन् र सोही अनुसारको प्रतिवेदन दिएछन् । हरेकको संसार हेर्ने आँखा आˆनै हुन्छ । आफू जस्तो छ संसार त्यस्तै देखिन्छ । युधिष्ठिर सज्जन थिए उनले सबैलाई सज्जन देखे एउटा पनि दुर्जन भेट्टाउन सकेनन् । दुर्योधन आफैँ दुर्जन थिए त्यसैले महिनाभर खोज्दा पनि एउटै सज्जन भेट्टाउन सकेनन् । दोष सृष्टिमा होइन दृष्टिमा हुन्छ ।

सत्य साइबाबा भन्नुहुन्छ, दोष सृष्टिमा होइन दृष्टिमा हुन्छ, आफू राम्रो भए संसार राम्रो नराम्रो भए संसार नराम्रो प्रायः मानिस भन्ने गर्छन् संसार दुखको घर हो तर वास्तविकता त के हो भने संसार दुखको घर होइन, दुखको घर त आˆनै मन हो । संसार कसैको शत्रु पनि होइन र मित्र पनि होइन । संसार संसार नै हो, जहाँ कसैलाई दुख दिने वा काम नलाग्ने चीजको सृष्टि भएकै छैन । मन बिग्रँदा संसारको स्वरुप पनि बिग्रन्छ र दुःख पाइन्छ मन निर्मल भए संसारको स्वरुपै अर्को हुन्छ र सुख पाइन्छ ।

एकपटक बुद्धले अम्बशाली नामक एक वेश्यासित भेट गरेछन् । लोकले भने-‘गुरुदेव हजुर यस गाउँमा नयाँ हुनुहुन्छ थाहा छैन, अम्बशाली ठीक मानिस होइन ऊ दुराचारिणी हो । त्यस्ता सितको भेटले हजुरलाई नै कलङ्कित बनाउँछ ।’ बुद्धदेवले सबैलाई एकअर्काको एकएक हात समाउन लगाउन भयो र एकएक हातले ताली बजाउन भन्नुभयो । लोकले – ‘एउटा हातले मात्र कसरी ताली बजाउनु ?’ त्यसपछि बुद्धले सम्झाउँदै भन्नुभयो भने- ‘हो जसरी एउटा हातले ताली बज्दैन त्यसैगरी अरू खराब नभई अम्बशाली एक्लै पनि खराब हुन सक्दिनन् । अरू खराब भएकैले उनी पनि खराब हुन पुगेकी हुन् । अझ यसलाई यसरी बुझ्दा राम्रो हुन्छ- खराब व्यक्तिको सङ्गतकै कारण अम्बशाली पनि खराब देखिएकी हुन् । आफू नबिग्री संसार बिग्रनै सक्दैन ।

आफू भला जगत् भला भन्ने त उखानै छ । स्वाभाविक हो संसारमा खराबी देखिन सक्छ तर बुझ्न पर्ने कुरो चाहिँ के हो भने संसारमा जे जति खराबी देखिन्छन् ती सबै द्रष्टाको आˆनै स्वरूप प्रत्यावर्तन बाहेक केही पनि होइन ।’ त्यसपछि उनीहरू लाजले रातोपिरो मात्र भएनछन् अम्बशालीमाथि हेर्ने दृष्टिमा पनि सय डिग्रीको परिवर्तन ल्याएछन् । हामीलाई थाहा छ यदाकदा खाना पकाउँदा आगोले हात पोलिरहेको मात्र हुँदैन तरकारी काट्दा चक्कुले हात पनि काटिरहेको हुन्छ । चलाउन जाने त्यही हतियारले जीवन दिन पनि सक्छ नजाने त्यही हतियारले जीवन लिन पनि सक्छ । संसार पनि त्यस्तै हो । चलाउन जाने त्यही संसार स्वर्गीय सुखको कारण बनिरहेको हुन्छ नजाने त्यही संसार सडेर यति बढी गनाउन पुग्छ कि वरिपरि जान पनि सकिन्न ।

आफू सज्जन भएकाले प्रहृलादका निम्ति त्यही आगो श्रीखण्डभन्दा पनि शीतल हुन पुगिरहेको थियो भने खराब नियतको वशका पर्दा होलिकाको निम्ति त्यही आगो प्राणघातक बन्न पुगेको थियो । सत्यधर्मको बाटो समाएकाले दासरथी रामलाई बाँदर र बाघभालुले पनि सघाइरहेका थिए भने तुच्छ स्वार्थको पछि लागेर कुमार्ग समाउन पुगेकाले रावणले भने आˆनै पत्नी मन्दोदरीको समेत नैतिक समर्थन पाउन सकिरहेका थिएनन् । बाटो नछोडी निरन्तर हिँडिरहे जति नै टाडा भए पनि एकदिन गन्तव्य भेट्टाउन सकिन्छ होइन मूल बाटो छोडी जुन मन लाग्यो त्यही नै बाटो समाउने हो भने कुनै पनि बेला दुर्घटनाको सिकार हुनुपर्छ हामी नै भनौ यतिबेला दोष कसलाई दिने । यसो त संसारमा दुर्जन र मुर्खको कमी छैन । झन् स्वार्थका निम्ति पागल हुनेहरू त कति छन् कति ।

आचार्य चाणक्य भन्नुहुन्छ जसरी सबै सर्पमा मणि, सबै हात्तीमा मोती र सबै वनमा श्रीखण्ड हुँँदैन त्यसैगरी सबै व्यक्ति सज्जन नै हुन्छन् भन्न पनि सकिन्न । यस्तो अवस्थामा आफू सज्जन हुँदैमा सबै सज्जन भइहाल्छन् र सबैबाट सज्जनोचित व्यवहार पाउन सकिन्छ भन्ने आशा गर्नु चिलाउनेको बोटमा पनि अम्बाको आशा गर्नु जस्तै हुनसक्छ । स्वाभाविक हो चिलाउनेको बोटमा सिधै अम्बाको आश गर्न त सकिन्न तर के पनि वास्तविकता हो भने तरिका जान्ने हो भने चिलाउनेको बोटलाई पनि सदुपयोग गरेर अम्बाको बोटजस्तै सुमधुर फलप्रदायक भने बनाउन सकिन्छ । कसैका निम्ति कोही कसैले हिंस्रक जनावरबाट पनि जीवनवृत्तिको आधार बनेका प्रशस्त उदाहरण छन् । प्रायः हामी भन्ने गर्छौं अमुक व्यक्ति वा चीजले दिनु दुःख दियो तर आफूले के गरेका थियौँ र उसले त्यसरी दुःख दियो भन्ने कुरो भने बिर्सन्छौँ । मुख्य गडबडी नै यहीँ भइरहेको छ । त्यसैले साँच्चै हामीले संसारबाट सुख खोजेका हौँ भने दोषजति अरूलाई दिने वर्तमान प्रवृत्तिबाट पर हटी आफँैभित्र त्यसको कारण खोज्ने परिपाटी अपनाउनैपर्छ ।

साभार :  नेट आवर साईबर क्याफे

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: