Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन अवस्था भनेको के हो?

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

 भनेको के हो?

क) जाग्रत,  ख) स्वप्न, ग) सुषुप्ति

क) जाग्रत अवस्था

जुन अवस्थामा शरीरलाई इन्द्रीयद्वारा स्थूल विषयको उपलब्धि सम्भव हुन्छ । पूर्वजन्ममा गरिएको पाप–पुण्यको फलभोग गर्न स्थूल शरीर खडा भएको हो । पुण्य–पापको न्यूनाधिकले देवता, मनुष्य, पंक्षीको शरीरको रूपमा उत्पत्ति हुन्छ । शरीर कर्मानुसार सुख, दुःख भोग गर्ने यन्त्र हो । जाग्रत अवस्थामा मानिसको यो स्थूल देहमा अभिमान हुन्छ अर्थात् यस अवस्थामा शरीरलाई नै आफू सम्झन्छ  र उसले सम्पूर्ण भोग यसै शरीरबाट गर्दछ यस अवस्थाको साक्षीस्वरूप विश्व हो । ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘ वैश्वानर‘ भनिन्छ। यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ, जहाँ केवल बाह्य संसारको अनुभूती गर्न सकिन्छ।

ख) स्वप्न अवस्था

स्वप्न अवस्थामा स्थूलभोग विषय एवं इन्द्रियको अभाव हुन्छ तापनि वासनामय शब्दादि विषयको ग्रहण सम्भव हुन्छ । यस अवस्थामा स्थूल देहसँग मनको संयोग हुँदैन, त्यसैले स्वरूपको प्रतिफल हुन पनि सम्भव छैन । यो अवस्थामा अनेकन जन्मका वासनाद्वारा वासनामय देह इन्द्रिय खडा हुन्छन् र तिनैबाट विषयको भोग सम्भव हुन्छ । यस अवस्थाको साक्षी स्वरूप तैजस हो । ‘स्वप्न ‘ अवस्थाको आत्मालाई ‘तेजस ‘ भनिन्छ। यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ, जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ, जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ।

ग) सुषुप्ति अवस्था

यस अवस्थामा न त कुनै विषयको कामना हुन्छ, न त स्वप्न नै देखिन्छ । यस्तो अवस्थालाई सुषुप्ति भनिन्छ । प्रतिबिम्बित चित् (चिदाभाष) लाई सुषुप्ति अवस्था भनिन्छ । जीवको स्थिति केवल यसैमा स्थित हुन्छ । यो अवस्थामा जीवलाई संसारको आनन्दको आभास हुन्छ । तर यस अवस्थामा प्रतीत भएको आनन्द तमोगुणबाट प्रकट भएको वृत्तिको कारण हो । यस अवस्थाको साक्षी  ‘प्रज्ञ’हो । ‘सुषुप्ति‘ अवस्थाको आत्मालाई ‘प्रज्ञ‘ भनिन्छ। यसलाई प्रगाढ निन्द्राको रूपमा लिन सकिन्छ, जहाँ आनन्दमय ज्ञानको स्वरूप प्राप्त गर्न सकिन्छ, जहाँ इच्छा-आकाङ्क्षा लोप हुन्छ र सर्वेश्वर, सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूती हुन्छ।

 केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: