Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नासाले पत्ता लगायो रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुल

नासाले पत्ता लगायो रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुल। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको ढुंगाको पुललाई सेतु अथवा येड्म्स ब्रिज भनिन्छ । हिन्दु विश्वास अनुसार यहाँ भगवान रामले श्रीलंकामाथि लडाई गर्नु अघि ढुंगाको सहायताले सेतुको निर्माण गराएका थिए, जसमा चढेर वाँदर सेना श्रीलंका पुगेको थियो र विजय पाएको थियो । पछि रामले विभीषणको अनुरोधमा धनुषकोटि नामक स्थानमा यस सेतुलाई तोडिदिएका थिए । भारतका दक्षिणपूर्वी तट रामेश्वरम द्वीप तथा श्रीलंकाको उत्तर-पश्चिमी तट  मन्नार द्वीपको मध्ध भागमा चुनले बनेको ३० माइल (४८ कि.मी) लामो आदि-सेतुको अवशेष आज पनि यहाँ सागरमा देखिन्छ । सेतुको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।

इनसाइक्लोपेडिया ब्रिटेनिकामा यसलाई एडम्स ब्रिज संगै राम सेतु भनिएको छ । नासा र भारतीय सेटेलाईट देखि लिइएको चित्रहरुमा धनुषकोटि देखि जाफनासम्म जुन एक पातुलो द्वीपहरूलाई रेखा देखिन्छ, त्यसलाई नै आज रामसेतुको नामले चिनिन्छ । त्यहि पुललाई पछी एडम्स ब्रिजको नाम दिइयो ।

नासाको स्याटेलाइटले खिचेको तस्बिर 

नासाले पत्ता लगायो रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको ढुंगाको पुल सेतु

सेतुको पौराणिक सन्दर्भ

सम्पूर्ण भारत, दक्षिण पूर्व एसिया र पूर्व एसियाको धेरै देशहरुमा हरेक बर्ष दशैंमा र रामको जीवनमा आधारित सबै तरिकाको नृत्य-नाटकमा सेतु बंधनको वर्णन गर्ने गरिएको छ । श्रीरामले बनाएको यस पुलको वर्णन रामायणमा त छदै छ, महाभारतमा पनि श्री रामको नल सेतुको जिकिर गरिएको छ । कालीदासको रघुवंशमा पनि सेतुको वर्णन छ ।

अनेक पुराणहरुमा पनि श्रीरामसेतुको विवरण आउँछ ।  यहाँ राम-सेतुको निर्माणमा प्रयोग भएको ढुंगा पनि पाइन्छन्, जुन पानीमा तैरिने गरेको छ । मान्यता अनुसार नल-निल नामक दुई वाँदरहरूले उनले पाएको वरदानको कारण जस ढुंगा शिलालाई छून्थे, त्यो पानीमा तैरिन्थ्यो, जुन सेतुको निर्माणमा काम आयो । एउटा मान्यतानुसार यो दुवै सेतु-विद्यामा पोख्त थिए।

सम्वन्धित तस्वीर

१.  रामायणमा राम सेतुको व्याख्या

रामायणमा राम सेतुको व्याख्या

 

 

 

 

 

 

 

 

 

 

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: