Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो वेद ?

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। वेद शब्द संस्कृत भाषाको “विद्” धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरू लाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले इनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन। आर्य-भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ । वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे ।

वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणे स्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ । युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् ।

वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: