लक्ष्मीपूजा र यसको महत्व

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

लक्ष्मीपूजा र यसको महत्व को बारेमा चर्चा गरौ । यो हाम्रो राष्ट्रिय पर्व हो । हरेक जाति र हरेक वर्ग व्यक्तिहरू यस पर्वमा आफ्नो–आफ्नो  शक्ति अनुसार मनाउँदछन् । हुनत यो पर्व लक्ष्मी पूजाको पर्व भएको हुँदा एक हप्ता अगाडिदेखि नै तयार गर्ने माल सामानदेखि लिएर सरसफाइसम्म गर्न शुरु गरिन्छ । आखिर जे होस् पञ्चकमध्ये तीन दिन यस पर्व विशेष रूपले मनाइन्छ । जस्तो लक्ष्मी पूजा, गाई, गोरु, गोवर्धन, बलि पूजा, म्ह पूजा र भाइटीका यी विशेष   हुन् ।

तेस्रो आँसीको दिन खास लक्ष्मी पूजा दीपावली हुन्छ । जसबाट यो प्रतीत हुन्छ कि चाँदनी रात जस्तो कार्तिक पूर्णिमाको रातमा सबभन्दा वढी उज्यालो हुन्छ  भने कार्तिकको औँसी सबैभन्दा बढी अध्यारो हुन्छ । तर यो रात ज्यादै अन्धकार भएता पनि अन्धकार हुँदैन किनकि सबैको घरमा बत्तीवालि दीपावलीको सजावट हुने हुँदा सबैतिर उज्यालै—उज्यालो देखिन्छ । सबैले आफ्नो  घरमा तेल बत्ती, मैन बत्ती, या बिजुलीको बत्तीले सजाएको हुन्छ जस्को प्रकाशले रातको अँध्यारो हराउन जान्छ ।

यो उत्सव साँच्चै नै लक्ष्मीको आधिभौतिक, आध्यात्मिक र आधिदैविक तीन स्वरूप मानेर उल्लास प्रकट गर्ने दिन हो । लक्ष्मीको आधिभौतिक रूप धन सम्पत्ति अर्थात् सुन, चादी, मणि, रत्न आदि हो, आध्यात्मिक स्वरूप शोभा हो र आधिदैविक रूप भगवती पद्मा अथवा महालक्ष्मी हो, जस्लाई विष्णुको अति प्रिय कहलाइन्छ । अतएव संस्कृत भाषाको कोशमा पद्मा, लक्ष्मी र श्री शब्दको उक्त तीनै अर्थ मानिएको छ— शोभासंपत्तिपद्मासु लक्ष्मीः श्रीरिव कथ्यते

प्रत्येक आराधना, उपासना वा अर्चनामा आधिभौतिक, आध्यात्मिक र आाधिदैविक यी तीनै रूपलाई सम्मिल्लित रूपमा व्यवहार गरिन्छ । त्यही अनुसार यस उत्सवमा पनि चाँदी, सुन, रुपैयाँ आदिको रूपमा आधिभौतिक स्वरूप लक्ष्मीलाई आधिदैविक स्वरूपमा लक्ष्मीको सम्बन्ध स्वीकार गरेर पूजा गरिन्छ । घरमा सम्मार्जन, उपलेपन र सुधासेचन गरी सजावट र दीपमाला आदिबाट अलङ्कृत गर्नू इत्यादि कार्य लक्ष्मीको आध्यात्मिक स्वरूप शोभाको आविर्भूत गर्नको लागि गरिन्छ । यस किसिमबाट यस उत्सवमा उक्त त्रिविध लक्ष्मीको समाराधन हुन जान्छ ।

सोही रात्रिमा परिवार सबै बसी गणेश, लक्ष्मी, चन्द्र, कुवेर, ईन्द्र, ऐरावत हात्ती आदिको पूजा गरिन्छ । मिठाई खाइन्छ आफ्नो  साथी भाइ तथा नातेदारमा मिठाई बाँडिन्छ । यस दिन सेल तथा अन्य पक्वान्न खास किसिमले खाने गर्दछन् । दीपावलीको रात्रिमा घरमा ज्यादा भन्दा ज्यादा उज्यालो तुल्याउन सबै व्यक्ति हरप्रयास गर्दछन् । किनकि भनाइ यस्तो छ—जुन घरमा ज्यादा उज्यालो छ सोही घरमा लक्ष्मी आउनुहुन्छ ।  लक्ष्मीलाई उज्यालो ज्यादै मन पर्दछ ।

यसै दिनदेखि व्यापारीहरूले नयाँ बही खाताको आरम्भ पनि गर्दछन् र व्यापार राम्रोसँग होस् भनी लक्ष्मीको पूजा पनि गर्दछन् । आफ्ना –आफ्ना  दुकानलाई राम्ररी सजिसजावटका साथै दीपावली गर्ने कोशिस पनि गर्दछन् । मिठाई पसले जात—जातका मिठाई बनाउँदछन् । कुमालेले पाला आदि नयाँ नयाँ खेलौना पनि बनाउँदछन् । यस्को मतलब के हो भने हरेक व्यक्तिले सकभर नयाँ नयाँ सामान जोड्ने कोशिस गर्दछन् त्यसकारण व्यापारिक दृष्टिले यी नयाँ सामानहरू आफ्ना –आफ्ना  सीप अनुसार बनाउँदछन् ।

यो पर्व किन र कहिलेदेखि मनाइएको हो भ;े बारे विभि; व्यक्तिको लोकोक्ति भएको पाइन्छ । केही व्यक्तिको भनाइ यो छ कि यस दिन भगवान् श्रीरामचन्द्र लङ्गाको राज्य जितेर घर फर्कनुभएको थियो । पूरा चौद्ध वर्ष वनवास जानुभएको हुँदा अयोध्यावासी वहाँको प्रतीक्षामा थिए । जव रामचन्द्र भगवान् अयोध्या आउँदैहुनुहुन्छ भन्ने खबरले सबै अयोध्यावासी हर्षविभोर भएर घरहरू सजिसजावट गरी रातमा घिउले भिजाइएको बत्तीहरू बालेर उत्सव मनाएका थिए । त्यहीबेलादेखि आजसम्म यो पर्व सोही किसिमबाट मनाउँदै आइरहेको हो ।

केही व्यक्तिको भनाइ यो छ कि यस दिन भगवान् श्रीकृष्णले नरकासुर नाम गरेको दैत्यलाई वध गर्नुभएको थियो । यो दैत्यले ठूलो पराक्रम देखाई विभि; राजाहरूलाई पराजित गरी उनका कन्याहरू बलजफती लिई कैदखानामा बन्द गरिदिएका थिए । तब भगवान् श्रीकृष्णले आफ्ना  पत्नी सत्यभामालाई साथ लिई उसँग युद्ध गरी पराजित गरेर ती बन्दिरहेका  सबै कन्याहरूलाई मुक्त गरी दिनुभयो । त्यस्तो पराक्रमी दुराचारी नरकासुर मर्दा सबै व्यक्तिहरू बडा हर्ष मनाउँदै दीपमालीका गरेका थिए । तसर्थ सोही बेलादेखि यो पर्व मनाउँदै आएको हो ।

हाम्रा धर्मशास्त्रमा गृहस्थीले यस दिन लक्ष्मी पूजा गर्नुपर्ने विधान हुनाले यो उत्सव मनाउनैपर्दछ । कारण जसरी मनाउँदै आएको भए तापनि हामी यो भन्न सक्तछौ कि यो पर्व वडो उत्साह र आनन्दका साथ मानिने ठूलो चाड हो । सबै व्यक्ति यो पर्व धूमधाम रमाइलो गरी मनाउँदछन् । तर यो पर्वको एक पक्ष  खराव पनि छ कारण जुवा खेल्नु पर्दछ भनी लाखौँलाख जुवा हार्दछन् पनि । जुवा खेल्नु राम्रो होइन यो पर्वमा यही एउटा नराम्रो पक्ष छ किनकि जुवा हारेर घरकाघर बरबाद भएको   देखिन्छ । यही जुवाले गर्दा जस्ले हारेका छन् उनीहरूको लागि उत्सव नभई शोकको कारण बन्दछ, ।

पुराण आदिमा उल्लेख भए अनुसार लक्ष्मीको वाहन उलूक र मन पर्नेमा ऐरावत देखिनआउँदछ । दिनमा उलूक आँखा देख्दैन उलूक भनेको लाटोकोसेरो हो । उलूक वाहन भएकी लक्ष्मीलाई मानिसले मा;े गरेको देखिंदैन न त बजारमा फोटोहरू नै प्रशस्त पाइन्छन् । उलूक वाहन भएको लक्ष्मीको पूजा गर्नाले मनमा अशान्ति र घमण्ड हुनजान्छ । किनकि उलूक अन्धो भएको कारण धन—सम्पत्ति प्राप्त हुने बित्तिकै व्यक्ति अन्धो हुनगई अभिमानी हुन पुग्दछ । किनभने उलूक वाहन हुँदा उलूक मार्ग द्रष्टा र भविष्य द्रष्ट्रा हुन सक्दैन । अन्धो वाहन भएको लक्ष्मीको पूजा गरी धन सम्पत्ति आर्जन गरेको छ भने त्यस्मा अन्धोपन हुनगई घमण्ड बढी हुनजान्छ जस्ले गर्दा सो आर्जन गरिएको धन धेरै समय टिक्दैन र नाश हुन्छ तसर्थ उलूक वाहन भएकी लक्ष्मीलाई कसैले पूजा गर्दैनन् ।

ऐरावत हात्ती पनि समुद्र मथनबाट उत्प; भएको हुनाले लक्ष्मीको सहोदर हो त्यसैले लक्ष्मीलाई मनपर्नु स्वाभाविकै हो । श्रीसूक्तमा “हस्तिनादप्रमोदिनी” (हात्तीको आवाजमा प्रस; हुने) भन्ने पनि छ । “अभितो हस्तियुग्मेन सिच्यमानां कराम्बुभिः” (जोडी हात्तीले सूँडमा लिएको जलले ओरिपरि सेचन गरिराखेकी) भनी ध्यानको श्लोकमा उल्लेख छ । लक्ष्मीको ध्यान गर्दा “ऐरावतसमारुढा कमलासनसंस्थिता ”(ऐरावतमा चढेकी कमलमा बसेकी) भनेको छ । इन्द्रले स्तुति गरेको महालक्ष्म्यष्टकमा “नमस्ते गरुडारुढे कोलासुरभयङ्गरी” मा गरुडमा चडेको पनि उल्लेख छ यसरी लक्ष्मीका वाहन धेरैको उल्लेख स्तोत्र आदिमा भेटिएको छ ।

ऐरावत हात्ती वाहन भएको लक्ष्मीको फोटो बजारमा प्रशस्त पाइन्छ । ऐरावत हात्ती वाहन हुने लक्ष्मी शान्तमुद्रामा गम्भीर हुन्छिन् । कारण समुद्र मन्थन गर्दा ऐरावत हात्तीका साथै लक्ष्मी प्रकट हुनुभएको हुँदा यस्ती लक्ष्मीको पूजा गर्नु सबैलाई रुचिकर हुन्छ, उत्साह हुन्छ । किनकि यस्ती लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी प्रस; हुनु भई धनसम्पत्ति आर्जन गर्ने व्यक्तिमा घमण्ड रहँदैन । गम्भीर र शान्त भएको हुनाले यस्ती लक्ष्मीको पूजा गर्दा शान्ति गम्भीरता, धैर्य रहने हुँदा धनसम्पत्ति प्राप्त गरेपछि पनि तिनीहरूमा घमण्ड हुँदैन शान्त स्वभाव हुन्छ । धन—सम्पत्ति स्थिर रहन्छ । तसर्थ सबैले ऐरावत वाहन भएकी लक्ष्मीलाई सम्झेर नै पूजा आराधना गर्दछन् र गर्नु पनि पर्दछ ।

यो पर्व खास गरेर केटाकेटीहरूको लागि ठूलो उत्साहप्रद  देखिन्छ । किनकि राम्रो लुगा लगाउनु, भैली, देउसी खेल्नु, सेल रोटीहरू, मिठो—मिठो पक्वान्न, मिष्ठान्न खानु आदिले गर्दा रमाइलो भएको हो । त्यति मात्र नभई पटाकाहरू पड्काई बडो रमाइलो मान्दै आनन्द लिने गर्दछन् । तर पटाका पटकाउँदा खतरा हुने हुँदा त्यसो नगर्नु नै उत्तम हुन्छ । दीपावली पर्व हरेकवर्ष नयाँ सन्देश र नयाँ उत्साह लिएर आउँदछ । सबै व्यक्ति त्यस दिनलाई बडो उत्सुकताका साथ प्रतीक्षा गर्दछन्, साथै आफ्ना  कुटुम्बहरू साथ मिलेर आनन्दले उत्सव   मनाउँदछन् । घरमा लक्ष्मीको आगमन हुन्छ । यस प्रकार दीपावली गृहस्थ जीवनको एक अत्यन्त सौभाग्यले भरिपूर्ण एक पर्व हुँदै आएको छ  । कविशिरोमणि लेखनाथ ज्यूले पनि,—

जय जय लक्ष्मी अन्त नजाऊ, स्थिर गर हाम्रै घरमा पाउ ।

भन्दै पूजा गर्छन् भारी, दुनियाँ सबतिर झकमक पारी ।

भनी कविता लेख्नुभएको छ । सबै जनता जनार्दनले पनि अलक्ष्मीलाई हटाई स्थिर भएर मेरा घरमा लक्ष्मी सधै राज भई धनधान्य ऐश्वर्य सुख आनन्द आरोग्य आदि प्राप्त हुन भनी कामना गरी व्रतवसी रात परेपछि घरघरमा लक्ष्मी पूजा गरी लक्ष्मीलाई प्रस; गराउने गरेका हुन्छन् ।

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवानलाई  सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ। त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु

गोवर्धन पूजा र यसको महत्व

गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिकको पुष्टी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: