Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विधि विज्ञानमा क्रिमिनालिष्टिक्स  इकाईमा के के को परीक्षण गरिन्छ ?        

विधि विज्ञानमा क्रिमिनालिष्टिक्समा निम्न लिखित परीक्षणहरु गरिन्छ ।

 (क)   भौतिक   परीक्षण

१)   औजार  निशान  परीक्षण  :

विभिन्न   सामानहरु   :  काठ,  छाला, धातुका भाडाकुडा,  दराज  आदिमा     भेटिएका औजारनिशान  कुन  किसिमको    औजारबाट हुन  गएको  हो  र  शंका  गरिएको  औजारबाट हुन  गएको   हो   वा   होइन   भनी   परीक्षण  गर्ने   ।

२)   मेटाइएको   संकेत  पहिचान :

चोरी, डकैती आदि विभिन्न अपराधका सामग्रीहरुमा रहेका संकेत (रेखांकन वा नाम, सिरियल नम्बर ) मेटाई नयाँ लेखिएको भए मौलिक संकेतहरुप त्ता लगाउने (जस्तै मोटरको   इन्जिन,   बन्दुक   आदिको   नम्बर   मेटाई   अर्को नम्बर   राखी   प्रयोग   गरेको   ।

३)   सक्कली / नक्कली   सिक्काको   पहिचान :

कुनै   सिक्का   सक्कली / नक्कली   के  हो  तुलनात्मक   परीक्षण   गरी   पहिचान   गर्ने   ।

४)   बिजुलीको   मिटर,   सिल   र   अवस्थाको   जांच :

विजुलीको   मिटर   बाकसमा   रहेका   सिलहरु   ठीक   अवस्थामा   छन्   वा   छैन  मिटरमा  कुनै किसिमको अवरोध  पैदा   गरिएको  छ  छैन परीक्षण  गर्ने   ।

५)   काँचका   टुक्राहरुको   परीक्षण  :

घटनास्थलबाट  सुरक्षित  साथ  ल्याइएका   काँचका  टुक्राहरु   र   शंका   गरिएको   व्यक्तिको   हात,  पाकेट,   लुगा आदिबा टप्राप्त   गरिएका   काँचका  टुक्रा   वा   धुलो   एकै   काँचको   सामग्रीको   हो  वा   होइन   साथै   कुन   दिशाबाट  बल   प्रयोग   गर्नाले   शिशा   चर्कन   वा   फुटन   गएको   हो  पत्ता  लगाउने ।

६)   खुट्टा,   जुत्ता,   मोटर   टायर   आदिको   छाप   परीक्ष ण :

घटनास्थल   वरपर   भेटिएको   चिन्ह   शंका   लागेको   वस्तुको   हो   वा   होइन   पत्ता   लगाउने   ।

७)  रंग  परीक्षण  :

दुर्घटना   भएमा   मोटर   गाडी  आदि   कुनै  अर्को   मोटर   गाडी   वा   सतह   (भित्ता,   रुख   आदि) मा   ठक्कर   लाग्दा

यसमा   भएको   रंग   एक   अर्कोमा   सर्ने   वा   सतहमा   टाँसिने   सम्भावना रहन्छ   यसरी   टाँसिएको   रंग   रोगन सम्वन्धीत   मोटर   गाडीको   हो   वा   होइन   ठहर गर्ने  ।   यस्तै  कला   चित्रहरुको   रंगको   अध्ययन   गरी   सक्कली वा   नक्कली   छुट्याउने   ।

८)   आगलागी   सम्बन्धी  जाँच :

आगोको   शुरुवात / स्रोतको   सम्भाव्यताको   जाँच   गर्ने   ।

९)   घटनास्थल   निरीक्षण :

गम्भीर    प्रकृतिका    र   महत्वपूर्ण  घ टनाहरुमा   अध्ययन    अनुसन्धान    गर्न   र    प्रयोगशालामा   परीक्षण  गर्न पठाउने   नमुनाहरु   उपयुक्त   तरिकाले   संकलन   तथा   संरक्षण गर्न  सम्वन्धीत निकायबाट   अनुरोध   भई   आएमा यस   इकाईले   सम्वन्धीत   विशेषहरु   समेतको  टोली   खटाई  पठाउने   व्यवस्था   गर्न   सक्दछ   ।

(ख)   व्यालेष्टिक   परीक्षण :

१) मृत   वा घाइते व्यक्तिको  शरीरबाट वा  घटनास्थलमा   प्राप्त भएको गोली, गोलीको खोका  अध्ययनबाट कुन किसिमको  बन्दुक   प्रयोग   गरिएको   हो   पत्ता  लगाउने   ।

२)  मृत वा  घाइते व्यक्तिको शरीरबाट  प्राप्त गोली र  घटनास्थल वरपर भेटिएको गोलीको  खोका   शंकित बन्दुकबाट  नै  प्रयोग   गरिएको   हो   वा   होइन   किटान  गर्ने  ।

३)    मृतवा  घाइते व्यक्तिको  घाउ वा उसले लगाएको  लुगामा परेको  छेदन तथा वारुदको अध्ययनबाट  बन्दुक प्रयोग गरिएको  दुरी पत्ता  लगाउने ।

४)    घटनास्थलवा  शंका  लागेको  व्यक्तिबाट  प्राप्त  बन्दुकको  नालभित्र  रहेको  बारुदको  रासायनिक   परीक्षण  गरी बन्दुक   प्रयोग   भएको   हो   होइन   परीक्षण  गर्ने ।

५)    कुनै  व्यक्ति  बन्दुकको  प्रयोगबाट  मरेको  खण्डमा  निजले  आत्महत्या  गरेको  वा  हत्या   गरिएको  हो  पत्ता  लगाउने ।

६)   घ टना   पश्चात्   शंका   लागेको   व्यक्तिको   हातमा   गन   पाउडर   रेजिडयुको   रासायनिक   परीक्षण  गरी  उक्त व्यक्तिले   बन्दुक   प्रयोग   गरेको   हो   वा   होइन   परीक्षण  गर्ने   ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: