देश कसैको पेवा होइन ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

म नेपाली नेपाल मेरो पहिचान म नेपाललाई संमृद्धशाली देख्न चाहन्छु । म कुनै नेता होइन तर एक आपसमा लडेको देख्दा कसको लागी लडने किन लडने देश कसैको पेवा होइन बिकास गर्नु सबैको दायित्व हो भोली यसै ठाउमा आउनुपर्ने हुन्छ ।

नेपालमा कोहि पनि बेरोजगार नहुन भन्न चाहान्छु । नेपालको परिवेश हेर्दा नेताहरुको भाषण सुन्दा मलाई के लाग्छ भने काम कम भाषण बढि भएको देख्छु । आज जतिपनि उद्योग नेपालमा स्थापना हुदा युवाको बेरोजगारको समस्या हल हुनुको साथै देशको आर्थिक स्थितिमा सुधार हुन सक्छ ।

उद्योगलाई राजनीतिको अखडा बनाउदा के देशलाई र युवाहरुलाई फाइदा पुगेको छ । यदि देशको विकासप्रति ध्यान दिने हो भने उद्योग स्थापनाप्रति हरेक उद्योगीलाई प्रोत्साहन हुने खालका योजनाहरु तर्जुमा गर्नुपर्यो, विजुली उत्पादनतर्फ स्वदेशी उद्योगपतिलाई नै जिम्मा दिनुपर्यो ।

जंगल ठेकेदारलाई होइन सरकारी डिपो स्थापना गराई सस्तो मुल्यमा हरेक नेपालीले पाउनुपर्यो काष्ट कलाका मुर्ति स्थापना गराई विदेश पठाउन सके नेपालको पहिचान हुने थियो पुर्वजहरुले नेपालको नाम वीर गोर्खाली भनेर चिनाएका थिए भने हामीले पनि केही गर्नुपर्यो यसतर्फ सबैको एकताको आवश्यकता हुन्छ भन्ने कुरा बुझी दिनुपर्यो । नेपाल र नेपालीलाई यदि धनी बनाउनु छ भने जलस्रोतको धनी देशबाट उत्पादन बिद्युतलाई विश्वसामु पुर्याउने अभियानमा सबै जुटुनुपर्यो ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

22 thoughts on “देश कसैको पेवा होइन ?

जवाफ लेख्नुहोस्

error: Content is protected !!