Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नीतिश्लोक अनुसार जीवनमा यी ७ कुराहरुलाई शंका गरेमा लाग्नेछ ठुलो पाप

भनिन्छ सबैभन्दा ठुलो पाप आफुलाइ कमजोर सम्झनु हो । भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।

नीति श्लोक भन्छः देवे तीर्थे द्विजे मंत्रे दैवज्ञे भेषजे गुरौ । याद्रशी भावना यस्य सिद्धिर्भवति ताद्रशी ।

१. तीर्थ

तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ ।यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् । तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।

२. मन्त्र

देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।

३. ब्राम्हण

शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।

४. ज्योतिषी

कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन ।यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने श्रद्धापूर्वक जानुस् । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ ।

५ चिकित्सक

भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।

६. गुरु

जीवनमा सफलता पाउनका लागि गुरुको आवश्यकता हुन्छ । गुरुलाई संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ । श्रेष्ठ गुरु पाउन कठिन छ । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने सँधै विश्वास गर्नुस् ।

७. देवता

देवताको विषयमा मनिसका अनेक अनेक सोंच हुन्छन् । तर कहिले काँहि आफूले सोंचेको कुरा नहुँदा र आपत विपद आइपर्दा मानिसहर देवता नभएको भन्ने गर्छन् । तर देवताप्रति अविश्वास पनि पाप मानिएको छ । किन भने आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ ।

तसर्थ माथि उल्लेख गरिएका यी ७ कुरामा कहिल्यै पनि अविश्वास नगर्नुस् ।

यो पनि पढनुहोस्

स्वर्ग-नर्क तथा पाप-पूण्य सम्बन्धी लोकविश्वास

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “नीतिश्लोक अनुसार जीवनमा यी ७ कुराहरुलाई शंका गरेमा लाग्नेछ ठुलो पाप

%d bloggers like this: