Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ललितपुरमा तेस्रो अन्तराष्ट्रिय दक्षिण एसिया स्तरीय जैविक प्रबिधि सम्मेलन शुरु

चैत्र ३, २०७३, ललितपुर । ललितपुरमा तेस्रो अन्तराष्ट्रिय दक्षिण एसिया स्तरीय जैविक प्रबिधि सम्मेलन शुरु बिज्ञान तथा प्रबिधि मन्त्रालय, त्रि.वि.वि. जैविक प्रबिधि केन्द्रीय विभाग, नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान, नेपाल जैविक प्रबिधि एसोसियसन र South Asian University नयाँ दिल्लीको संयुक्त आयोजनामा  “Regional Co-operation for Bio-technology”  भन्ने नाराका साथ जैविक प्रबिधिसंग सम्वन्धित विज्ञ तथा बैज्ञानिकहरु सम्मिलित अन्तराष्ट्रिय सम्मेलनको बिज्ञान तथा प्रबिधि मन्त्री माननीय प्रेमबहादुर सिंहज्यूले ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा समुद्घाटन गरी शुरु भएको छ । उहाँले पछिल्लो समय विश्वका बिकसित देशहरुमा जैविक प्रबिधिको तीव्र विकास भएतापनि केहि विकासोन्मुख देशहरुमा मात्र दीर्घकालीन रुपमा यसको बिकासमा लगानी भएको कुरा बताउनुभयो । नेपालमा जैविक प्रबिधिको अध्ययन र बिकासको लागि सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखी अघि बढाउने पनि उहाँले जानकारी गराउनु भयो । ३ दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्थान, बंगलादेश, थाइल्याण्ड, श्रीलंका, कतार, ईटाली र सयुक्त राज्य अमेरिकाका जैविक प्रबिधिसंग सम्वन्धित विज्ञ तथा बैज्ञानिकहरुको सहभागिता रहेको छ ।

उक्त सम्मेलनको उद्घाटन सत्रमा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव सर्वजित प्रसाद महतो, नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जिबराज पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठ, नेपाल जैविक प्रबिधि एसोसियसनका अध्यक्ष डा. मुकुन्द रंजित,  South Asian University  का प्रा. डा. सेंथिल के भेनुगोपाल, त्रि.वि.वि. जैविक प्रबिधि केन्द्रीय विभागका प्रमुख प्रा. कृष्णदास मानन्धरले आफ्नो धारणा राख्नु भएको थियो ।  सम्मेलनमा नेपाल लगायत विभिन्न देशका प्रतिनिधिहरुले जैविक प्रबिधिको विभिन्न विधामा १७० वटा भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछन् जसलाई १२ वटा Plenary Session मा संचालन गरिनेछ । सम्मेलनको समयमा विभिन्न देशहरुका विकास भएका जैविक प्रविधिको समिक्षा र अनुभवको आदान-प्रदान हुनेछ । नेपालले छिमेकी राष्ट्रहरु तथा बिकसिल राष्ट्रहरुमा जैविक प्रविधिको क्षेत्रमा भएको बिकासको बारेमा ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्नेछ र त्यसवाट सम्मेलनमा सहभागी बैज्ञानिकहरुलाई प्रबिधि विकास मा थप उर्जा मिल्नेछ । यसका साथै जैविक प्रविधिको क्षेत्रमा सहभागी राष्ट्रहरु वीच सहयोगको आदान प्रदान गर्न उपयुक्त मंच समेत तयार हुने अपेक्षा गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: