Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चना र यसका फाइदाहरू

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हाम्रो भान्सामा चना प्राय: हुन्छ । हामीले चना तरकारीको रूपमा होस वा भिजाएर भएपनि काचो खाने गरेका छौं । चना हाम्रो शरीरको लागि निकै फाइदाजनक रहेको छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् ।

चनामा पनि गाढा खैरो वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ । यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ । चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।

चनाका फाइदाहरू

१. रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

२. चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

३. चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।

४. एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुयाउँछ ।

५. चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।

६. रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखा परिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।

७. नुहाउनु अघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोर लगायत दाग, दाद आदि आयमा निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

रातो चिया पिउनुको फाइदा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: