को थिए महर्षि वेदव्यास ?

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

को थिए महर्षि वेदव्यास ? महर्षि वेदव्यास पराशरका पुत्र हुन् । यिनी कैवर्तराजकी पोष्यपुत्री सत्यवतीको गर्भबाट जन्मेका थिए । व्यासजी एक अलौकिक शक्तिसम्पन्न महान् कारक पुरुष हुन् । व्यक्तिहरूको धारणा शक्ति क्षीण भएको देखेर यिनले वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यतिलाई चार भाग गरेर एक एक संहिता बनाई आफ्ना  एक एक शिष्यलाई पढाए । एक एक संहितालाई फेरि धेरै शाखा, प्रशाखाहरूमा परिणत गराए । यस प्रकार यिनैको प्रयत्नबाट वैदिक वाङ्मयको धेरै किसिमको विस्तार भयो । व्यास भन्दछन् वेदको विस्तार यसै क्रममा भएको हो, यसैले गर्दा यिनी वेदव्यासको नामले प्रसिद्ध भए । यिनको जन्म एक टाकुरा भित्र भएको थियो र यिनको वर्ण श्याम (कालो) थियो, यसै कारण यिनलाई कृष्णद्वैपायन पनि भन्दथे । बदरीवनमा (बयरको जङ्कलमा ) रहनाको कारण यिनको एक नाम बादरायण पनि छ ।

अठारपुराण एवं महाभारतको रचना यिनै द्वारा भयो र संक्षेपमा उपनिषद्हरूको तत्व संझाउनका लागि यिनले ब्रम्हसूत्रको निर्माण गरे, जसमाथि विभिन्न आचार्यहरूले विभिन्न भाष्यहरूको रचना गरेर आ–आफ्नो अलग मत स्थापित गरे । व्यासस्मृतिको नामबाट यिनले रचना गरेको एक स्मृतिग्रन्थ पनि उपलब्ध हुन्छ । यस प्रकार भारतीय वाङ्मय एवं हिन्दू संस्कृतिमाथि व्यासजीको ज्यादै ठूलो ऋण छ । श्रुति स्मृति इतिहास पुराणले भने अनुसार सनातन धर्मको व्यासजी एक प्रधान व्याख्याता भन्न सकिन्छ । यिनले गरेको उपकारलाई हिन्दू जाति कहिले पनि अऋणि हुन सक्दैनन् । जबसम्म हिन्दू जाति र हिन्दू संस्कृति जीवित रहन्छ, तबसम्म इतिहासमा व्यासजीको नाम अमर रहन्छ । यिनी यस जगत्को एक महान् पथप्रदर्शक र शिक्षक मान्न सकिन्छ । यसैले यिनलाई जगद्गुरु भन्ने गौरव प्राप्त छ । गुरुपूर्णिमाको दिन प्रत्येक आस्तिक हिन्दू गृहस्थ यिनको पूजा गर्दछन् । भगवद्गीता जस्तो अनुपम रत्न पनि संसारमा व्यासजीको कृपाले नै प्राप्त भयो । यिनले नै भगवान् श्रीकृष्णलाई अमर उपदेशक भनी आफ्नो महाभारत संहितामा उल्लेख गरेर उनलाई संसारको लागि सुलभ बनाइदिए ।

महर्षि वेदव्यास त्रिकालदर्शी एवं आफुले इच्छा गरेको पुयाउने व्यक्ति थिए । उनी प्रत्येकको मनको कुरा जान्दथे र इच्छा गरेको स्थानमा जहाँ पनि जानचाहन्थे, तुरुन्त त्यही पुग्दथे । यिनी जन्म लिदाखेरि नै आफ्नो आमाको आज्ञा लिएर वनमा तपस्या गर्न हिंडे । जाने समयमा यिनले आमालाई भने कि जब कुनै पनि समयमा तपाईंलाई मेरो सहायताको आवश्यकता पर्दछ, तपाईं मलाई याद गर्नुहोला । म त्यसै समय तपाईं रहेको ठाउँमा आइपुग्ने छु ।

जब पाण्डव, विदुरजीले बताएको जुक्तिको अनुशरण गरेर लाक्षाभवनबाट भागेर एकचक्रा शरहमा गएर रहन लागे, त्यस समय एक दिन व्यासजी उनीहरूलाई भेटन भनी गए र प्रसङ्कवस उनले उहाँहरूलाई दौपदीको पूर्वजन्मवारे सबै कुरा सुनाउँदै यो बताएकी ती कन्या तिमीहरूको लागि पहिले नै निश्चित थियो । यस्तो कुरा सुनेर पाण्डवहरूलाई ज्यादै प्रसन्नता तथा उत्सुक्ता भयो र उनीहरू दु्रपदकुमारीको स्वयम्बरमा सम्मिलित हुनाका लागि पाञ्चालनगरतर्पm गए । उहाँ गएर जब अर्जुनले स्वयम्वरको सर्त पूरागरेर द्रौपदीलाई जिते र माता कुन्तीको आज्ञाले पाँचै भाइले उनीसँग विवाह गर्न चाहे, तब राजा दु्रपदले यस कुरालाई आपत्ती जनाए । त्यही समय व्यासजी त्यहाँ आइपुगे र यिनले दु्रपदका द्रौपदीको पूर्वजन्मको वृत्तान्त सुनाएर पाँचै भाइहरूका साथ आफ्नो कन्याको विवाह गरिदिनका लागि राजी तुल्याए ।

महाराज युधिष्ठिरले जब इन्द्रप्रस्थमा राजसूययज्ञ गराए, त्यस समय पनि वेदव्यासजी यज्ञमा सम्मिलित हुनका लागि आफ्ना  शिष्यमण्डलीका साथ त्यहाँ आइपुगेका थिए । यज्ञ समाप्त हुँदा यिनी विदा हुनका लागि युधिष्ठिरकहाँ गए र कुरै कुरामा यिनले युधिष्ठिरलाई भने– आजबाट तेîवर्ष पछि क्षत्रियहरूको महासंहार हुनेछ, जसमा दुर्योधनको अपराधले तिमी  निमित्त बन्ने छौ ।

पाण्डवले सर्वस्य छोडेर तथा वारहवर्षको लामो अवधिको लागि वन पठाएर पनि दुर्योधनलाई सन्तोष भएन । पाण्डवहरूलाई वनमा नै मार्ने सोच बनाउन लागे । आफ्नो मामा शकुनि, कर्ण सार्थ दुःशासनसँग सल्लाह गरेर उसले चुपचाप पाण्डवमाथि आक्रमण गर्ने निश्चय गरे र सबै व्यक्ति सस्त्रअस्त्रबाट सुसज्जित भएर रथमा सवार भई वनतर्फ लागे । व्यासजीले आफ्नो दिव्यदृष्टिले उनको यस दुरभिसन्धिलाई पत्ता लगाए । तुरुन्त उनको नजिक गएर उनले यस घोर दुष्कर्मलाई मनाइ गरे । यसपछि यिनले धृतराष्ट्रकहाँ गएर उनलाई संझाए तिमीले जुवामा हराएर पाण्डवलाई वनमा पठाइदियौ, यो राम्रो काम गरेनौ । यसको परिणाम राम्रो हुने छैन । तिमी यदि आफु तथा आफ्ना  छोराहरूको हित चाहन्छौ भने अझै पनि संहालिने समय छ । भन, यो कस्तो कुरा हो दुरात्मा दुर्योधन राज्यको लोभले पाण्डवलाई मार्न चाहन्छन् । म भनिदिने छु कि आफ्नो यी लाडप्यारमा रहेको छोरालाई यस कामबाट रोक । उनी चुपचाप घरमै बसिरहे ।

यदि उसले पाण्डवहरूलाई मार्ने चेष्ठा गरे भने ऊ स्वयं आफु मारिनेछ । यदि तिमी आफ्नो छोराको द्वेष–बुद्धिलाई संझाउने चेष्टा गर्दैनो भने ज्यादै अनर्थ हुनेछ । मेरो भनाइ ता यस्तो छ कि दुर्योधन एक्लै नै वनमा गएर पाण्डवहरूसँग रहोस् । सम्भव छ, पाण्डवहरूको सत्सङ्कबाट  उसको द्वेषभाव हटेर पे्रमभाव जागृत हुनसक्छ । तर यो कुरा ज्यादै कठिन छ, किनकि जन्मगत स्वभावलाई बदल्न सहज हुँदैन । यदि तिमी कुरुवंशीहरूको रक्षा र उनीहरूको जीवन चाहन्छौ भने आफ्नो छोरालाई भन –तिमीहरू पाण्डवसँग मेलमिलाप गर । यसरी व्यासजीले धृतराष्ट्रलाई यो पनि भने कि केही वेरमै महर्षि मैत्रेयजी यहाँ आउँदै हुनुहुन्छ । उहाँले तिम्रो छोरालाई पाण्डवसँग मेलमिलाप गर्न उपदेश दिनुहुनेछ । उहाँले जस्तो भन्नुहुन्छ विनासोच विचार तिमीहरूले त्यस्तै गर्नु पर्दछ । यदि उनको कुरा मान्दैनौ भने उहाँ रिसाएर श्राप दिनुहुने छ । तर दुष्ट दुर्योधनले उहाँको कुरा मानेनन् र फलतः महर्षि मैत्रेयजीको क्रोधयुक्त बन्नु पयो ।

व्यासजी त्रिकालदर्शी ता हुनुहुन्थ्यो नै, यिनको सामथ्र्य पनि  अदभुत थियो । जब पाण्डवहरू वनमा रहेका थिए, त्यस समय यिनीहरूले एक दिन उनीहरू कहाँ गएर युधिष्ठिरद्वारा अर्जुनलाई प्रतिस्मृति विद्याको उपदेश दिए, जसले गर्दा उनमा देवदर्शनको योग्यता हुन पुग्यो । यतिमात्र होइन, यिनले सञ्जयलाई दिव्यदृष्टि दिए, जसको प्रभावले उनलाई खालि युद्धको सबै कुराको मात्र ज्ञान भएन वरू उनमा भगवान्को विश्वरूप एवं दिव्य चतुर्भुजरूपको देवदुर्लभ दर्शनको योग्यता पति आयो र उनी साक्षात् भगवान् श्रीकृष्णको मुखारविन्दबाट भगवद्गीताको दिव्य उपदेशको पनि श्रवण गर्न सके । जसले गर्दा अर्जुनले वाहेक अरू कसैले पनि सुन्न पाएका थिएनन् । जुन दिव्य दृष्टिको प्रभावबाट सञ्जयमा यति धेरै योग्यता आयो, त्यस दिव्यदृष्टि प्रदान गर्ने महर्षि वेदव्यासमा कति सामथ्र्य होला भन्ने कुरा हामी अनुमान नै लगाउन सक्दैनौ । यी साक्षात् भगवान् नारायणको कला हो भन्ने बुझिन्छ ।

एक पटक जब धृतराष्ट्र र गान्धारी वनमा रहेका थिए त्यस वेला महाराज युधिष्ठिर पनि आफ्ना  परिवारका साथ उहाँलाई भेट्न भनी गएका थिए । व्यासजी त्यहाँ आउनुभयो उहाँले देख्नुभयो कि धृतराष्ट्र र गान्धारीको मानसपटलमा पुत्रशोक अहिलेसम्म पनि हराएको रहेन छ साथै कुन्ती पनि आफ्नो नातीहरूको वियोगमा दुःखी थिइन् र यिनीहरूले धृतराष्ट्रसँग बहिनीको बारे भने । राजा धृतराष्ट्रले उनीहरूसँग यो जान्न चाहन्थे महाभारत युद्धमा उनका जुन कुटुम्बहरू र मित्रहरूको नाश भएको छ, उनीहरूको के दशा भयोहोला । साथै व्यासजीसँग उनीहरूले एक पटक देखाइदिन प्रार्थना गरे । व्यासजीले उनको प्रार्थनालाई स्वीकार गर्दै गान्धारीसँग भने आज रातको नै तपाईंहरू सबै जनाले आफ्ना  मरेका बन्धुहरू जस्ताको तस्तै देख्ने छौ, जसरी कोही सुतेर उठेको मानिसलाई देखे । सायंकालको नित्यकर्म गरेर व्यासजीको आज्ञाले सबै जवान गङ्का किनारमा उपस्थित भए । व्यासजीले गङ्काको पवित्र जलमा पसेर पाण्डव एवं कौरवपक्षको योद्धाहरू, जो युद्धमा मारियेका थियौ, आवाज देउ । त्यसै समय जलमा त्यस्तै नै कोलाहल आवाज सुनियो, जब कौरव एवं पाण्डवहरूका सेनाहरू एकत्र हुँदा कुरुक्षेत्र मैदानमा होहल्ला सुनिन्थ्यो त्यस्तै आवाज सुनियो । यसपछि भीष्म र द्रोणलाई अगाडि लगाई सबै राजा र राजकुमार, जसले युद्धमा वीरगति प्राप्त गरेका थिए, सहसा जलबाट बाहिर निक्लेर आए ।

युद्धको समयमा जुन वीरको जस्तो भेष थियो, जस्तो ध्वजा थियो, जुन वाहन थियो, ती सबै जस्ताको तस्तै त्यहाँ देखिए । ती दिव्य वस्त्र र दिव्य माला धारण गरिएका थिए, सबैले उज्वल चम्किलो कुण्डल लगाइरहेका थिए र सबैको शरीर दिव्य प्रभाले चम्किरहेका थियो । सब का सब निर्वैर, निरभिमान, क्रोधरहित र डाहबाट सून्य प्रतित देखिन्थे । गन्धर्व उनका यश गाइरहेका थिए र वन्दी व्यक्ति स्तुति गरिरहेका थिए । त्यसै समय व्यासजीले धृतराष्ट्रलाई दिव्य नेत्र दिनुभयो, जसले गर्दा उनले सबै योद्धाहरूलाई राम्रोसँग देख्न सके । त्यो दृश्य अदभुत, अचिन्त्य र रोमाञ्चकारी थियो । सबै व्यक्तिले आँखा नझिंक्याई त्यस दृश्यलाई हेरे । त्यसपछि सबै आएका योद्धाले आ–आफ्ना  सम्बन्धिहरूसँग रिस राग वैरभाव छोडेर मिले । यस प्रकार रातभर प्रेमीहरूका ती समागम चलि नै रèो । त्यसपछि सबै योद्धाहरू जसरी आएका थिए, त्यसरी नै भागीरथीको जलमा प्रवेश गरेरआ–आफ्नो लोक गए । त्यस समय वेदव्यासजीले, जुन स्त्रीहरूको पतिले वीरगति प्राप्त गरेका थिए उनीहरूलाई सम्बोधन गरेर भन्नुभयो– तपाईंहरूमध्ये जो आफ्नो पतिको लोकमा जान चाहनुहुन्छ, उनीहरू गङ्कजीको जलमा गोता लगाउनु पर्दछ । यिनका यी वचनलाई सुनेर धेरै स्त्रीहरू जलभित्र पसे र मनुष्य देहलाई छोडेर आ–आफ्नो पतिको लोकमा गए । उनका पति जसरी दिव्य वस्त्र आभूषणबाट सुसज्जित भएर आएका थिए, त्यसै प्रकारको दिव्य वस्त्र आभूषण धारण गरेर तथा विमानमा बसेर उनीहरू आ–आफ्नो अभीष्ट स्थानमा पुगे ।

यता राजा जनमेजयले वैशम्पायनका मुखारवृन्दबाट जब त्यो अदभुत वृतान्त सुने, तब उनलाई मनमा ज्यादै कौतूहल भयो र उनले पनि आफ्नो स्वर्गवासी पिता महाराज परीक्षितको दर्शन गर्न इच्छा गरे । व्यासजी त्यही नै हुनुहुन्थ्यो । यिनले राजाको इच्छा पूर्ण गराउनका लागि उसै समय राजा परीक्षितलाई त्यहाँ बोलाईदिनुभयो । जनमेजयले यज्ञान्त स्नानको अवसरमा आफ्नो साथ पितालाई पनि स्नान गराइदिए  र यसपछि परीक्षित त्यहाँबाट जानुभयो । यस प्रकार महर्षि वेदव्यासले आफ्नो अलौकिक सामथ्र्यको प्रकाश गरिदिनु भयो । महर्षि वेदव्यास वास्तवमा एक अदभुत शक्तिशाली महापुरुष हुन् । यिनलाई कल्पको अन्त्यसम्म जीवित रहने बताइएको छ । अर्को मन्वन्तरमा यिनको सप्तर्षिको गणता हुनेछ । उनी आज पनि यस लोकमा विद्यमान हुनुहुन्छ र समय समयमा अधिकारी व्यक्तिहरूलाई दर्शन दिएर कृतार्थ गरिदिनुहुन्छ । भगवान् आदि शङ्गराचार्यको यिनले दर्शन पाएका थिए । महाभारतको रचयिता यिनै महर्षिको पुनीत चरणोमा मस्तक झुकाएउनु हाम्रो दायित्य हुन आउँदछ । अस्तु

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: