विज्ञान जगतमा माइकल फाराडेको योगदान के रहेको छ ?

माइकल फाराडेले विज्ञानको क्षेत्रमा दिएका योगदानहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

(क)  विद्युत चुम्बकीय उपपादनको सिद्धान्त (Faraday’s Laws of Electromagnetic Induction)

यस सिद्धान्त अनुसार चुम्बकीय क्षेत्र वा शक्ति परिवर्तनशील भएमा त्यो परिवर्तनको मात्रा विद्युतमा परिणत हुन्छ । उनले Lines of Magnetic Forces खिची Induced Current को बारेमा पनि चर्चा परिचर्चा गरे । यही सिद्धान्तमा आधारित रहेर नै आजकल घरमा प्रयोग गरिने बिजुली उत्पादन गरिएको हो । यो विजुली AC (Alternating Current) हो भने यस भन्दा अगाडी DC (Direct Current) मात्र रासायनिक प्रतिक्रियाबाट उत्पादन गरिन्थ्यो । उनको Electromagnetic Machine नै शुरूको Dynamo  थियो । यही Induced Current को सहयोगले नै टेलिफोन, टेलिग्राफ, औषधी सम्बन्धी उपकरण इलेक्ट्रिक लाइट, घरायसी विद्युतीय वस्तुहरूको सम्भावना रहेको हो । Faradic Electricity ले Electricity गर्दा नै Nervous र Muscular Disorders (स्नायू र मासुसम्बन्धी) Rheumatism (वाथ), Neurasthenia र अन्य रोगहरू निको पार्न सकिएको हो ।

 (ख) विद्युत विच्छेदनको सिद्धान्त (Faraday’s Law of Electrolysis)

कुनै रासायनिक घोलबाट विद्युत प्रवाहित गरेमा त्यसबाट धनात्मक (+) र ऋणात्मक (-) आयोनहरू विच्छेदन हुन्छन् । यसरी विच्छेदित वा विस्थापित वस्तुहरूबारे २ ओटा सिद्धान्त प्रतिपादन गरेका थिए ।

१.  पहिलो सिद्धान्त (First Law)

कुनै रासायनिक विच्छेदनको मात्रा इलेक्ट्रोलाइटमा पठाइएको विद्युतको मात्रासँग अनुक्रमानुपाती हुन्छ ।

२.  दोस्रो सिद्धान्त (Second Law)

जब विभिन्न इलेक्ट्रोलाइटहरूमा उत्तिकै मात्रामा विद्युत पठाइएको हुन्छ तब इलेकट्रोडमा जम्मा भएको बस्तुको तौल तिनीहरूको पर्याय वजनसँग समानुपातिक हुन्छ । यही सिद्धान्त अनुसार नै विद्युत लेपन प्रविधिको विकास भएको हो ।

(ख)  चुम्बकको प्रकाससँगको असर (Faraday’s Effect)

(ग)  ग्यासलाई विद्युतीय चुम्बकको पोलमा राखेर ग्यासबाट धु्रविकृत प्रकाश पठाउँदा धुविकृत प्रकाशको दिशामा परिवर्तन आउने प्रयोगबाट फ्याराडेले चुम्बक प्रकाश सम्बन्धी असरको निष्कर्ष निकाले जसलाई फ्याराडे इफेक्ट (Faraday’s Effect) भनिन्छ । यसै प्रयोगबाट ग्यासमा चुम्बकीय प्रभाव भएको अध्ययन गरी  Diamagnetic वस्तुको अस्तित्व भएको तथ्य फेला पयो । डायम्याग्नेटिक वस्तु भनेका ती चुम्बकीय वस्तुहरू हुन् जसलाई चुम्कबले ज्यादै कम मात्रामा विकर्षणको असर पार्दछ । आइरन कोवाल्ट र निकेल भने फोरोम्याग्नेटिक वस्तुको वर्गमा पर्दछन् जुन स्थायी चुम्बक बनाउने कार्यमा प्रयोग गरिन्छ ।

(घ) ग्यासलाई तरल बनाउने तरिका (Faraday’s Method of Liquefaction of Gases)

यदि कुनै ग्यासलाई क्रिटिकल तापक्रम मुनी प्रशस्त चाप दिएर चिस्याएमा यो तरल अवस्थामा परिणत हुन्छ । यही सिद्धान्त अनुसार फाराडेले कार्बनडाइअक्साइड, सल्फरडाईअक्साइड, नाइट्रिक अक्साइड, क्लोरिन र हाइड्रोजन, अक्सिजन र नाइट्रोजनलाई तरल अवस्थामा परिणत गरे ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: