Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विज्ञान जगतमा आइन्स्टाइनको योगदान के के रहेको छ ?

Gopal Bhandari
गोपाल भण्डारी

प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिाका टाइमले आइन्स्टाइनलाई २० औं शताब्दीका “शताब्दी पुरुष” छानेको थियो । वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले विज्ञानमा मात्र नभई समस्त चिन्तनको क्षेत्रमा प्रभाव पार्ने एक महान् युगान्तकारी र दुरगामी खालको क्रान्ति गर्नुभयो । विज्ञान जगतमा आइन्स्टाइनको योगदानहरूलाई निम्न अनुसार वर्णन गर्न सकिन्छ ।

(क) आइन्स्टाइनको प्रकाश विद्युतीय असर(Einstein’s Photoelectric Effect)

उनले आफ्नो यस सिद्धानत्मा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, टड्ढसटन जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र तयो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।

(ख) सापेक्षतावादको सिद्धान्त(Theroy of Relativity)

सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनका सापेक्षतावादको सिद्धान्त कै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शक्ती, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेक्षतावादका सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बुझाउँछ ।

(ग) कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles)

यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-gaz Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।

(घ) एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory)

सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहर आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: