टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

जनैपूर्णिमामा गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ । यो मिश्रणलाई ४ दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ । यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइन्छ । टुसा उम्रेको अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्छ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ । भनिन्छ प्रकृतिले गेडागुडीलाई दालको बीउको लागि उब्जाएको हो । मानिसलाई जस्तै बिरुवालाई पनि बाँच्नका लागि खाद्यवस्तुको आवश्यकता पर्दछ, जुन यसले सोसेर लिन्छ । यो खाद्यभण्डार हो । प्रकृतिले नवजात शिशुका लागि आमाको दूध बनाइदिएझैँ गेडागुडीमा बीउ उम्रँदा नवजात टुसाको विकासका लागि विभिन्न खाद्यवस्तुको व्यवस्था गरेको हुन्छ । त्यही सोसिएका खाद्य पदार्थबाट टुसाले आफ्नो भरण-पोषण गरेको हन्छ ।

गेडागुडीका बीउमा प्रोटिन, कोर्बोहाडेट, चिल्लो, खनिज, लवण र भिटामिनहरु विभिन्न मात्रामा समायोजन भएका हुन्छन् । चिल्लो र कार्बोहाइड्रेट शक्तिको स्रोत हो भने प्रोटिन, भिटामिन, खनिज, लवणहरु शारीरिक प्रक्रिया सञ्चालन र विकासका लागि अत्यावश्यक तत्व हुन् । प्रकृतिले विरुवा उम्रदाँ जीव रासायनिक प्रक्रियाद्वारा टुसालाई भरण-पोषणको लागि अति उपयोगी र सोसेर लिन सक्ने वस्तुक सिर्जना गरिदिन्छ । प्रोटिन, चिल्लो लगायतका सबै किसिमका खाद्य पदार्थलाई बिरुवाका टुसाले टुक्राएर निल्न र पचाउन सक्ने बनाइदिएको हुन्छ । यसरी बीउले स्वचालित शारीरिक विकास गरी विरुवा र रुखको रुप लिन पुग्छ । गेडागुडी उम्रेको ४८ घण्टापछि भिटामिन सीको उत्पत्ति बढी मात्रामा हुनाले वषौँ पहिलेदेखि भिटामिन ‘सी’ को कमिले हुने रोग स्कर्भीको रोकथामका लागि उम्रेका गेडागुडी ख्वाउने गरिएको पाइन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: