सनातन धर्म र यसका विशेषताहरू

Madhusudan Subedi
    मधुसूदन सुवेदी

धेरै समय पहिलादेखि हालसम्म चलिआएको सनातन धर्मको विशेषताहरु भनेका यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ। धार्मिक एवं सम्बैधानिक रूपमा नेपाल विशुद्ध हिन्दू धर्मावलम्बी राष्ट्र हो। सनातन धर्ममा सङ्गीर्णता नभएर उदारता, त्याग, तपस्या एवं कर्तव्य परायणताको नै विशेषता रहि आएको छ । सनातन धर्मको संंस्कार एवं संस्कृति नै वैदिक पौराणिक संस्कार संस्कृतिबाट अनुप्रेरित रहेको हुँदा त्यसका महान् मानवीय गुणहरूको विशेषताहरू धर्ममा रहेका छन् । जसको पालना पूर्वकाल देखिनै नेपालले गरिरहेको  छ । वर्तमान युगमा नेपाल नै विश्वको एक मात्र हिन्दू राष्ट्र हो । अतः यसको संरक्षण एवं सम्बर्धनको सम्पूर्ण जिम्मेवारी पनि नेपालले वहन गर्दै आएको छ । प्राचीन कालका ग्रन्थहरू कौटिल्य अर्थशास्त्र, वराह पुराण, कहणकृत  राजतरङ्किणी र स्कन्दपुराण आदिमा पनि नेपालका विशेषता र नेपाली भूमिकाहरू उल्लेखनीय रहेका छन् । जसको निर्वाह मात्र नगरेर नेपालले आफ्नो कर्तव्य परायणताको पनि पूर्ण परिचय दिएको छ ।

सनातन धर्मका विशेषताहरू

सनातन धर्म

१) निराशावादी होइन–आशावादी हो ।

२) अन्ध भक्तिवादी होइन – ज्ञानवादी हो ।

३) सम्प्रदायवादी होइन – विकासवादी हो ।

४) भाग्यवादी होइन – कर्तव्यवादी हो ।

५) अन्धविश्वासवादी होइन – बुद्धिवादी हो ।

६) निहित स्वार्थवादी होइन – त्यागवादी हो ।

७) बर्बरतावादी होइन – प्रजातन्त्रवादी हो ।

८) हिंसावादी होइन – अहिंसावादी हो ।

९) अनैतिक भौतिकवादी होइन – नैतिक अध्यात्मवादी हो ।

१०) दासतावादी होइन – श्रद्धावादी हो ।

११) प्रतिशोधवादी होइन – प्रतियोगितावादी हो ।

१२) सङ्गीर्णतावादी होइन – समन्वयवादी हो ।

१३)  अनुदारवादी होइन – उदारवादी हो ।

                यी माथिका मतमा धार्मिक एकता छ, बाटो अलग छ, तर गन्तव्य स्थल एकै छ । आजकाल शैव, वैष्णव, शाक्त, कृष्ण प्रणामी, सीख, जैन, ईसाई, इस्लाम आदि छन् । अरू मतावलम्बीहरूलाई वास्ता नगर्ने, ती धर्मलाई तुच्छ सम्झने प्रथा चल्न आई धार्मिक एकतामा साम्प्रदायिक भावना वढदै गएको छ । यो राम्रो होइन जुन मतमा लागेपनि धर्मका निर्देशन पालनागर्ने सज्जन भक्तहरूको गन्तव्य स्थल एउटै हुन्छ । त्यस्तो भावनाबाट आफ्नो पनि परमपुरुषार्थ साधनमा बाधा पर्दछ । त्यसैले हामी सबै आफ्नो रुचिअनुसार जुन मतमा लागे पनि सदभावना, समभावना, सद्विचार, सत्कर्म, सद्व्यवहार, परोपकार, दया, क्षमा, सत्यवादीता, इन्द्रिय दमन आदिमा लागि आफ्नो नर (मनुष्य) जन्म सफल पार्ने तर्फ हामी सबै लागौं ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्