Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाडोमा खसीको खुट्टाको सुप बनाउने तरिका

जाडोमा शरीर तताउन सुप खाने गरिन्छ । चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ-आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका यसप्रकार रहेको छ ।

सामग्री/प्रतिव्यक्ति

पिस पारेको एउटा खसीको खुट्टा

थिचेको अदुवा २० ग्राम

थिचेको लसुन ३० ग्राम

थिचेको हरियो खुर्सानी दुई पिस

छाटा मुगी १०० ग्राम

नुन स्वाद अनुसार

एक चिम्टी ज्वानो

ठूलो एक चम्चा बटर

बनाउने विधि

आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् ।

बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।

खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् ।

थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।

तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।

दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।

स्वाद अनुसार नुन राखिदिनुहोस् ।

अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।

आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।

अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । यसलाई त्यत्तिकै खाने चलन छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ ।

शम्भु कार्की, मेन सेफ पानस रेस्टुरेन्ट, खिचापोखरी शम्भु कार्की मेन सेफ पानस रेस्टुरेन्ट, खिचापोखरी  (साभार : नयाँ पत्रिका)

यो पनि पढ्नुहोस्  

जाडोमा मह खानुको फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: