नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि

 

Rajeshman KC
   राजेशमान के.सी

नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि । कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिले अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै मुलुक आज आˆनो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणसँगै नयाँ नेपाल निर्माणको प्रसड्ढ उठिरहेका बेला समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसको समुचित प्रयोग गर्नसके नेपाल र नेपालीको जीवनस्तर उकास्ने कार्यमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

जनताको आर्थिक-सामाजिक जीवनस्तर उकास्न गहन योगदान पुर्‍याउन सक्ने स्पष्ट हुँदाहुँदै यसले उचित प्राथमिकता पाउन सकिरहेको देखिँदैन । फलस्वरूप नेपालले विज्ञान प्रविधिको अधिकतम उपयोग गरी हाल जटिल समस्याको रूपमा देखापरिरहेको गरिबी न्यूनीकरण गर्न एवम् जनताको आर्थिक जीवनस्तर उकास्ने कार्यमा यथेष्ट ध्यान पुर्‍याउन सकिरहेको छैन । विगत केही दसकयता नेपालले विज्ञानप्रविधिको क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

विज्ञान प्रविधिसँग सम्बन्धित केही राष्ट्रिय स्तरका सङ्घसंस्था स्थापना भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -नास्ट) द्वारा प्रकाशित विवरण अनुसार हाल नेपालमा विज्ञान प्रविधि क्षेत्रमा संलग्न जनशक्तिको सङ्ख्या २८ हजार १ सय ३४ रहेको छ । जसमा पुरुषको सङ्ख्या ८५ प्रतिशत र महिलाको सङ्ख्या १५ प्रतिशत रहेको छ । त्यस्तै केही वर्षयता आएर विज्ञान प्रविधिसम्बन्धी अध्ययन संस्थाहरूमा विद्यार्थीहरूको भर्ना सङ्ख्या जुन अनुपातमा वृद्धि भइरहेको छ र जुन अनुपातमा विभिन्न प्राविधिक शिक्षण संस्थाको स्थापना गर्ने क्रम पनि बढिरहेको छ, यसबाट पनि विज्ञान प्रविधिसम्बन्धी जनशक्तिको विकासले सङ्ख्यात्मक र गुणात्मक रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

विज्ञान र प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान भनेको छोटो वा अल्प समयमै पूरा हुने कुरा होइन । यसका लागि निकै लामो समय, श्रम र लगानीको आवश्यकता पर्दछ । त्यसमाथि विज्ञान प्रविधिको क्षेत्रमा राज्यले गर्ने लगानी अत्यन्त कम रहेको कतिपय बुद्धिजीवीको धारणा आˆनो ठाउँमा छँदैछ । मुलुकका लागि राज्यले आˆनो राष्ट्रिय बजेटको ठूलो अंश केवल विज्ञान प्रविधिको क्षेत्रमा मात्र भनेर छुट्याउन सक्तैन । त्यसैले यसका लागि सामान्य नेपाली जनताको आधारभूत आवश्यक वस्तु परिपूर्ति गरी उनीहरूको जीवनस्तर माथि उकास्न सघाउ पुग्ने क्षेत्रहरू जस्तै कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवं प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा, बायो ग्यास आदि जस्ता क्षेत्रमा बढी केन्दि्रत रहेर आˆनो लगानी बढाउन सकियो भने यसबाट देशको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने ठहर विज्ञहरूको रहेको छ ।

विज्ञान र प्रविधिको विकासले मानवीय जीवन अत्यन्त सरल र सहज बन्दै गइरहेको छ । मानिसको भौतिक सुविधामा वृद्धि हुनाका साथै जीवनशैली परिवर्तन हुनुमा समेत विज्ञान प्रविधिको देन महत्त्वपूर्ण रहेको छ । यद्यपि विज्ञानप्रविधिको चमत्कारिक विकासले एकातिर विश्वमा मानव जीवनशैलीमा नै कायापलट भएको छ भने अर्कोतिर भोक, रोग, गरिबी र पछौटेपन जस्ता विसङ्गति र अकाल मृत्युजस्तो त्रासदी बेहोर्नुपरेको अवस्था पनि हाम्रा सामु विद्यमान छन् । तथापि खाद्यान्न, लत्ताकपडा, आवास, शिक्षा एवं स्वास्थ्य जस्ता नेपाली जनताका आधारभूत मानवीय आवश्यकता पूरा गर्न विज्ञान र प्रविधियुक्त सीप कौशल र जनशक्तिको भूमिका भने महत्त्वपूर्ण रहेको हुन्छ ।

त्यसैले उन्नत प्रविधिको हस्तान्तरण, आर्थिक स्रोतको व्यवस्थित परिचालन तथा नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाका माग वास्तवमा विज्ञान एवं प्रविधिको पृष्ठभूमिको सन्दर्भमा सोच्नुपर्ने कुरा हुन् । त्यसमा पनि नेपालजस्तो अल्पविकसित मुलुकका लागि हाम्रो आˆनै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी विज्ञान प्रविधिको विकासद्वारा नयाँ नेपाल निर्माणतर्फ अग्रसर रहनुपर्ने खाँचो टड्कारो देखिएको छ । यहाँ मनन गर्नुपर्ने मुख्य कुरा के हो भने हाम्रोजस्तो भौगोलिक विकटता र प्राकृतिक विविधता भएको मुलुकमा विश्व बजारमा आयातित सबै प्रविधि उपयुक्त र उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन । तसर्थ तिनलाई मुलुकको भौगोलिक स्थिति र अवस्था सुहाउँदो किसिमले परिवर्तन एवं परिमार्जन तुल्याउनु आवश्यक छ ।

मुलुकमा विज्ञान प्रविधि विकासका लागि राज्यस्तरमा नीति निर्माण गर्न र मुलुकमा विद्यमान विज्ञान प्रविधिसम्बन्धी निकाय र सङ्घसंस्थाहरूबीच आपसी सहयोग र समन्वय कायम गर्न वि.सं. २०५३ सालमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको हो । हाल यस मन्त्रालयमा वातावरणसम्बन्धी विषयसमेत समावेश गरी वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय भनी नामकरण गरिएको छ । स्पष्टरूपमा भन्नुपर्दा विज्ञान प्रविधि मन्त्रालय भनेको मुलुकमा विज्ञान प्रविधि विकासका साथै विज्ञान प्रविधिसम्बन्धी नीति निर्माण गर्ने र सोको कार्यान्वयनसमेत गर्ने गराउने गहन जिम्मेवारी र कर्तव्य बोकेको सरकारको एउटा महत्त्वपूर्ण निकाय हो भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान -नास्ट) पनि मुलुकमा विज्ञान प्रविधिसम्बन्धी प्रवर्द्धन र चेतना फैलाउन स्थापित एक स्वायत्त र स्वशासित प्राज्ञिक संस्था हो ।

राज्यका यी दुवै प्राज्ञिक र सरकारी उच्चस्तरीय निकायहरूबीच आपसी सहयोग र समन्वय कायम राखी नयाँ नेपाल निर्माणको प्रमुख आधार मानिने विज्ञान प्रविधि क्षेत्रको विकासलाई निर्बाधरूपमा अघि बढाउन मन्त्रालय र नास्टले विशेष सक्रिय र अग्रसरता देखाउनुपर्ने कुरामा कसैको विमति रहँदैन । यस क्रममा देशभित्र उचित अवसर र वातावरण पाउन नसकी विदेशतिर पलायन हुनपुगेका वैज्ञानिक प्रतिभाहरूलाई समेत कसरी आˆनै मुलुकमा फर्काउन सकिन्छ र उनीहरूलाई देशभित्र आवश्यक एवम् उपयुक्त वातावरण तयार गरी निर्माणमा सहभागी गराउन सकिन्छ भन्नेतर्फ यथोचित ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ ।


लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा प्रवर्द्धन अधिकृतमा रुपमा काम गरेका थिए ।

साभार : राजेशमान के.सी.,  गोरखापत्र/मझेरी डट कम

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: