व्रत बस्नुको वैज्ञानिक कारण

व्रत बस्नुको धार्मिक, सामाजिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि ठुलो महत्व रहेको व्रतको आफ्नै विशिष्ट आत्मिक, शारीरिक वैज्ञानिक महत्व व्रत बस्नु भनेको खाना नखाई वा भोकै बस्नु भन्ने होइन व्रत बस्नु विधिपूर्वक गरिने त्यस्तो क्रिया हो, जसले शरीर मनलाई एकसाथ विश्राम दिन्छ हामी हरेक दिन, हरेक घण्टामा केही केही खाइरहेका हुन्छौं यसले गर्दा हाम्रा भित्री अंगहरू चलायमान हुन्छन् खाएको कुरा पाचन प्रणाली हुँदै विकारयुक्त कुरा शरीर बाहिर निस्कन्छ पोषण तत्व हाम्रा कोशिकाहरूमा पुग्छ

स्वास्थ्य विज्ञानले स्विकारेको , व्रत बस्नु स्वास्थ्यका लागि एकदमै उपयोगी हो किन ? किनभने, यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ, जो वर्षौदेखि चलायमान त्यस्तै शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ व्रतले शरीरलाई मात्र लाभ मिल्ने होइन, मनलाई पनि यसले शान्त तुल्याउँछ यद्यपि, त्यो व्रत एकदमै समर्पण भावले, विधिपूर्वक प्रसन्नचित्तले गरेको हुनुपर्छ यस किसिमको व्रतले हाम्रो शरीर मस्तिष्कलाई बेग्लै ताजगी दिन्छ बेग्लै ऊर्जा दिन्छ

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको जरुरत हुँदैन किनभने यतिबेला शरीरले भोजन माग गरेकै हुँदैन यो जैविक पद्धतीबाट हाम्रो थुप्रै स्वास्थ्य समस्या स्वत हल वा समाधान हुन्छ

यदी हामीले ध्यान दिने हो भने ४८ दिनमा तीन वटा एकादशी आउँछ एकादशीको दिन उपवास बस्नुपर्छ भनेर तोकिएको हो एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयम् एक खास दशामा हुन्छ यस दिन हामीले आफ्नो शरीरलाई हल्का राख्नुपर्छ शरीरलाई शुद्ध जागरुक अवस्थामा राख्नुपर्छ त्यसैले उपवासको नियम राखिएको हो

यो पनि पढ्नुहोस् 

साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?

मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?

सिन्दुर लगाउनुको वैज्ञानिक कारण के ?

खुट्टामा औठी लगाउनुको वैज्ञानिक कारण के ?

पाउजु पहिरिनुको वैज्ञानिक कारण के ?

कानमा पहिरिने बाली र झुम्काको वैज्ञानिक कारण के ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: