Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कुन राशिका केटी प्रेममा चाँडो पर्छन्

कुन राशिका केटी प्रेममा चाँडो पर्छन् ! भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । विलियम सेक्सपियर भन्छन ‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ । डा. सेउस भन्छन ‘तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्तत: तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ ।  निकोलस स्पार्कस भन्छन ‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’ लाओ चु भन्छन  ‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’ लौ अव जानौ कुन राशिका केटी प्रेममा चाँडो पर्छन् भन्ने कुराको जानकारी।

मेष राशि

मेष राशिका केटीहरुलाई उनीहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मनपर्छ  भन्ने पनि छैन  । उनीहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरुलाई आफ्नो प्रेममा पार्न आईडिया चाहिन्छ । तर त्यो त्यति सजिलो छैन।

बृष राशि

बृष राशिका केटीहरु सुन्दर हुन्छन् । यस राशिका केटीहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनीहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटीहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन राशि

मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनीहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटीहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट राशि

कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मनपर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने तपाईको कुरो बिग्रिन सक्छ ।

सिंह राशि

सिंह राशिका केटीहरु जहिले पनि अरुमाथि आफ्नो शासन चलाउन  चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।

कन्या राशि

कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्,  यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला राशि

तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।

बृश्चिक राशि

बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।

धनु राशि

धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।

मकर राशि

मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेम सम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ राशि

कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन राशि

मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ र केटाको लागी यस्तो मायाप्रेम कुनै ठुलो कुरै भएन होईन त !

यो पनि पढ्नुहोस् 

प्रेममा धोका किन हुन्छ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

के हो प्रेम ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: