Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

(पुनरावृत कविता)-लेखतलालसँग अन्तरङ्ग

कृष्ण प्रसाईं
कृष्ण प्रसाईं

(पुनरावृत कविता)-लेखतलालसँग अन्तरङ्ग

 

स्मृतिमा रहिरहेछ,

जङ्ग बहादुरको ईतिहास भन्दा गहिरो

लेखतलालसँगको अन्तरङ्ग।

 

हे लेखतलाल!

कसैले लिखत भन्लान्,

कसैले लेखे भन्लान्,

कसैले जड्याहा भन्लान्।

 

रातको शुन्याता चिर्दैSet featured image,

तिम्रो आर्तनाद

पेयको रङ् मा चुहिन्थ्यो।

भट्टिकी थपेनी आमैले

तिमिलाई नुन र भट्माससँग,

साँध्न थालेपछि,

तिम्रो भावना सिशा झै फुट्थ्यो

र खुट्टा लड्खडाउउंदै,

निर्बाध,

गाउँको पीडा ओकल्थ्यौ।

र हरेक रात,

वन टु थ्री, लेखतलाल फ्री भन्थ्यौ।

दिनभरि किनारका ढुङ्गाहरुमा

प्रीति गाँस्थ्यौ,

खोलाको सङ्लो पानीमा

जिन्दगी दोहोर्‍याउथ्यौ।

 

तिम्रो पसीनाले,

फौजीको महल ठ्डियो।

भैरेको पर्खाल बेरियो।

बाटोको ढुङा र

देवनियाँ पुलको खम्बामा,

तिम्रा हातका चक्रहरु नियालेँ।

 

गाँउको जेटिए,

मसिनो काजी,

नाउँको जिमिन्दार बाजेले

तिम्रो रसिक नाचमा

कहिल्यै पसीनाको गन्ध देखेनन् र

थप्पडी पनि मारेनन्।

 

तिमी ताल विनाको धुनमा नाच्थ्यौ,

सर्गम विनाको गीतमा रम्थ्यौ,

सूर्योदयसँगै,

बगरमा व्यायाम खेल्थ्यौ र

साँझ झरेपछि

पेयमा जिन्दगिको चित्र पोत्थ्यौ ।

अन्तरङ्ग्मा प्रश्न गर्‍यौ,

म उत्तर दिदैछु।

 

हेर,

आज गाउमा

सक्कली काजी रहेनन्,

नक्कली काजीको अमूर्त शोभा छ।

नाउँका जिमिन्दार दुब्लाएर मुसो बन्दै

दूलो पस्नु अघि सम्झेनन् तिमिलाई।

जेटिएको भुँडी खस्क्यो,

ती पनि रहेनन्।

 

अब म प्रश्न गर्छु,

तिम्रो पेयलाई गाली गर्ने अहिले

तिमी सगै छ्न् त?

पाठ्क बाबै, मिश्रिनी आमै, ढुटु सतार,

बल बाहदुरकी आमा, कान्छा राई,

खर्साङे बा, कलेबुङे कान्छ, लिम्बू काइलो

सिंहराज बा, डल्ली बाहुनी …….

 

तर म तिमिलाई समचार सुनाउँछु,

गाउँमा केही उन्नति भएको छ।

खोयाका बिर्कामा ब्रान्ड बोतल

थपिएका छन्।

कमले चन्द्रेहरु मुग्लान् छिरेका छन्,

इबुले बस्तिको बीचैमा

बङुर खेती गरेको छ।

नेपाल र अमेरिकालाई डिभिले जोडेको छ।

नारद, भानु, सुवास, खुस्बूहरु उतैबाट

निरन्तर डलरमा सुगन्ध छर्दैछ्न्।

दिलसहित श्री दाइ मुग्लान् मै छन्।

देउनिँया स्कूललाई लुतोले गाँजेको छ।

सेन्ट जेभियर्स मौलाए पनि

तिम्रा नातिहरुले भर्ना पाउदैनन्।

देबुले चश्माको व्यापार सामसङ झै

फैलाएको छ।

उत्तमको आभा घट्दैछ।

रुपचन भाइहरु आइन्स्टाइन झै

गम्भीर निर्वाणमा जुटेका छ्न्।

यात्रामा किरण दमाई निरन्तर छ।

उदय, मोहन, हरि दाइ, भोटु दाइ

वाकमा हुन्छन्

घनश्यामको साइकल पसलसम्म।

 

उमनाथ बाले

अमेरिकाको वर्णन गरे।

हाउ अमेरिका स्वर्ग रहेछ।

म जिज्ञासु बनें र सोधें

बा लिखतलाल भेट्नु भो त?

किंकर्तब्यबिमूढ बाजे

अँखा तर्दै बिच्किए।

 

हे लेखतलाल!

तिमी बाँचुन्जेल

होच्याय, जड्याह भने

जूनको बीच तारा झै,

मृत्यु पछि असल भन्दै सम्झन्छन्।

 

तिम्रो दुरुस्त उत्तर सुन,

देवनियाँको वालुवा रितिएको छ,

वालुवाकर्मी बदलिएका छन्।

रातो बिल बोकेर हिड्ने गोपाल दाइ

साइकलमा हिड्न छोडेका छन्।

भाले दमाई निरस छ, एक्लो छ।

डुडि आमैको घर नासिएको छ,

भीमप्रसाद र दयारामको इनार सुक्दैछ,

तिम्रो घरसम्म चियाले ढाकेको छ।

हात्तीको त्रास उस्तै छ।

 

मलायो तिर पनि प्रशस्तै लागेका छन्।

गाउँमा

दीपक, प्रदिप, गोबिन्दे, पप्पु

डेगेन्द्र, पुष्कर, गंगा जस्तै

दुर्गाले परिश्रम पोखेकै छन्,

बिचारी मरुभूमिमा रहेछ।

हर्के अविरल देउनियाँसग बगिरहन्छ।

 

सञ्चारमा परिवर्तन भएको छ,

जुकेनबर्गको यान्त्रिक किफायतमा,

गाँउले रमिरहेका छन्,

कालुराम, रमेश, र पुष्प मामाका पसल

वालमार्ट झै चम्किएका छन्।

जय बिजयहरु दुरुस्तै

दौरिरहेका छन्।

 

पुरानासँग त सम्बाद भएकै होला।

पण्डित खगप्रसाद, पोखरेल भिनाजु,

ढुङेल बाजे, अग्निप्रसाद, डिल्ली कुमार,

माधब सर, खर्दार्नी दिदीहरु

बेस्सरी स्मरण गरिर्हेछन्।

 

हे रसिक लेखतलाल!

तिमिले

भूमण्डलिकरणको विश्व्व्यापी प्रभाब,

आधुनिक साम्राज्यवाद,

बिस्तारवाद र सिक्किमिकरण,

नव सामन्तवाद र शोशण,

र यतिबेला,

अस्थिर राजानीति अनि विखण्डनवाद

बुझ्दैनौ र बुझ्नै खोजेनौ,

यसैले त तिमी वेदर्द

म सँग अन्तरङ्ग गर्छौ।

द्रष्टव्य: वर्तमान परिवेशको भूराजनीति र आधुनिकरणलाई प्रस्तुत गर्न खोजिएको हो। पात्रहरुले सजिव नेतृत्व गरेका छन्। सहि पात्रहरु भएपनि कसैलाई होच्याउन खोजिएको हैन। यिनै पात्रहरुले देशका मानिसहरुको प्रतिनिधित्व गर्दछन्।

कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: