Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोरु तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गरी मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदिको आवश्यकता पर्छ । गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । यस दिन बलिराजाको पनि पूजा गर्दछन् ।

नेपाल कृषिप्रधान देश हो । कृषिका मुख्य साधन गोरु हुन् । यिनीहरूबाट नै खेतमा हाल्ने मल उत्पन्न हुन्छ । गोरुले खेत जोत्दछ  र गोरुबाट नै भारी बोक्ने र व्यापारको लागि सामान वसार-पसार गरी काम चलाउँदछन् । गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो। गोरु भगवान् शिवको वाहन पनि हो। गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ। बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ । गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु हुन् ।

यो दिन बेलुका नेवार समुदायमा म्ह पूजा (शरीर अथवा आत्म पूजा) गर्ने प्रचलन छ । किनकि आफ्नो  शरीर पूजा गर्नु भनेको आफ्नो  आत्म पूजा हो । यसलाई भगवान् प्रकृति स्वरूप मानिएको हुँदा यसरी पूजा गर्ने चलन छ । यो आत्मपूजा गर्नु राम्रो परम्परा पनि हो । यसले आफूलाई प्रफुल्ल बनाउँदछ, आनन्दित बनाउँदछ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

यो पनि पढ्नुहोस्     

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

गाई तिहार र लक्ष्मी पूजाभित्र लुकेको वैज्ञानिक पक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: