हरिबोधिनी एकादशीभित्र लुकेको वैज्ञानिक पक्ष

पृष्ठभूमि

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

बैदिक सनातन सस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसंगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

हरिबोधिनी एकादशीमा तुलसीको व्रत गरी विशेष पूजाभित्र लुकेको वैज्ञानिक पक्ष 

तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।

हाम्रा आयुर्वैदिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा व्यापक रूपले उल्लेख गरिएको पाइन्छ। धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा प्रस्तुत गरेका छन् । सुरसा अर्थात् श्रेष्ठ रस भएको तुलसीको रस सौन्दर्यवर्धक हुन्छ । तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो। मुखगन्ध, गर्भरोग, अतिसार, कर्ण–दन्त–उदरशूल, वमन, मूत्ररोग, श्वासरोग, चर्मरोग, रक्तरोग, मुर्छा लगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ । आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ। तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ। साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु दूर हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ।

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर डा. राम बहादुर बोहराका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता हुन्छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । अर्को रोचक जानकारी के छ भने तुलसीलाई गमलामा रोपेर उपरोक्त सवै फाइदा उठाउन सक्नुहुन्छ । तुलसीमा एउटा घुलनशील तैल हुन्छ जसको प्रभावले किटाणु नस्ट हुनुको साथै बिबिध रोगको आक्रमणबाट बचाउन सक्नेछ ।

तुलसीमा पाइने हावामा घुलनशील तेलको गन्धले रोगका किटाणु समेत नस्ट गर्ने शक्ति तुलसीमा विद्यमान छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको ४०० मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरू समेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ ।तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसंग लड्ने क्षमता भएको कुरा पुष्टि भएको छ ।

हरिबोधिनी एकादशीमा व्रत बस्नुको वैज्ञानिक कारण

हरिबोधनी एकादशीको धार्मिक, सामाजिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि ठुलो महत्व रहेको छ । व्रतको आफ्नै विशिष्ट आत्मिक, शारीरिक र वैज्ञानिक महत्व छ । व्रत बस्नु भनेको खाना नखाई वा भोकै बस्नु भन्ने होइन । व्रत बस्नु विधिपूर्वक गरिने त्यस्तो क्रिया हो, जसले शरीर र मनलाई एकसाथ विश्राम दिन्छ । हामी हरेक दिन, हरेक घण्टामा केही न केही खाइरहेका हुन्छौं । यसले गर्दा हाम्रा भित्री अंगहरू चलायमान हुन्छन् । खाएको कुरा पाचन प्रणाली हुँदै विकारयुक्त कुरा शरीर बाहिर निस्कन्छ र पोषण तत्व हाम्रा कोशिकाहरूमा पुग्छ ।

स्वास्थ्य विज्ञानले स्विकारेको छ, व्रत बस्नु स्वास्थ्यका लागि एकदमै उपयोगी हो । किन ? किनभने, यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ, जो वर्षौदेखि चलायमान छ । त्यस्तै शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । व्रतले शरीरलाई मात्र लाभ मिल्ने होइन, मनलाई पनि यसले शान्त तुल्याउँछ । यद्यपि, त्यो व्रत एकदमै समर्पण भावले, विधिपूर्वक र प्रसन्नचित्तले गरेको हुनुपर्छ । यस किसिमको व्रतले हाम्रो शरीर र मस्तिष्कलाई बेग्लै ताजगी दिन्छ । बेग्लै ऊर्जा दिन्छ ।

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको जरुरत हुँदैन किनभने यतिबेला शरीरले भोजन माग गरेकै हुँदैन । यो जैविक पद्धतीबाट हाम्रो थुप्रै स्वास्थ्य समस्या स्वत हल वा समाधान हुन्छ ।

यदी हामीले ध्यान दिने हो भने ४८ दिनमा तीन वटा एकादशी आउँछ । एकादशीको दिन उपवास बस्नुपर्छ भनेर तोकिएको हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयम् एक खास दशामा हुन्छ । यस दिन हामीले आफ्नो शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले उपवासको नियम राखिएको हो ।

यो पनि पढ्नुहोस्

छठ पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

गाई तिहार र लक्ष्मी पूजाभित्र लुकेको वैज्ञानिक पक्ष

गोरु तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

भाइटीकाभित्र लुकेको वैज्ञानिक पक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: