Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको बैज्ञानिक इतिहास

Gopal Bhandari
गोपाल भण्डारी

अरनिकोले तिब्बतमा अनेकौं नेपाली शिखर तथा पगोडा शैलीको बौद्ध विहारहरुको निर्माण गरेको छन् । अरनिको कलाकार मात्रै थिएनन, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । अरनिकोले दूरविन पनि बनाएका थिए । टेलिस्कोप बनाउने श्रेय ग्यालिलियो ग्यालिलीलाई दिइन्छ, तर त्यसको सयौं वर्षपहिले अरनिकोले यस्तो यन्त्र बनाएका थिए । यो चीनको इतिहासमा नै लेखिएको छ । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोले युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करीब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो । वास्तु–वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए ।

गेहेन्द्र शमशेरले जापानमा यन्त्र बनाउने सीप सिकेर आएका होइनन्, चित्रहरू हेरेर आएका हुन् । चित्र देखेकै आधारमा यहाँ यन्त्रहरू बनाएका हुन् । गेहेन्द्र शमशेरले नेपाली मोडलको बन्दुक, धान कुट्ने मील, पानी तान्ने पम्प साथै नेपालमा सबैभन्दा पहिला पानीबाट विद्युत उत्पादन गरेका थिए । इतिहासमा नेपालका वैज्ञानिक, प्राविधिक र इन्जिनियरहरूले राम्रो काम गरेका छन् । औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपालीहरुमा डा. पराशरनारायण सुवाल, डा. बलराम  जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकर प्रसाद प्रधान र डा. दिव्यदेव भट्टलाई मान्न सकिन्छ । हाम्रा पुर्खाहरूले गौरवशाली सांस्कृतिक मात्रै होइन वैज्ञानिक इतिहास नै बनाएका छन् । तानसेनको करुवा, नेपाली थाङ्का, काठमाडौं, पाटन र भक्तपुरमा रहेको सुनको जलप लगाउने प्रविधि, काष्ठकला र मूर्तिकला जस्ता संसारका अब्बल दर्जाका प्रविधि नेपालीले विकास गरेका थिए । यी नेपालका परम्परागत प्रविधि हुन् ।

नेपालको इतिहासलाई विश्लेषण गर्दा यहाँ वैज्ञानिक र उच्चस्तरका इन्जिनियरहरू थिए भन्ने प्रमाण पाईन्छ । नेपालमै सहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । उनीहरुले पनि गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न यस्ता प्रतिभाहरुलाई उचित सम्मान र काम गर्ने वातावरण सिर्जना गर्ने कर्तव्य सरकार र सम्वन्धीत निकायको हो । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र  हुन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । ‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रविधि’, ‘बिज्ञान प्रविधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रविधि  र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर बिज्ञान तथा प्रविधि  मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रविधि  क्षेत्रको विकास नारामा सिमित छ । धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै अनुसन्धान र बिकासको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउनु टडकरो आवश्यकता देखिन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: