भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति प्रा. डा. जीवराज पोखरेल

अन्तर्वार्ता

भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति प्रा. डा. जीवराज पोखरेल  

बैशाख ११, २०७४   हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेका छन् । तर भर्खरै नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपालकार्यक्रम संचालनमा ल्याएको छ ।  बैज्ञानिक(प्राविधिक) र साहित्यिक दुवै क्षमता भएको प्राज्ञिक व्यक्तित्व प्रा. डा. जीवराज पोखरेल नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति हुनुहुन्छ । भारतको महाराजा सयाजिराओ विश्वविद्यालयबाट व्याचलर अफ आर्किटेक्चरी गर्नु भएका पोखरेलले  बेलायतको युनिभर्सिटी अफ योर्कवाट पिएचडी गरेपछि पुलचोक इन्जिनियरिंग क्याम्पसमा पढाउन थाल्नुभयो । त्यसपछी  केहि समय धरान क्याम्पसमा क्याम्पस प्रमुख पनि हुनुभयो । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा ४ वर्ष डिन भएर काम गरेपछि प्रोफेशर भएपछि सेन्टर अफ डिजास्टर स्टडीज अध्ययन केन्द्रको निर्देशक भएर पनि कार्य गर्नु भएको छ । नास्टको उपकुलपति भएको छोटो समयमै धेरै उल्लेखनीय काम गरेर बिज्ञान तथा प्रविधिको क्षेत्रमा धेरैको प्रसंशा बटुलेका अनुभवी प्राज्ञिक व्यक्तित्व उपकुलपति प्रा. डा. जीवराज पोखरेलसंग बिज्ञान तथा प्रबिधिको विकासको लागि नास्टका भावी योजनाहरुको बारेमा केन्द्रित रहँदै साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले  गरेको कुराकानी ।

१. सर त बैज्ञानिक(प्राविधिक) र साहित्यिक दुवै क्षमता भएको प्राज्ञिक व्यक्तित्व पनि हुनुहुन्छ । त्यसकारण बिज्ञान र साहित्य वीचमा कस्तो सम्वन्ध हुदो रहेछ जीवनमा ?

विज्ञान वस्तुपरक हुन्छ जब कि साहित्य भावपरक पनि । विज्ञान यथार्थमा आधारित रहन्छ ।

२. सरले केहि साहित्यिक कृतिहरू समेत प्रकाशन गर्नु भएको छ । यस बारेमा केहि बताई दिनहोस् न ।

म वास्तुकला साहित्य तथा विपद जोखिम न्यूनीकरणको विषयमा लेख्दछु । यस अनुसार पाटनको कृष्ण मन्दिर, शिक्षक-शिष्य संवाद, Architecture, Oh! Architecture वास्तुकलासित सम्वद्ध छन भने बुद्ध चरित्र संस्कृतिसित । मैना बुलबुल विपद जोखिम न्यूनीकरणसित सम्वद्ध छ । शिक्षक शिष्य संवाद वार्णिक छन्दमा लेखिएको महाकाव्य हो भने पाटनको कृष्ण मन्दिर तथा मैना बुलबुल झयाउरे छन्दमा । बुद्ध चरित्र सबाइ छन्दमा लेखिएको छ । Architecture, Oh! Architecture Shakespearean Sonnet मा लेखिएको हो।

३. नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा उपकुलपतिको रूपमा काम गर्दा के–कस्ता अवसरहरु र चुनौतीहरु छन्  ?

अवसरहरु विभिन्न छन, नयाँ-नयाँ प्रविधिको विषयमा अनुसन्धान गर्न सकिने, विदेशीसित सम्पर्क स्थापना गर्न सकिने आदि । चुनौती पनि धेरै नै छन जस्तै बजेट ल्याउनुपर्ने तर खर्च गर्न नसकिने आदि ।

४. विज्ञान तथा प्रविधि क्षेत्रका धेरै विज्ञहरूले पनि नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टयाउन सकिएको छैन भन्ने गुनासो पनि छ ? आगामी बर्षमा नास्टले बजेट बढाउने बारेमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग केहि पहल गरिराखेको छ त ?

बजेट पर्याप्त मात्रामा उपलब्घ छैन तर क्रमिक हिसाबले बढी रहेको नै छ । मन्त्रालयको बजेट गतवर्ष ७५ करोड थियो यसपाली १ अरब पुग्ने संभावना छ ।

५. आगामी बर्षमा विज्ञान तथा प्रविधिको विकास गर्न नास्टका के-कस्ता नयाँ योजनाहरु छन् ?

देशका ७ प्रदेशमा कार्यालय खोल्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त अहिले चलिरहेका कार्यक्रम पनि संचालनमा आउने छन ।

६. विज्ञहरू बिगतदेखि नै नास्ट र विज्ञान तथा प्रविधि मन्त्रालयबीच आपसी शीतयुद्ध रहेको छ भन्छन नि ?

त्यस्तो होइन । केही बेरोजगार मानिसको अभिव्यक्ति मात्र होला ।

७. शुरुको रोनास्ट जसमा दरवारको नजिकका मान्छेका श्रीमतीहरुको जागिर खाने अड्डा थियो भन्छन । के हो अझै पनि त्यो रोनास्ट नास्ट हुन् सकेको छैन भन्छन नि धेरै विज्ञहरु ?

विगतमा के भयो मलाई थाहा छैन । अहिले यस्तो भएको छैन । सेवा आयोगले प्रक्रिया पूरा गरेर सेवामा लिने गरेको छ ।

८. विज्ञान तथा प्रविधि क्षेत्रका अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के कस्ता योजनाहरु ल्याउँदै हुनुहुन्छ ?

युवा प्रतिभाको लागि रिसर्च असिस्टेण्ट, रिसर्च फेल्लो आदिका कार्यक्रम छन । इन्क्युवेसन सेन्टरमा काम गर्ने अवसर पनि प्राप्त छन ।

९. देशको माटोलाई सुहाउँदो कुन चाहिँ बैज्ञानिक अनुसन्धान अगाडि बढाउन नास्ट अग्रसर हुँदैछ ?

जडीबुटीका अनुसन्धान देश सुहाउँदा छन ।

१०. हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेका छन् । तर भर्खरै नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” कार्यक्रम संचालनमा ल्याएको छ । अव यी बैज्ञानिकहरुलाई घर फर्काएर के साच्चै बैज्ञानिक अनुसन्धानमा नास्टले लगाउन सक्छ ?

प्रयास भईरहेको छ । एकै वर्षमा नसकिएला तर केही वर्षपछि सफल हुन सकिन्छ ।

११. शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन्। तर बिगतका मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए। उनीहरुले गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न के कस्ता योजना छन् त नास्टका ?

हरेक वर्ष हामीले अनुसन्धान प्रस्तावको माग गरेका हुन्छौ । यसबाट उनीहरूलाई  प्रोत्साहन गर्न सकिन्छ ।

१२. विज्ञान र प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम,  रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न नास्टका के-कस्ता योजनाहरु छन् त ?

टेलिभिजनमा नियमित हिसाबले हाम्रो कार्यक्रम चलीरहेको नै छ । यसलाई अझ प्रभावकारी बनाउन हामी प्रयास गरी नै रहेका छौ ।

१३.  हाम्रो समाजका रुढिवादी परम्परालाई हटाउन नास्टले कस्ता बैज्ञानिक जनचेतनामुलक कार्यक्रमहरु ल्याउने सोचमा छ ?

यसलाई सम्वोधन गर्न वैज्ञानिकसितको भेट, टेलिभिजन कार्यक्रमबाट हामीले प्रयास गरी नै रहेका छौ ।

१४. नेपालमा आम जनमानसमा धेरै बिज्ञान जिज्ञाषहरुको बैज्ञानिक कारण थाहा हुन सकेको छैन । यो क्षेत्रको प्रवर्द्धनको लागि नास्टका के-कस्ता योजनाहरु छन ?

त्यस्ता बिज्ञान जिज्ञाशाहरू हामीसंग सम्पर्क पत्र, इमेलद्वारा सम्पर्कमा रहेर समाधान गर्न सकिन्छ ।

१५. अन्त्यमा, साइन्स इन्फोटेक मार्फत् के भन्न चाहनुहुन्छ ?

तपाईहरूले राम्रो काम गरीरहनु भएको छ । यसलाई निरन्तरता दिन सफलताको कामना गर्दछु ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: