Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपवास चिकित्सा पद्धति

उपवास चिकित्सा भनेको अन्न नखाई पानी मात्र खाएर लामो समयसम्म भोकै बसेर गरिने चिकित्सा पद्धति हो । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति हो– उपवास चिकित्सा । उप भनेको नजिक र वास भनेको बस्नु अर्थात् आफ्नै नजिक बस्नुलाई उपवास भनिन्छ । उपवास (फास्टिंग) मुख्य रूपले स्वेच्छाले केही समयका लागि केही मात्रामा वा सबै भोजन, पेय, वा दुवैलाई त्याग्नु हो । यो शब्द पुरानो अङ्ग्रेजीबाट व्युत्पन्न ‘फीस्टन’ बाट निस्केको हो जसको मतलब हो, भोको रहनु, हेर्नु र दह्रो हुनु ।

संस्कृतमा ‘व्रत’ को अर्थ हो ‘दृढ़ सङ्कल्प’ र ‘उपवास’ को अर्थ हो ‘ईश्वरको नजिक रहनु’। उपवास सम्पूर्ण, आंशिक र लामो समयसम्मको हुन सक्छ अथवा यो केही समयावधिमा बिराएर गर्न सकिन्छ। स्वास्थ्य संरक्षणका लागि उपवास उपचारको महत्वपूर्ण साधन हो। उपवासमा, मानसिक तयारी एउटा आवश्यक पूर्वशर्त हो । लामो समयको उपवास केवल एकजना सक्षम प्राकृतिक चिकित्सकको पर्यवेक्षणमा रहेर गर्नुपर्छ ।

उपवासका प्रकार

खानपिनका आधारमा

१. निराहार उपवास : पूर्ण रुपमा भोकै बस्ने

२. जलाहार उपवास : पानी मात्र पिएर बस्ने

३. फलाहार उपवास  : फलफूल खाएर बस्ने,

४. कल्प उपवास : आयुर्वेद एवं प्राकृतिक चिकित्सामा रोगनाशक एकै परिकार वा जडीबुटी मात्र सेवन गरी बस्ने ‘कल्प उपवास’ पनि

चलनमा छ।

समयका आधारमा

१. दीर्घ उपवास : लामो समय (हप्तादेखि महिनासम्म) उपवास बस्ने,

२. साप्ताहिक उपवास : एक हप्तामा एक वा दुई छाक नखाने,

३.  सायमकालीन उपवास : साँझको छाक खाना नखाने वा फलाहार÷जलाहार गर्ने,

४.  प्रातःकालीन उपवास : बिहानको नास्ता नगर्ने (नो ब्रेकफास्ट)।

स्वास्थ्यका दृष्टिले साप्ताहिक फलाहार वा जलाहार फाइदाजनक छ भने निराहार र दीर्घ उपवास अहितकहर छ । कसले कस्तो उपवास गर्ने भन्ने कुरा उसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा भरपर्छ । परम्परादेखि नै व्रतका रूपमा पानी मात्र खाएर गरिने व्रत तथा फलफूल र दुध मात्र खाएर गरिने व्रत अनि एक छाक मात्र खाएर गरिने व्रतहरू अद्यावधि नै छन् । त्यसैले उपवास चिकित्साको महत्व अझै बढ्दै गएको छ ।

उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । उपवासको समयमा शरीर शोधनका लागि एनिमा, चिसो कटिस्नान, तातो कटिस्नान आदि उपचार पनि दिइन्छ । जसले शरीर पूर्ण रूपमा शुद्धीकरण हुन सहयोग गर्छ । उपवासले शरीरमा जम्मा भएका विकार निष्कासन गर्न मद्दत पुग्छ । शरीरका विभिन्न अंगहरू मिर्गाैला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछन् । शरीर आफ्नो पूर्ववत् अवस्थाझँै प्राकृतिक रूपमा काम गर्न सक्षम रहन्छ । यदि सामान्य रोग छ भने पनि हराएर जान्छ । उपवासको समय अलि गाह्रो भयो भने महपानी लिन सकिन्छ ।

पवासको अवधि रोगीको उमेर, बिमारको प्रकृति र पहिलेबाट प्रयोग गरिएका औषधीको प्रकारमाथि निर्भर गर्दछ। कहिलेकाहिँ केही समयका लागि दुई वा तीन दिनको उपवासको एउटा श्रृङ्खला शुरू गर्ने र बिस्तारै एक दुई दिनबाट प्रत्येक उपवासको अवधि बढाउने सल्लाह दिइन्छ । उपवास गरिरहेको रोगीलाई कुनै हानि नहुनका लागि उसले आराम र हेरचाह गर्न कुनै प्राकृतिक चिकित्सकको रेखदेखमा गरेको उचित हुन्छ ।

उपवास पानी, रस, वा काँचो सब्जीहरूको रससँग गर्न सकिन्छ। सबैभन्दा राम्रो, सुरक्षित र सबैभन्दा प्रभावी विधि हो नीबुको रसद्वारा उपवासको थालनी गर्नु। उपवास गर्दा शरीरमा जमा अपशिष्ट पदार्थलाई धेरै मात्रामा जलाएर निकाल्ने गर्दछ । हामी क्षारीय रस खाएर यस सफाइ प्रक्रियामा मदत् गर्न सक्छौँ । रसहरूमा शर्कराले ह्रदयलाई मजबूत पार्दछ, त्यसैले रसद्वारा उपवास, त्यसको सबैभन्दा राम्रो तरिका हो ।

सबै रस, खानु भन्दा पहिले ताजा फलबाट रस तयार पार्नुपर्छ । डिब्बामा बन्द गरेर राखिएको वा जमेका रसको प्रयोग गर्नु हुँदैन । एउटा औपचारिक उपाय छ, जुनचाहिँ उपवासका सबै मामिलाहरूमा गर्नुपर्छ, एनिमाद्वारा उपवासको थालनीमा आन्द्रालाई पूरै खाली गर्नुपर्छ जबकि रोगीलाई ग्यास वा घटक शरीरमा शेष अपशिष्टबाट उत्पन्न हुने अपघटित पदार्थबाट कष्ट नहोस् । उपवासका समयमा एनिमा थोरैमा प्रत्येक दोस्रो दिन लिनुपर्दछ ।

कुल तरल पदार्थको सेवन लगभग छदेखि आठ गिलाससम्म हुनुपर्छ । उपवास गरेका समयमा शरीरमा सञ्चित विष र विषाक्त अपशिष्ट पदार्थहरूलाई नष्ट गर्ने प्रक्रियामा धेरै ऊर्जा खर्च हुने गर्दछ । त्यसैले यो अत्यन्त महत्वपूर्ण हुन्छ जबकि उपवास गरेको समयमा रोगीलाई धेरैभन्दा धेरै शारीरिक र मानसिक विश्राम प्राप्त होस् । उपवासको सफलता धेरै हदसम्म यसमा निर्भर गर्दछ कि त्यसलाई कसरी तोडिन्छ । उपवास तोडने मुख्य नियम हो : आवश्यक भन्दा धेरै नखानु, भोजन बिस्तारै चबाएर खानु र सामान्य आहारका लागि क्रमिक बदलाव गर्दा धेरै दिन लगाउनुपर्छ।

यो पनि पढनुहोस्

उपवास बस्नुका फाइदाहरु

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: