चट्याङ् भनेको के हो ?

हाम्रो हिन्दु धर्म अनुसार चट्याङ् पर्दा बन्चरो पनि सँगै आउने गर्दछ भन्ने भनाई छ । नेपालमा यसलाई देउता कराएको भन्ने चलन पनि छ ।  पानी पार्ने देउता इन्द्र भएकोले उक्त आवाज पनि देवराज इन्द्रको हो भन्ने भनाई रहेको छ । वास्तवमा चट्याङ् के हो भन्ने बारेमा जानकारी लिने प्रयत्न गरौँ । विज्ञानको भाषामा पानी पार्ने बादललाई क्युमुलोनिम्बस भन्ने गरिन्छ । बादलमा रहेका विभिन्न भागहरुमा हुने तापक्रम र चापको विविधताका कारण यस भित्रका अणुहरु एकदम अशान्त अवस्थामा रहने भएकोले बादलभित्र तीन रुपमा यताउता गर्दछन् । जसले गर्दा अणुहरु एक आपसमा ठोक्किने प्रक्रिया निरन्तर रुपमा चलिरहन्छ । परिणाम स्वरुप अणुहरुमा रहेका इलेक्ट्रोनिक उछिटिन्छन् । नेगेटिभ चार्ज हुने इलेक्ट्रोनहरु उछिट्टिनाले गर्दा अणुहरुमा नेगेटिभन्दा पाजिटिभ चार्ज बढी भई हुन जान्छ ।  यसरी बादलभित्रका चार्जहरु एक आपसमा छुट्टिन्छन् र समान प्रकारका चार्जहरु एकातिर छुट्टिएर बस्दछन् । धनात्मक चार्जहरु माथिल्लो भागमा र ऋणात्मक चार्जहरु तल्लो भागमा र जम्मा हुन जान्छन् । विपरीत चार्जहरु एक आपसतर्फ आकर्षित हुनु चार्जहरुको मौलिक गुण हो ।

बादलको तल्लो भागमा ऋणात्मक चार्ज हुने हुनाले पृश्वीको सतहमा धनात्मक चार्ज विस्तारै जम्मा हुन जान्छन् । पृथ्वीको सतहमा अत्याधिक परिमाणमा धनात्मक चार्ज थुप्री सकेपछि उक्त चार्जहरु बादलको तल्लो भागमा रहेका ऋणात्मक चार्जहरुतिर आकर्षित हुन्छन् र मिल्न खोज्छन् । यसरी अधिक चार्जहरु जम्मा भइसकेपछि बादलको तल्लो भागबाट उर्जा निस्कनुलाई लिडर भनिन्छ । लिडर धनात्मक चार्जलाई खोज्दै पृश्वीको सतहमा आउँछ । त्यतिखेर नै पृथ्वीको सतहबाट पनि ऋणात्मक चार्ज खोज्दै उर्जा बादलतिर लाग्छ जसलाई स्ट्रिभर भनिन्छ । जब यस्तो अवस्था सिर्जना हुन जान्छ जसमा लिडर र स्ट्रिभर सम्पर्कमा आउँछन् र अत्याधिक रुपमा ताप र प्रकाश पैदा हुन्छ । बादलमा जम्मा भएको धनात्मक चार्ज पृथ्वीको सतहमा आउने यस्तो प्रक्रियालाई चट्याङ् भनेर भनिन्छ । बादल र पृथ्वीको सतह बीच मात्रै विपरीत चार्जहरु सम्पर्कमा नआउन पनि सक्छन् । एउटा बादलबाट अर्को बादलमा बादलबाट  वायुमण्डलमा र एउटै बादलमा पनि एक ठाउँमा चार्जहरुको मिलनको कारण चट्याङ् पर्नुलाई हामी सामान्य भाषामा बिजुली चम्कनु पनि भनिन्छ । चट्याङ् पर्दा लगभग २०,००० डिग्री सेन्टिग्रेड तापक्रम उत्पन्न हुन्छ ।

नेपालको भूकम्पीय इतिहास हेर्ने हो भने प्राय: प्रत्येक ८० बर्षमा ठुलो भूकम्प जाने गरेको छ । २०७२ को महाभूकम्पले लगभग ८००० जना मानिसको ज्यान लियो भने नेपालमा बर्षेनी चट्याङ्वाट २ सय ५० बढीको मृत्यु हुने गरेको छ । हिसाव गर्ने हो भने ८० बर्षमा लगभग १६००० देखि २०००० जना मानिसको ज्यान चट्याङ्वाट जाने भएपनि  नेपाल सरकार यसवारे  उदासिन देखिन्छ । यसवाट के देखिन्छ भने नेपालमा भूकम्प भन्दा चट्याङ ठूलो मानवीय प्रकोप भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: