गजल – रह्यो 

न त मोल रह्यो न बजार रह्यो,
नगदै न रह्यो न उधार रह्यो ।।

धुलिंदै गए ती मृदु पत्र सबै,
न वसन्त रह्यो न बहार रह्यो ।।

उही स्वप्न थियो भरें रोगनले,
न त्यो मूर्त रह्यो न आकार रह्यो ।।

ठिहीमा अडिइ म रोइरहदाँ,
न त रात रह्यो न उभार रह्यो ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: